स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले कोसेली घर निर्माण
लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार नगरपालिकाको वडा नं. ६ ठाँचीचौरस्थित प्रशासकीय भवन परिसरभित्र निर्माण सुरु गरिएको हो । कोसेली घर निर्माणपछि नगरपालिकाका ११ वटै वडाका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ राखिने बताउनुभयो । स्थानीयले उत्पादन गरेका सामग्री राख्नका लागि घर निर्माण गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले अबको एक महिनाभित्र कोसेली घर निर्माण सकिने बताउनुभयो ।…
पुरा पढौ
बाजुरामा स्याउ उत्पादनको राम्रो सम्भावना तर बजार सम्म ल्याउन समस्या
करिब ३५ वर्षअघिको कुरा, हुँर्कंदो युवा उमेरका कर्ण रोकाया बाजुराबाट स्याउको भारी बोक्न डोटीको दिपायलमा आएका थिए। उनको घर बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१, जरु मस्तोला हो। एक पटक भारी पुर्याएको चार सय रुपैयाँ ज्याला पाइने सुनेर उनी घरबाट हिँडेका थिए। उनले दिपायलबाट सिलगढीसम्म स्याउका बिरुवाका भारी बोके। कर्णले त्यहाँ स्याउका बोटहरू देखेपछि आफ्नो बारीमा पनि घरमा रोप्ने विचार गरे। उनले दुई पटक भारी बोकेर कमाएको आठ सय रुपैयाँ मध्येबाट स्याउका ३२ वटा बिरुवा किने। बिक्रेता खुसी भएर सित्तैमा तीन वटा थपिदिए।…
पुरा पढौ
तोकिएका क्षेत्रमा कर्जा नदिने बैंकलाई पुसदेखि कारबाही गरिदै (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले आगामी पुसदेखि तोकिएको क्षेत्रमा कर्जा नदिने बैंकमाथी कारबाही गर्ने जनाएको छ । यस्तै तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिनेछ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा गर्दै बैंक तथा वित्तीय क्षेत्रहरुको स्प्रेडदर घटाएसंगै सो कारबाही गर्ने चेताबनी दिएको हो । नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४ दशमलव ४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत…
पुरा पढौ
अबको तिहारमा फूलमा नेपाल आत्मनिर्भर रहला ?
सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसाेसिएशन नेपालले बताएको छ । बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएकाे १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसाेसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनुभयो ।…
पुरा पढौ
बाँस बिक्रीबाट मनग्य आम्दानी
म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो र सोली जस्ता सामग्री बनाउने गरिन्छ । बाँसबाट बनेका यस्ता सामानको घरायसी प्रयोजनका लागि दैनिकरुपमा प्रयोग गरिँदै आएको छ । पछिल्लो समयमा सहरबजार…
पुरा पढौ
गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन
म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् । “सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।”…
पुरा पढौ
७ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर
पशु सेवा विभाग, पशुपन्छी वजार प्रवर्द्धन निर्देशनालयबाट विगत आ.व.मा पशु हाटवजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ, नगरपालिका वडा नं. ०५, जिरीखिम्ति, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएकोमा इष्टिमेटबमोजिमको निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं.०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी रु. ४७,३७,६२९।६२ बढी भुक्तानी भएको देखिएकोमा उक्त कार्य भष्टाचार निवारण ऐन,२०५९…
पुरा पढौ
किसानले ट्रकबाटै रासायनिक मल खोसे
धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । घटनाको विस्तृत विवरण आइसकेको छैन । ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाण्डौ लगिँदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ ।
पुरा पढौ
भारतीय कम्पनीको उपकरण भनि बढी पैसा लिएर चाइनिज उपकरण दिने हरु विरूद प्रमाण सहित अख्तियारले मुद्दा चलायो
प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ बुटवल, रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आ.ब. २०७५/०७६ मा किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रा.लि. भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साविक ५ नं. प्रदेशबाट सञ्चालन गरिएको कृषि…
पुरा पढौ
सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश
जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी…
पुरा पढौ