२०८० असाेज ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारमा अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेकाे अवस्थामा बरामद गरेकाे छ ।
रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारमा बस्ने जलिल गद्दीको खाली घरमा लुकाई छिपाई राखेको अवस्थामा रहेको ३२ कार्टुन (१६ क्विन्टल) लगभग रू. ४,८०,०००। बराबरको माछा बेवारिसे अवस्थामा फेला पारिएकाे थियाे ।
प्रहरीले स्थानीय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।