सरकारले अबैध कारोबारलाई पूर्णरुपमा नियन्त्रण गरेको बताएपनि सरकारी कर्मचारीदेखि उच्च नेताकै संरक्षणमा व्यापारीहरुले खुलेआम सुनको अबैध ओसार प्रसार गर्नेक्रममा तीव्रता आएको छ । अधिकाशं सुनको अबैध ओसारप्रसार कार्य सरकारी कर्मचारीकै मितिमतोमा हुने गरेका पछिल्ला घटनाबाट खुलेको छ ।
भुकम्पबाट बन्द तातोपानी भन्सार नाकाबाट अर्बौको सुन आयात अझै पनि रोकिएको छैन ।
त्रिभुबन अन्र्तराष्ट्रिय विभानस्थलबाट भर्खरै ठूलो परिमाणमा सुन बरामत भएपछि सो सुन ल्याउनेलाई जोगाउने खेल सरकारी योजना सुरु भै सकेको छ । स्थलमार्ग हुदै पटक पटक सुन बोक्ने भरियामात्र पक्राउ गरेर बसेको सुरक्षा निकायले हवाईमार्गबाट हुदै आएको अबैध सुनका मालिक जोगाउन भरियालाई समाएर उन्मुक्ती दिदै आएको छ । तीव्रखबर डटकमले पटकपटक सुन तस्करहरुको नामावली सहित समाचार प्रकाशन गरेपनि सो बारे सम्बन्धित निकायले चासो नदिएकै कारण सरकारी योजना प्राय विफल हुदै आएका छन् ।
सिविआइको प्रारम्भीक अनुसन्धान अनुसार यि हुन सुन तस्कर:
चन्द्रबहादुर बुढा
नरबहादुर गुरुङ
विष्णु न्यौपाने
रविन्द्र श्रेष्ठ
दिपक मलहोत्रा
सुरबहादुर श्रेष्ठ
विष्णु खत्री
तेजरत्न शाक्य
पुर्वडिआइजी यादव अधिकारी
नारायण पौडेल
रामप्रसाद खड्का
प्रकाश खरेल
भोला मगर
संकेत खतिवडा
विष्णु सुवेदी
माधव सुवेदी
अशोक श्रेष्ठ
सुमन पौडेल
बच्चु पौडेल
प्रदीप सरिया
गोविन्द सरिया
हरिशरण खड्का
मिनबहादुर श्रेष्ठ
रामकृष्ण गोयल
कुसुम गोयल
राहुल गोयल
आत्माराम श्रेष्ठ
रामहरि कार्की
दिलबन्धु थापा
सन्तोष काफ्ले
गोपाल शाही
पछिल्लो समयमा नयाँ र पुराना सुन तस्करहरु अहिले फेरी सकृय भएका छन । नेपालको बाटो हुँदै भारततिर सुनको अवैध निकासीमा तीब्रतासंगै पुनः पुराना सुन तस्करहरु नेपालको बाटोबाट दैनिक जसो सुन भारत निर्यात गर्दै आएको छन । सम्बन्धित निकाय र सुन तस्करहरुकै मिलेमतोमा हुदै आएको सो अबैध कारोबारमा सुन बोक्ने भरिया पक्राउ परेपनि असली सुन तस्कर भने अहिले सम्म सरकारले पक्राउ गर्न सकेको छैन ।
सुन तस्करहरुले हङकङ, युएइ, सिंगापुर र मलेसीयाबाट सुन किनेर तिब्बतको बाटो हुदै नेपाल भित्राउने गरेको छन् । भन्सार कर्मचारीको मिलेमतोमा सुन भारत लगे बापत तस्करलाई प्रति किलो १५ लाख रुपैयाँभन्दा बढी नाफा हुने गरेकाले सो अबैध कार्य नियन्त्रण हुनुभन्दा पनि अझै मौलाउदै गएको हो । तस्कर सुत्रबाटै प्राप्त आँकडा अनुसार अहिले दिनहुँ एक सय किलो सुन भारततर्फ अवैध निकासी भइरहेको छ ।
नाम चलेका व्यापारी नै अचेल सुन तस्करीमा संलग्न भएका छन । उनीहरु प्रहरीको उच्च पदस्थकै मिलेमतोमा यसरी सुन तस्करी गर्दै आएका छन । सुनका मुख्य नाइके तस्करले प्रतिकिलो ७५ हजार रुपैयाँ कमिसन दिएर स्थानीय व्यवसायी मार्फत सुन तस्कर भै रहेकोमा पछिल्लो समयमा सो कमशिन बृद्धि गरि ८५ हजार प्रतिकिलो बनाउनु पर्ने माग राखेपछि तस्करको सुन बाहिर समातिन थालेको हो । कमिशनमा बृद्धि गर्न सुन व्यापारीले नमानी माथिल्लो निकायबाटै सुन छुटाएपछि सोही सुराकी तल्ला कर्मचारीले राजश्व अनुसन्धान विभागमा सुराकी दिएसैंगै सुन बरामत गरिएको हो ।
