जिल्ला बारा, कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहले बेलहवा निबासी कृष्ण चौधरी को जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडासचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ । जम्मा ११ वडा रहेको उक्त नगरपालिकामा मेयर भरत बहादुर भन्डारी रहेका छन भने उपमेयर सुनाइना थरुनी रहेकी छिन । स्मरण रहोस कृष्ण चौधरी र सोहि वडा का वडा अध्यक्ष नन्द किशोर चौधरी छिमेकी हुन् र पनि कृष्ण चौधरीले सो कुरा अध्यक्षलाई बताएनन ।