बैँक / वित्त

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–९ घर भएका २२ वर्षीय सागर गुप्ता रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ असोज ८ गते उक्त मुद्दामा उनलाई ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।  उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका–१० नयाँ बजारबाट पक्राउ… पुरा पढौ

५०% बैंकको वित्तीय रिपोर्ट सार्वजनिक हुन बाँकि

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंकमध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेकामध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ… पुरा पढौ

सहकारीले रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरू आन्दोलित

धरानमा रहेको बराह बचत तथा ऋण  सहकारी संस्थाका पीडितहरूले आज धरान उपमहानगरपालिकामा घेराउ गरेका छन् । बराह ग्रुपद्वारा संचालित बराह बचत तथा ऋण सहकारी संस्थामा आफूहरूले दुःख गरेर जम्मा गरेको रकम बचत गरेर राखेको र पछिल्लो समय सहकारीले रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरू आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो पैसा पाउनुपर्ने भन्दै पटक पटक बराह सहकारीमा माग गर्दा पैसा फिर्ता नदिएपछि बचतकर्ताहरू बराह पीडित सङ्घर्ष समिति बनाएर आन्दोलन नै गर्दै आइरहेका छन् । उनीहरूले यस भन्दा अघि धरान उपमहानगरपालिकाका मेयरलाई… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न सार्वजनिक गरेको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रतर्फ जाने कर्जाको विस्तारको लक्ष्य १२.६ प्रतिशत तोकेको छ। यसमा गत आर्थिक वर्षमा १९ प्रतिशतको लक्ष्य राखिएको थियो। कर्जा प्रवाहको विस्तारले आयात र अनुत्पादक क्षेत्रमा लगानी बढाएको भनी आलोचना भइरहेको वेला केन्द्रीय बैंकले यसमा कडाइ गरेको हो। यो वर्ष मुद्रा आपूर्तिसँग सम्बन्धित विस्तृत मुद्रा प्रदायको वृद्धिदरलाई पनि १२ प्रतिशतमा सीमित राखिएको छ गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सजगतापूर्वक कसिलो नीति अवलम्बन गरिएको बताए। उनले विवेकशील नियमन मार्फत वित्तीय… पुरा पढौ

ग्लोबल आइएमई बैंकबाट हरायो ८ लाख रुपैयाँ कर्मचारीकै मिलेमतो

दुःख गरि कमाएको रकम सुरक्षित रहने विश्वासमा बैंकमा लगेर डिपोजिट गरेको पैसा बैंकबाट हराएपछि बचतकर्ताहरु अहिले मारमा परेका छन् । प्राप्त समाचार अनुसार ग्लोबल आइएमई बैंकमा डिपोजिट गरेको रकम आफ्नो खातामा नभएपछि सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार अहिले उजुरी बोकेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका छन् । उनको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेको प्रहरीले जनाएको छ । उनी पटकपटक प्रहरी कार्यालय पुगी सके तर उनको उजुरीमा खासै पहल भने नभएको दुखेसो गरेका छन् । उनको बैंक खाताबाट हराएको… पुरा पढौ

कुन दरका नयाँ नोट र सिक्का छाप्न कति खर्च लाग्छ ?

तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा बैंकमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ? हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ। नेपाल राष्ट्र बैंकले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ। पोल्यान्डमा छापिने रु १ को सिक्का छपाइका लागि मात्रै राष्ट्र बैंकले प्रतिसिक्का रु २.४० खर्च गर्नुपर्छ। त्यसका अतिरिक्त ढुवानीका… पुरा पढौ

लाइसेन्स विना सहकारी बैंकको कारोबार गर्दै ‘हव को-अपरेटिभ’

काठमाडौं चुँडालदेवी, बालुवाटारमा मुख्य कार्यालय रहेको हब कोअपरेटिभ सर्भिस लिमिटेडले सहकारी विभागको ऐन विपरीत अन्तर–सहकारी कारोबार गर्दै आएको छ । सहकारी विभागले ८८ बुँदे एकीकृत निर्देशन जारी गर्दै अन्तर–सहकारी कारोबार नगर्न निर्देशन दिएपनि यस सहकारीले भने खुल्ला रुपमै यस्तो कारोबार गर्दै आएको पाइएको छ । स्रोतले भन्यो, ‘विभागले अन्तर–सहकारी कारोबार रोकेपनि यस सहकारीले भने गैर कानूनी रुपमा कारोबार गर्दै आएको छ ।’ यसरी कारोबार गर्दा बजारमा जोखिम बढ्न थालेको छ । देशको अर्थतन्त्रको कुल आकारको करीव १० प्रतिशत तथा जनसांख्यिक… पुरा पढौ

५ सय ठूला ऋणीलाई मात्रै ७ खर्ब २५ अर्ब कर्जा 

गत एक वर्षमा वाणिज्य बैंकहरूको मात्रै शाखा संख्या ३१ प्रतिशतले, कर्जा खाता करिब १२ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा लगानी १३.४४ प्रतिशतले बढ्यो। तर पनि बैंकहरूको कर्जा लगानी प्रवृत्ति भने फेरिएन।   अझैपनि वाणिज्य बैंकहरूबाट जारी हुने कर्जाको २० प्रतिशत बराबर कर्जा २० ठूला ऋणीले पाइरहेका छन्। विगत एक वर्षयता विभिन्न समयमा क्रेडिट रेटिङ (साख मूल्यांकन) गराएका २५ वाणिज्य बैंकहरूले कुल कर्जाको औसत २० प्रतिशत बराबर कर्जा लगानी ठूला २० ऋणीहरूमा गरिरहेका छन्। ऋणीको संख्या नदोहोरिएको मान्ने हो भनेपनि यी २५… पुरा पढौ

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