बैँक / वित्त

लघुवित्त र मिटरव्याजी विरुद्धमा काठमाडौंमा प्रदर्शन

लघुवित्त संस्था र मिटरव्याजीहरुको ज्यादतीका विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएको पीडितहरुले सो विरोध प्रर्दशन गरेका हुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्धमा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेजको माग गरेका छन् । विरोध प्रदर्शनमा सयौंको संख्यामा सहभागी भएका थिए । लघुवित्तले बढी ब्याज लिएको भन्दै देशभर पीडितहरु आक्रोशित भएका छन् । आन्दोलनका नेतृत्व गरेका प्रसाईले… पुरा पढौ

किन असफल भइरहेको छ सहकारी क्षेत्र?

सहकारी क्षेत्रले मानवीय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गर्दै सामाजिक आर्थिक र साँस्कृतिक रुपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नुपर्ने हो।तर सहकारी सम्बन्धी शिक्षा र चेतनाको विस्तार अपेक्षित रुपमा हुनसकेका कारण धेरै समस्या देखिएको छ। राष्ट्रिय योजना आयोगको नेपालमा वित्तीय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोवार बढी देखिएकोले सहकारी क्षेत्रमा समस्या देखिएको छ। त्यसमाथि केही सहकारी संस्थाहरूमा सहकारी सिद्धान्त, मूल्य, मान्यताको अनुशरणको अवस्था एकदमै… पुरा पढौ

सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई ठगी गरेको घटनामा संलग्न भनि पक्राउ

मोरङ, विराटनगर महानगरपालिका-२ स्थित तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर महानगरपालिका-२ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका-६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका-१४ घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने सविना न्यौपाने रहेका छन् ।   २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका-२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई… पुरा पढौ

व्याजदरका कारण महासंघभित्र चर्कियो विवाद : निर्वाचनमा असहयोग गर्ने सदस्यहरुको चेतावनी

तिब्रखबारमा रोशन कार्की लेख्नुहुन्छ काठमाडौं । बैंकर र व्यवसायी एकै व्यक्ती भएका कारण अहिले अत्याधिक रुपमा बृद्धि भएको बैंक वित्तिय क्षेत्रको व्याजदरको विरुद्धमा अधिकाशं नेपाली व्यवसायीहरु सडक आन्दोलनमा केन्द्रीत भएका छन् । देशभरका उद्योगी व्यवसायीहरुले उद्योगधन्दा चलाउने भन्दै लिएको बैंकिङ ऋणको व्याज विना जानकारी बैंक सञ्चालकहरुले एकाएक ठूलोमात्रामा बृद्धि गरेपछि सोका कारण उद्योगधन्दा बन्द हुन पुगेको भन्दै व्याजदर घटाउनु पर्ने माग राख्दै आएपछि अहिले नीजि व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघभित्र विवादले उग्र रुप लिएको बताइएको छ… पुरा पढौ

मकवानपुरमा वित्तीय अराजकताले सीमा नाघ्यो,व्यावसायिक संघ संगठन मौन

मुलुकको आर्थिक अवस्था शिथिल भएको मौका छोपेर व्यवसायी र व्यापारीहरु आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका छन् । व्यवसाय सञ्चालन गर्न भनेर ऋण लिएका ती व्यवसायी र व्यापारीहरु नै अहिले समाजमा अफवाह फैलाउन र अराजक सन्देश दिन अग्रसर भएका छन् ।  मकवानपुरका ३२ वटा व्यापारी तथा व्यवसायगत संघ संस्थाका व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाविरुध्द अराजक ढंगले अघि बढेका छन् । उनीहरुले आजदेखि सर्वसाधारणलाईसमेत भड्काउने ढंगले सुन्दा आकर्षक तर अराजक सन्देशसहित कार्यक्रम गर्न लागेका छन् ।  मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण… पुरा पढौ