माथिल्लो निकायका कर्मचारीको निर्देशनमा १ सय केजी सुन त्रिभुबन अन्र्तराष्ट्रिय भन्सार कार्यालयबाट छुटेर सिनामंगल पुगेपछि सुन बरामद हुनुको मुख्य कारण नै कमिशनमा कुुरा नमिल्दा समातिएको प्रष्ट हुन आएको छ । सुन तस्करीमा सक्रिय हुनेमा राजश्व अनुसन्धान विभागका कर्मचारी, व्यापारी दिपक मलहोत्रा, तातोपानीका व्यापारी विष्णु खत्री, नेपाल सुन चाँदी व्यवसायी संघका पुर्वअध्यक्ष तेजरत्न शाक्य र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारीहरुको नाम पहिलो पक्तिमा आउने गरेको स्रोतको दाबी रहेको छ । तत्कालिन मध्यक्षेत्रका प्रहरी प्रमुख डिआइजी यादव अधिकारीको मिलेमतोमा यीनीहरुले सुन तस्करी लाइन खुलाएको बताइएको छ ।
व्यवसायी सुरबहादुर श्रेष्ठ काठमाडौंको नयाँसडकमा सिको फाइभ घडीको कारोबार गर्ने गरेको बताइएको छ । घडी त सुरबहादुरको देखाउने कारोबारको रुपमा रहेको बताइएको छ । अर्का व्यवसायी दिपक मलहोत्रा रहेका छन् । नेपालमा मोबाइल बेचेसंगै अबैध रुपमा सुन तस्करी गरेर अर्वपति बनेको आरोप समेत उनी निकट एक व्यवसायीले लगाएका छन् ।
दिपकले सुन ओसार पसारका पुरानै खेलाडीको रुपमा लिने गरिन्छ । तर दिपकले सबैको मुखमा बुझो लगाएर सुन ओसार पसारको धन्दा अहिले पनि चलाउँदै आएकोमा पछिल्लो समयमा माथिल्ला निकायसंग सहज उठबस भएपछि भने उनको अबैधधन्दामाथी सुराकी दिएर सामान नियन्त्रणमा लिदै आएको छ । दिपक मलहोत्रा एलसी काण्ड भनेर चिनिने अबैधधन्दामा समेत जोडिएका व्यक्री हुन । डलर खरिद गरेर अवैद्य रुपमा डलर सञ्चय गरेर राखेको र डलरनै सुन तस्करीमा प्रयोग गरेको उनी निकट एक व्यवसायीले बताएका छन् ।
राजनीतिक पहुँचका कारण उनले सो मुद्राबाट उन्मुक्ति पाए तर अबैध रुपमा सुनको कारोबार र अबैध नक्कली भारतीय रुपैंयाको कारोबार समेत अझै मौलाउदै गएको छ । अर्का सुन तस्कर हुन रविन्द्र श्रेष्ठ । यिनी काँग्रेस पार्टीमा आबद्ध छन । उनी ‘सुन साहु’ का रुपमा प्रख्यात छन् र पुरानै खेलाडी हुन । सवैलाई ‘जय नेपाल’ गरेर सुन तस्करी गर्दै आएका छन ।
खेतान औद्योगिक घराना पनि सुन तस्करीमा संलग्न रहेको पाइएको छ । त्यसैगरी विष्णु न्यौपानेले सुन ओसारेरै तीनकुने सुविधानगरमा ‘न्यौपाने टावर’ खडा गरेको आरोप लगाइएको छ । त्रिपुरेश्वरमा रहेको पिपुल्स फाइनान्स डुवाएका छवि भुषाल नाम गरेका व्यवसायीको पनि सुन तस्करी धन्दा अझै कायमै भएको बताइन्छ । २०४२ सालमा सुर्खेतबाट निर्वाचीत राष्ट्रिय पंचायत सदस्य चन्द्रबहादुर बुढा र २०४३ सालमा लमजुङ बाट निर्वाचीत नरबहादुर गुरुङ अवैध रुपमा सुन ल्याउँदा ल्याउँदै समातिएका थिए । सुन तस्करी मौलाए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नाकामा तैनाथ सुरक्षा फौज, राजमार्गमा तैनाथ गरिएका सुरक्षाकर्मीले अहिले सम्म कुनैपनि मुख्य सुुन तस्करलाई नियन्त्रणमा नलिनुले पनि यस कार्यमा मितिमतो भएको प्रष्ट हुन्छ ।
