सूचनाको हक किन ?

-


     इन्दिरा बस्नेत     
     माघ २१ गते २०७८ मा प्रकाशित


वि स १९५५ साल देखि आधिकारीक रुपमा शुरु भएको मिडिया १३३ बर्ष पुगिसक्दा कछुवाको चालमा दगुरिरहेको अवस्थामा छ । आम नागरिक र मिडिया बिच जस्तो सम्बन्ध रहनुुपर्ने हो त्यो हुन सकेन । सिमित ब्यक्तिहरुको वरिपरी मात्र मिडिया रह्यो अझ भन्नुपर्दा राजनैतिक ब्यक्तिहरुको हातमा मिडिया रह्यो । जनतासम्म पुग्नुपर्ने सुचना नेताको भाषण जस्तो रह्यो । आम नागरिकले मिडियाका समाचार प्रति एकैपटकमा बिस्वास गर्न नसक्ने अवस्थाबाट वर्तमान गुज्रिरहेको छ । ग्यास,तेलमा कालोबजारी भइरहेको छ । तर आम नागरिकले यसलाइ मिडियाको सहयोगमा उजागर गर्न सक्दैनन् । के अवको १२८ वर्ष अव यसरीनै गुज्रने हो ?होइन ! अवको समाज सुचना समाज हुन आवश्यक छ । हरेक मानिसहरु सुचना उत्पादन,बिक्रि वितरण र ब्यवस्थापनमा लाग्ने समाजको निर्माण हुन आवश्यक छ । हरेक मानिसलाइ हरेक कुराको जानकारी छिटो छरीतो र सहज तरीकाले हुन आवश्यक छ भने मिडियाबाट प्राप्त जानकारी प्रति पुर्ण विश्वास हुने वातावरणको विकाश हुन आवश्यक छ । हरेक मानिसहरु सुचना उत्पादन ,विक्री वितरण र व्यवस्थापनमा लाग्ने समाजको निर्माण हुन आवस्यका छ । आम नागरिक लाई हरेक कुराको जानकारी छिटो छरितो र सहज तरिकाले हुन आवस्यक छ भने मिडियावाट प्राप्त जानकारी प्रति पुर्ण विस्वास हुने वातावरण को विकास हुन अति आवस्यक छ । सुचना सिमित मानिसको एस र नो मा सिमित रहने वातावरण को अन्त्य हुन आवस्यक छ ।