नागरिकले मागेका सूचना समयमै दिनु : जिसस प्रमुख थापा

- लमजुंग र गोरखामा जिल्ला स्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

-


     सुचनाको हक     
     असार २२ गते २०८० मा प्रकाशित


जिल्ला स्तरीय कार्यालय प्रमुख, सूचना अधिकारी, जनप्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको कार्यक्रममा सूचना आयुक्तले सूचनाको हक कार्यन्वयनमा सबैको भूमिका रहने र सक्रियता पुर्वक लाग्नु पर्नु विचार राख्नु भएको थियो । गोर्खाको कार्यक्रमको स्वागत मन्तव्य आयोगका उपसचिव राम प्रसाद ढकाल र संचालन अधिकृत हरिहर कार्कीले गर्नुबहेको थियो

जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन बहादुर थापा मगरले नागरिकहरुले सूचनाकाे हक प्रयाेग गरी माग गरेका सूचना समयमै दिन निर्देशन दिएका छन् ।

राष्ट्रिय सूचना आयाेगका आयुक्त रत्नप्रसाद मैनालीकाे अध्यक्षतामा आज गाेरखामा भएकाे कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयहरुले सूचना नदिनुपर्ने वा लुकाएर राख्नुपर्ने कुनै कारण नभएकाे बताएका हुन् ।

नागरिकहरुले सूचनाकाे हक प्रयाेग गरी माग गरेका सूचना समयमै दिनपर्ने राष्ट्रिय सूचना आयाेगका आयुक्त रत्न प्रसाद मैनाली बताउँछन् ।

गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले कार्यालय प्रमुखहरुकाे मासिक बैठकमा कुनै पनि नागरिकहरुले सूचना नपाएकाे भन्ने गुनासाे नआएकाे बताए । प्रत्येक तीन तीन महिनामा सबै कार्यालयका गतिविधिहरु स्वत प्रकाशन गर्ने व्यवस्था मिलाउने उनले बताए ।

कार्यक्रममा सूचनाकाे हकका लागि सँविधानले दिएका अधिकारहरु राज्यकाे कर्तव्यका बारेमा जानकारी गराइएकाे थियाे । सूचनाकाे हकका लागि जिल्ला सञ्जाल गाेरखाका अध्यक्ष राजेन्द्र न्याैपानले सूचना माग गर्दा सरकारी तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरु डराउने गरेकाे बताए । राज्यबाट भए गरेका कामकाे बारेमा समयमै सहि सूचना दिनु सूचना अधिकारी र कार्यालय प्रमुखकाे कर्तव्य भएकाे उनकाे भनाइ छ ।

सूचना लिन अफिस आइज इमेलबाट पठाउन सकिदैन भन्नुले त्यस कार्यालयमा राम्राे काम भएकाे छैन भन्ने एउटा प्रमाण जुट्ने उनले बताए । सुचना दिने नाममा कार्यालयमा भएका सबै कागजपत्र फाेटाेकपी गरेर भारी हालेर लैजा भन्नु कार्यालय प्रमुखकाे गैर जिम्मेवारीपन हुने उनकाे भनाइ छ ।

गाेरखा जिल्लामा नागरिकहरुले सूचनाकाे माग गर्ने प्रचलन कम रहेकाले आगामी दिनमा यसलाइ सञ्चार गरेर समयमै सूचना पाउने अधिकारका लागि लाग्न सचेत गराउने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ गाेरखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकालले गाेरखाका कार्यालयहरुले समयमै सूचना नदिने गरेकाे बताए ।

कार्यक्रममा गाेरखा जिल्लाका विभिन्न कार्यालयका प्रमुख र सूचना अधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

लम्जुंगमा जिल्ला स्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि जिसस प्रमुख पूर्ण बहादुर गुरूंग, अध्यक्षता सूचना आयुक्त रत्न प्रसाद मैनाली, अतिथि बेसीशहर नगर प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी रामकृष्णअधिकारी रहनु भएको थियो । जिल्ला स्तरीय कार्यालय प्रमुख, सूचना अधिकारी, जनप्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको कार्यक्रममा सूचना आयुक्तले सूचनाको हक कार्यन्वयनमा सबैको भूमिका रहने र सक्रियता पुर्वक लाग्नु पर्नु विचार राख्नु भएको थियो ।