सुन तस्करहरुले खुला रुपमा विमानस्थलबाटै भित्राउन थालेका छन् । त्यसमा पनि कुरा नमिलेपछि समातिएका सुनका मुख्या मालिकलाई छोडेर भरियालाई नियन्त्रणमा लिदै आएको छ ।यसैगरि, रोशन पटेल भनिने लुकमानुल हाकिम र यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ, भैरब स्टोर्स प्रोप्राइटर सञ्जिव श्रेष्ठपनि सुन तस्करीमा संलग्न भएको भन्दै उच्च अदालत हेटौडामा मुद्दा दर्ता भएको थियो ।
प्रहरीका अनुसार मुरारीलाल गोयल (जमालिया), बालकृष्ण अग्रवाल, पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, गोपाल कुकरा, राजेश अग्रवाल, विक्की अग्रवाल, घनश्याम अग्रवाल, ग्याम्जो लामा, मोहनकुमार अग्रवाल, सञ्जय पाण्डे र बलराम गुप्तालगायतले काठमाडौंमै बसेर तस्करीमा सक्रिय रहदै आएको बताइएको छ ।
(पत्रमात्र साभार : नयाँ पत्रिका)
ज्ञानकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, विनोदकुमार सोनी, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का, सुमन अग्रवाल उनीहरुको सहयोगीका रुपमा देखिएका छन् । प्रभु सर्राफ, उमेश साह, रामबाबु साह, रजनी साह र राजुद्वारा वीरगन्जमा सक्रिय भएर अबैध सुनको कारोबार गर्दै आएका छन् । प्रहरी अनुसन्धानमा सुन तस्करको संलग्नता हुन्डीदेखि विदेशी मुद्रा तस्करीसम्म रहेको पाइएको छ । छानबिन क्रममा मुरारीलाल गोयल (जमालिया), पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, राजेश अग्रवाल, ज्ञानकुमार श्रेष्ठ अवैध हुण्डी तथा विदेशी मुद्रा कारोबार र अन्य तस्करीमा समेत सक्रिय रूपमा संलग्न पाइएको विमानस्थल सुन तस्करीसम्बन्धी गोप्य प्रतिवेदनमा उल्लेख छ ।
नेपालबाट सबैभन्दा धेरै पैसा हुन्डीमार्फत नै हङकङ पुग्छ । दोस्रोमा दुबई । स्थलमार्ग हुँदै तिब्बत हिँडेका चिनियाँका साथमा अमेरिकी डलर फेला पर्नु पनि सुन तस्करीकै हिस्सा रहेको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी बताउछन् । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका भुकम्पबाट पूर्णरुपमा बन्द भएपछि केहीले सेटिङ मिलाएर त्रिभुबन अन्तरराष्ट्रिय भन्सार नाकाबाट ल्याउन थाले भने केहीले रसुवाको केरुङ र भुटानहुदै नेपाल आयात गर्न थालेको खुलासा भएको छ ।
