राजधानीमा पछिल्लो समय जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको छ ।
प्रहरीले बूढानीलकण्ठ नगरपालिका–११, कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एण्ड स्नुकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा सात जनालाई पक्रेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले ललितपुरको गोदावरी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३५ वर्षीया मिरू तामाङसहित सात जनालाई नगद र ओखरसहित नियन्त्रणमा लिएको हो । २३ हजार ६८० रुपैयाँ नगद र सात जनाको साथबाट आठ दाना ओखर फेला परेको छ ।