अर्थतन्त्र

सूचना नदिने कार्यालय प्रमुख महेन्द्रजंग थापालाई आयोगले गर्यो १० हजार जरिवाना

स्थानीय तह केन्द्रित सूचना माग अभियान अहिले सहकारी, बिद्यालय र बैंक केन्द्रित गरेर अभियन्ताहरुले सूचना माग गरिरहेका छन् l बिशेष गरि पोखराका दीपक आचार्यको नेतृत्वमा स्पिडका साथ् सहकारी र बिद्यालयमा सूचना अधिकारीको फ्लेक्स अभियान अगाडी बढेपछी सूचना दिन केहि सहकारी र बिशेस गरि बिद्यालय तर्फ बोर्डिंग हरु उदासिन भएपछी अहिले स्थानीय तहमा ३० प्रतिशत मात्र फोर्स कायम गरि अभियान अन्यत्र सबै स्थान तिर अभियन्ताले मोडेको पाइन्छ यहि क्रममा बलराम राजभण्डारीले सल्लाघारी बहुउद्देश्यीय संग मागेको सूचना सहकारीले मागेको सूचना नदिएपछि सूचना… पुरा पढौ

पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान

विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो । बिहीबार चीनको कुनमिङ विमानस्थलबाट १३४ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो २:४० मा अवतरण भएको थियो । उक्त विमानमा पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक… पुरा पढौ

बैंकले प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्नुपर्ने

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रदेश र शाखा कार्यालयहरुमा पनि सूचना अधिकारी तोक्नु पर्ने भएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन परिमार्जनमार्फत उक्त व्यवस्था गरेको हो ।   बैंक तथा वित्तीय संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि सूचना अधिकारी तोक्नुपर्नेछ र कानून बमोजिम माग गरिएको सूचनाको अभिलेख राख्न पनि राष्ट्र बैंकले भनेको छ । ‘इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका… पुरा पढौ

खुल्लमखुला राजनीतिक संरक्षणले मौलाएको भ्रष्टाचार 

नेपालको संविधान अनुसार राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक लगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि संवैधानिक आयोगको रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन लगायतका थुप्रै कानुनी व्यवस्थाहरू कार्यान्वयनमा छन्। संसदीय समिति, महालेखा नियन्त्रक, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय आदि मुलुकको भ्रष्टाचार नियन्त्रण लक्षित संरचनाहरू कार्यरत नै छन्। तर, भ्रष्टाचार बढ्दो क्रममा छ। जति नै बलियो कानुन र नियमनकारी संस्थाहरू भएता पनि दिन प्रतिदिन ठूला-ठूला भ्रष्टाचारका घटनाहरू बाहिर… पुरा पढौ

मुख्यमन्त्री कार्यालय बजेट छुट्याउँछ, कार्यान्वयन गर्दैन

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आफैँले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा उदासीन देखिएको छ । मुख्यमन्त्री कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को कार्यक्रम, बजेट र खर्चको वार्षिक समीक्षा तथा प्रगति विवरणमा यस्तो देखिएको छ ।  मुख्यमन्त्री कार्यालय र मातहतका अन्य कार्यालयका लागि सरकारले ५८ करोड ४९ लाख ३५ हजार बजेट विनियोजन गरेको थियो । जसमा चालूतर्फ ५२ करोड ६८ लाख ९५ हजार र पुँजीगततर्फ ५ करोड ८० लाख ४० हजार रुपैयाँ थियो ।  जसमध्ये मुख्यमन्त्री कार्यालयले चालू खर्च… पुरा पढौ

विदेश पठाउने नाममा १ करोड ठगेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको लमही नगरपालिका–४ का ३० वर्षीय देव सुनार र २७ वर्षीय भीम सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो । उनीहरुले ग्रिस, अल्बानिया, पोर्चुगल, माल्टा, युके जस्ता देशमा पठाउने भन्दै ९ जनाबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।… पुरा पढौ

लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी, दुईजना पक्राउ

मोरङमा शाखा कार्यालय रहेका दुई वटा लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको कानेपोखरी गाउँपालिका– २ दलेली र नेशनल लघुबित वित्तीय संस्थाको बेलबारी – ६ बाहुनीको शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो । मोरङ प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १२ बजे अभियान लघुवित्तको मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीमा रहेको शाखामा तोडफोड र आगजनी भएको हो । विहान साढे ११ बजे बेलबारी नगरपालिका– ७ स्थीत नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड भएको हो ।… पुरा पढौ

९१ वटा देशसँग नेपालको व्यापार घाटा, बंगलादेशबाट मात्र पौने ३३ करोड घाटा

चालु आर्थिक वर्षको पहिलो महिना विश्वका १०२ भन्दा बढी देशसँग व्यापार (आयात र निर्यात) गरेको नेपालले ९१ देशसँग घाटा बेहोरेको छ । व्यापार गरेको अधिकांश देशसँग घाटा बेहोरेको मुलुकले १२ वटा देशसँग मात्र केही नाफा गरेको हो ।  भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको हो ।  समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६… पुरा पढौ

डीडीसी लुम्बिनीले किसानलाई ९ करोड भुक्तानी गर्न बाँकी

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीका शान्ताराम थारुले ५ वटा भैँसी पालेका छन् । ६१ वर्षका शान्तारामले दैनिक ६० लिटर दूध सोही ठाउँमा रहेको पशुपति दुग्ध उत्पादक संस्थालाई बेच्ने गर्दछन् । विगतमा दुग्ध सहकारीले नियमित रूपमा थारुलाई दिने पैसा गरेको थियो । तर पछिल्लो एक वर्ष यता नियमित रूपमा किसानलाई रकम भुक्तानी गर्न सहकारीलाई सकस भएको छ । किनकि किसानसँग ल्याएको दूध सहकारीले उनले दुग्ध विकास संस्थान (डीडीसी)लाई  विक्री गर्ने गरेको छ ।  डीडीसीले सहकारीलाई २०८० साल पुस १५ गतेदेखि यताको रकम दिएको… पुरा पढौ

घुससहित पक्राउ परेका दार्चुलाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ९ लाख १२ हजार बिगो कायम

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैया) को २ (दुई) वटा… पुरा पढौ