त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल रुटमा रहेकाहरु भुटान, भारतहुदै नेपाल ल्याई पुनः भारत निकासी गर्ने गरेको खुलासा भएको छ । केरुङ नाकाबाट काठमाडौंसम्म हाइलक्स गाडिबाट सुनको आयात गर्ने गरेका छन् । तातोपानी नाकामा रक्तचन्दनदेखि सुनको अवैध कारोबार गर्ने पुरानै गिरोह यतिबेला भूमिगत रुपमा रसुवा नाकामा सक्रिय भई भरिया लगाएर काम गर्दै आएको बताइएको छ ।
सो कार्यमा सिन्धुपाल्चोक फुल्पिङकट्टिका नारायण पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारी, हिमालय सिमापार व्यापार संघ नामक संस्थाका अध्यक्ष अशोक श्रेष्ठलगायतले केरुङ नाकाबाट सुन तस्करी गर्दै आएका आरोप लगाएका छन् । सुन तस्करीमा उनका भतिजा सुमन पौडेलदेखि बच्चु पौडेल, प्रदीप सरिया, गोविन्द सरिया, मिनबहादुर श्रेष्ठ र आत्माराम श्रेष्ठले पनि सो रुटबाट अबैध कारोबार गर्दै आएको बताइएको छ । तातोपानी नाकामा तस्करका रुपमा चिनिएका गोवद्र्धन श्रेष्ठ समेत सो कार्यमा संलग्न भएका छन् । काठमाडौंको टोखामा रहेको आत्माराम श्रेष्ठको घरमा बसेर सेटिङ मिलाउने गरेको समेत खुलेको छ ।
तस्करीको आरोप लागेकाहरु..
नारायण पौडेल, रामप्रसाद खड्का, प्रकाश खरेल, भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी, माधव सुवेदी, अशोक श्रेष्ठ, सुमन पौडेल, बच्चु पौडेल, प्रदीप सरिया, गोविन्द सरिया, हरिशरण खड्का, मिनबहादुर श्रेष्ठ, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, आत्माराम श्रेष्ठ, रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले, गोपाल शाही, दीपक मलहोत्रालगायत रहेका छन् ।
उनीहरूले ल्हासाबाट भुटान हुँदै सुनको तस्करी गर्दै आएका छन् । भुटान भित्रिएको तस्करीको सुन चुलिङमा हात परेपछि यिनीहरुले माग अनुसार नेपालका अलवा सिलगुडी, सिक्किमलगायतका भारतका शहरहरूमा पठाउने कार्य गर्दै आएका छन् । यसैगरी, विष्णु सुवेदी, भोला मगर, राजन सुवेदी, संकेत उपाध्यय, गोपाल शाहीलगायतले पटक–पटक दुबईबाट सुन नेपालमा तस्करी गर्दै आउने समुहको रुपमा लिएको छ ।
यसअघि एयरपोर्टका भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राज ढकाल, श्याम श्रेष्ठ, न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको थियो । रोशन (गुप्तलाल भुसाल), राजन पन्थ, अर्जुन खरेल, किसन गोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं र गोपी भुसालसमेतको लगानी अबैध सुन कारोबारमा रहेको सिआइबीको भनाई रहेको छ ।
दरबार दोहोरी क्लबका सञ्चालकद्वय रामप्रसाद खड्का र प्रकाश खरेलसमेत संलग्न रहेको बताइएको छ । विशाल बजारस्थित आरके ज्वलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल पनि सुन तस्करमा संलग्न भएको आरोप लागेको छ ।
सुन तस्करीको ‘इपी सेन्टर’ तातोपानी
एअरपोर्टबाट करिव डेढ क्विन्टल सुन बरामदसंगै नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट देखिएको छ भने त्यो भन्दा ठूलो मात्रामा तातोपानी नाकाबाट सुन तस्करी भैरहँदा समेत राज्यले निर्वाध छाडेको छ ।
