अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिने प्रणाली पूर्णरुपमा सुचारु

-


     सुचनाको हक     
     श्रावण २५ गते २०८० मा प्रकाशित


अस्तिदेखि अवरुद्ध भएको अनलाइनमार्फत् श्रम स्वीकृतिका लागि आवेदन दिने प्रणाली पूर्णरुपमा सुचारु भएको छ । वैदेशिक रोजगार विभागले ‘फरेन इम्प्लोइमेण्ट इन्फरमेसन म्यानेजमेण्ट सिस्टम’ आजदेखि पूर्ण रुपमा सुचारु भएको जानकारी दिएको छ । 

प्रणालीको फाइल सर्भरमा माइग्रेटको कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै विभागले अनलाइनमार्फत् फाइल अपलोड गर्न सकिने जनाएको छ । त्यस्तै, विगतमा देखिएको समस्याका कारण श्रम स्वीकृति दिने पालो बाँकी रहेकाले सो नभएसम्म हवाई टिकट नलिन विभागले सुसूचित गराएको छ । 

‘यस विभागमा सञ्चालित एफईआइएमएस प्रणालीको फाइल सर्भर माइग्रेटको कार्य सम्पन्न भएको हुनाले एफईआइएमएस प्रणालीमा फाइलहरु अपलोड गर्न सकिने जानकारी गराउँदछौं । साथै, यस प्रणालीमा विगतमा आएको समस्याका कारण श्रम स्वीकृति दिने क्यू रहेकाले श्रम स्वीकृति नभएसम्म हवाईटिकट नलिनुहुन समेत जानकारी गराइन्छ’, जारी सूचनामा उल्लेख छ ।