नेपालमा विना चेकजाँच आयात भई रहेको अधिकाशं महहरु गुणस्तहिन भएको पाईएको छ । यसैक्रममा विश्वमा फैलिएको कोरोना भाइरसबाट आफ्नो शरिरमा इम्युनिटी पावर बढाउन भन्दै महको विज्ञापन गरेर बिक्री गरिदै आएको मह खान अयोग्य सरह रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार प्रकाशन गरेका छ । यसरी आयात भएका महमा सुगर सिरप खाइरहेको समेत उल्लेख गरिएको छ । भारतको गैरलाभकारी संस्था सेन्टर फर साइन्स एन्ड इन्भायरनमेन्ट (सीएसई) ले भारतका अधिकांश कम्पनीका महमा ठूलो मात्रामा मिसावट भएको जनाएको छ । नेपालमा भारतबाट ठूलो परिमाणमा मह नेपाल आयात गरिदै आएको छ । नेपालमा व्यापक प्रयोग गरिने डाबर, पतञ्जली, वैद्यनाथ, झन्डुसँगै हितकार र एपिसजस्ता ब्रान्डका मह गुणस्तहिन भएको प्रमाणित भएको छ । सीएसईले गरेको लामो अनुसन्धानपछि भारतका सबै प्रमुख ब्रान्डका महका ७७ प्रतिशत नमुनामा सुगर सिरप मिसाइएको पाइएको उल्लेख गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार महमा मिसावटका लागि जर्मनीमा विकसित एनएमआर परीक्षण गरिएको थियो । सीएसईले भारतीय बजारमा बिक्री हुने १३ ब्रान्डका महमा परीक्षण गरेको थियो । यी नमुनालाई सुरुमा गुजरातस्थित सेन्टर फर एनालिसिस एन्ड लर्निङ इन लाइभस्सटक एन्ड फुडमा परीक्षण गर्दा केही साना ब्रान्डका बाहेक अन्यमा मिसावट भएको फेला परेको थिएन । तर शंंका कायमै रहेपछि उक्त नमुना न्युक्लियर म्याग्नेटिक रेजोनेन्स (एनएमआर) विधिबाट परीक्षण गरिएकोे थियो । एनएमआरमा परीक्षण गर्दा सबै नमुनामा मिसावट भएको पाइएको प्रतिबेदनमा उल्लेख छ । सीएसईका अनुसार एनएमआर परीक्षण वैश्विक स्तरमा मोडिफाई गरिएका सुगर सिरप जाँच्नका लागि प्रयोग गरिन्छ । यो परीक्षणमा ७७ प्रतिशत नमुनामा सुगर सिरप मिसाइएको पाइएको सीएसईले जनाएको छ । डाबर, पतञ्जली, वैद्यनाथ, झन्डु, हितकार र एपिस लगायतका ब्रान्डमा अत्याधिकमात्रामा मिसावट भएको पाइएको जनाएको छ । १३ ब्रान्डमध्ये सफोला, मार्कफेड ससोहना र नेचर्स नेक्टरमा भने मिसावट नभेटिएको सीएसईले जनाएको छ । महमा मिसाइने सुगर सिरप केही चीनबाट आयात हुने र केही भारतमै बनिरहेको पनि सीएसईको प्रतिवेदनमा उल्लेख छ। यस्तो सिरप महमा ५० प्रतिशतसम्म मिसाउँदा पनि मिसावट भएको थाहा हुँदैन । सीएसईकी महानिर्देशक सुनिता नारायणका अनुसार कोरोनाकालमा इम्युनिटी पावर बढाउन भन्दै महको खपत बढको छ र मानिसहरुले महको नाममा सुगर सिरप खाइरहेको समेत उल्लेख गरिएको छ ।