सुन तस्करीको केन्द्रभाग काठमाडौं एअरपोर्ट देखिनुका पछाडी तस्करबीच नै मनमुटावपछि सुचना चुहिएको र राज्यले प्राप्त गरेको स्रोतको दावी छ । तर, तातोपानी नाकाबाट भने हुने सुन तस्करी धन्दा नेताहरुको संरक्षणमा गुपचुप पारिदै आएको छ । व्यावसायीक संघ÷संगठनको नाममा होस् वा विभिन्न कम्पनी र हाइड्रोपावरका नाममा आयात गरिएका सामाग्री भित्र ठूलो परिणाममा सुन नेपाल आयात गर्न खत्री समूह सक्रिय रुपमा कृयाशिल रहेको स्रोतको दावी छ ।
नेपाली कांग्रेसको पदिय हैसियतमा रहेर पनि माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटासंग निकट सम्बन्ध राखी कांग्रेसको हित विपरित काम गर्दै आएका विष्णु खत्री अवैध तस्करी लाइन मिलाउन पनि माओवादी निकट भएको स्रोतको दावी छ । सुन तस्करीको सञ्लानमा संलग्न रहेको खुलासा भएका पूर्व सभामुख कृष्णबहादुर महराको संलग्नतासंगै खत्रीको माओवादीसंगको हिमचिमपनि यही सञ्जालसंग जोडिएकाले नै हो – स्रोतको दावी छ ।
तातोपानी नाकामा तस्करी धन्दाका ‘डन’ मानिने कांग्रेस नेता विष्णुबहादुर खत्री समूह विगत लामो समयदेखि सो नाका भएर अवैध सुन र रक्तचन्दन तस्करीमा केन्द्रित रहेको स्रोतले उल्लेख गरेको छ । साथै यसरी सुन तस्करी धन्दामा संलग्नहरुको फेहरिस्ता लामो भएतापनि नारायण पौडेल, बच्चु पौडेल, राजकुमार पौडेल, अशोक श्रेष्ठ लगायतले सांगठित तथा एक्लाएक्लै सुनको तस्करी गर्दै आएको बताइएको छ ।
शिवश्री हाइड्रोपावरका संचालकहरुले हाइड्रो संचालनमा घाटा देखाएर कर्मचारीलाई तलव भत्ता समेत उपलब्ध गराउन नसकिएको नाटक मञ्चन गर्दै आएका छन् । हाइड्रोपावर सम्बद्ध अधिकांश लगानीकर्ताहरुको सुन तस्करीमा संलग्नता रहेको बताइएको छ । सो हाइड्रोका अध्यक्ष बच्चु पौडेल, प्रवन्ध निर्देशक विष्णु खत्री र निर्देशक राजेन्द्रकुमार श्रेष्ठ लगायतका व्यक्तिहरु सुन तथा रक्तचन्दन तस्करी धन्दामा संलग्न रहेको स्रोतको दावी छ ।
यसको अलावा नेपालमा पछिल्लो समय ‘भेप’ लगायत विभिन्न सामग्रीभित्र लुकाई चीनबाट नेपाल सुन तस्करी गरिने र नेपालबाट माला तथा झोलसमेत बनाई रक्तचन्दन चीन निर्यात गरिने घट्ना बढेको छ । उक्त घटनामा समेत शिवश्री हाइड्रोपावर सम्बद्ध लगानीकर्ताहरुको संलग्नताबारे राजश्व अनुसन्धान, भन्सार विभाग तथा सिआईबी समेतले छानबिन गरिरहेको स्रोतको दावी छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारी समेतको संलग्नता तस्करी धन्दामा रहेको बताइन्छ । तातोपानी नाकाबाट सुन तस्करहरुले भरियाको प्रयोग गरि तथा आफ्नै नीजि गाडीमा फल्स बटम प्रयोग गर्दे तस्करी धन्दा गर्दे आएको बताइएको छ ।
हाइड्रोपावर तथा स्थानिय व्यक्तिको गुनासाका सन्दर्भमा शिवश्रीका प्रवन्ध निर्देशक खत्रीसंग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आएनन् ।