लघुवित्तको गैरकानुनी हर्कत, महिलामाथी अमानविय व्यवहार र कुटपीट

रोशन कार्की केही व्यक्ती र नेपाल राष्ट्र बैंकका कर्मचारीको साँठगाँठमा गरिव जनतालाई धनी बनाउने लोभ देखाउदै गाँउगाँउमा सञ्चाललनमा रहेका लघुवित्त कम्पनी गैरकानुनी तवरबाट सञ्चालनमा आउदाँ समेत नियमनकारी निकाय भने मौन बसेको छ । सुरुमा गरिवले गाँजेको परिवार गाँउको पत्ता लगाएर घरघरमै गई ऋण लिन गुलीया बचन प्रयोग गरी फसाँदै आएको लघुवित्त कम्पनीले ऋण दिएको २८ दिनदेखिनै महिलादेखि बालबालीकामाथी समेत अमानविय व्यवहार गरेर ऋण चुक्ता गर्न लघुवित्तका कर्मचारी घरघरमा जाने गरेको गुनासो पीडित महिलाहरुले गरेका छन् । लघुवित्तका कर्मचारीहरु रातको ९–१०… पुरा पढौ

लघुवित्तको ऋण : जति तिरे पनि सकिंदैन

सुविस्ता र सन्तानको राम्रो भविष्य कल्पेर २० वर्ष अगाडि तनहुँको घिरिङ गाउँपालिका गजरकोटबाट रौतहट झरेकी थिइन्, देवीमाया परियार । ‘बर्मा गए पनि कर्मसँगै’ भने झैं उनलाई दुःखले यहाँ पनि पछ्याउन छाडेन । बेला–बेला उनलाई लाग्छ, यहाँ भन्दा त बरु पहाडमै सुख थियो ! चन्द्रपुर नगरपालिका बसन्तपुरको ऐलानी जमिनमा बनेको सानो छाप्रोमा ७० वर्ष लागेकी देवीमाया एक्ली छन् । देवीमायालाई थातथलो छोडाएर ल्याउने उनका जेठा छोरा मीनबहादुर परियार नै यतिखेर कहाँ छन् भन्ने थाहा छैन । छोराको घरको ढोकामा नयाँ ताल्चा… पुरा पढौ

एउटा लघुवित्तलाई तिर्न अर्कोबाट ऋण, एउटै व्यक्ति १२ संस्थाको ऋणी

जीविकोपार्जन सहज बनाउने उद्देश्यले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु कसरी एक पछि अर्को लघुवित्तको ऋणी बन्दै गए र अहिले धान्नै नसक्ने ऋणको दलदलमा फसे ? बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ र ६ का महिलाहरुलाई भेटेपछि अनलाइन खबरका बिजय पराजुलीले तयार पारेको रिपोर्ट । १० वर्षअघि छिमेक लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकी जितपुर सिमरा उपमहानगर– ६ नगौलकी जानकी देवी अहिले १२ वटा लघुवित्तको ऋणी बनेकी छन् । किराना पसल चलाउन ऋण लिएकी उनी पसलको आम्दानीबाट ऋणमुक्त हुनुपर्नेमा झन् बढ्दै जाँदा अहिले… पुरा पढौ

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त

चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना छुटेका छन् । इलाका प्रहरी कार्यालय, दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप गिरीका अनुसार बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो । ‘आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी हाजिरी जमानीमा छाडेका छौं’, गिरीले अनलाइनखबरसँग भने, ‘यसमा जोडिएका अझै ११ जना फरार छन् ।’ कमसल धितोमा… पुरा पढौ

सूचना माग्नेलाई सूचना नै नदिई सूचनाको हकको दुरुपयोग गरेको आरोप

झापा जिल्लाको हल्दिवारीमा रहेको साना किसान कृषि सहकारी संस्थाले आफूसँग सम्बन्धित सूचना मागेको विषयमा नागरिकलाई सूचना उपलब्ध गराउनुको सट्टा उल्टै सूचना माग्नेलाई सूचना नै नदिई सूचनाको हकको दुरुपयोग गरेको आरोप लगाएको छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ ले दिएको अधिकारको प्रयोग गर्दै सूचनाको हककि उत्कृष्ट अभियन्ता सुचनाको हक अनलाइन संचारमाध्यमकि सूचना अधिकारि इश्वरा तिवारीले उक्त सहकारीका सूचना अधिकारीलाई सम्बोधन गरी असोजमा विभिन्न पाँच वटा विषयमा सूचना माग गरेकोमा सहकारी सञ्चालक समितिको बैठक बसी सूचना मागकर्तालाई नै सहकारीसम्बन्धी जानकारी नभएको, आफू… पुरा पढौ