सिरहामा सवारी दुर्घटनाको संख्या बढेपनि ज्यान गुमाउनेको संख्या भने कम

-


     सुचनाको हक     
     श्रावण २२ गते २०८० मा प्रकाशित


मधेश प्रदेशका अन्य जिल्लामा झैँ सिरहामा पनि सवारी दुर्घटनाको संख्या हवात्तै बढेको छ । ट्राफिक प्रहरीका अनुसार विगतका आर्थिक वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय ७६ वटा सवारीसाधन दुर्घटनामा परेको थियो । गत आर्थिक वर्ष ०७९/८० मा छ सय ७८ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिरहाले जनाएको छ । 

सवारी दुर्घटनाको संख्या बढेपनि त्यसमा ज्यान गुमाउनेको संख्या भने घटेको देखिन्छ । गत आर्थिक वर्षमा ६६ जनाले दुर्घटनामा परेर ज्यान गुमाएका थिए । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ७२ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । 

यता, ट्राफिक प्रहरीले संकलन गर्दै आएको राजश्वमा पनि बढोत्तरी देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले अघिल्लो आर्थिक वर्षमा तीन करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएको छ ।