बुंगल नगरपालिकाका कर्मचारी ६ दिन पछी मृत फेला

-


     सुचनाको हक     
     श्रावण २५ गते २०८० मा प्रकाशित


बझाङको बुंगल नगरपालिकामा कार्यालय सहयोगीको काम गर्दै आएका एक जना कर्मचारी बेपत्ता भएको ६ दिनपछि मृत फेला परेका छन्।

बुङ्गल नगरपालिका–३ विर्पैयाँका ४० वर्षीय धनबहादुर बोहरा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको हो।

उनको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो।

मृतक बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक फेला परेको थियो। 

चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो।

उनको शव ६ दिनपछि डोटीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी जागेश्वर भण्डारी जानकारी दिए।