नक्कली कागजात बनाएपछि लालबन्दी नगरपालिकाका उपसचिव अख्तियारको फन्दामा
जिल्ला सर्लाही, हरिपूर्वा नगरपालिका वडा नं. ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायले डिम जनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय, सर्लाहीको उप-जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा भई कार्यरत रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप-जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख (उप-सचिव) वासुदेव तिमल्सिनाले साविक डिम जनता उच्च माध्यमिक विद्यालय,…
पुरा पढौ
भन्सार विभागका सुव्वाले गरे २ करोड भ्रस्टाचार, अवकाश पछी चल्यो मुद्धा
भन्सार विभाग, काठमाडौँका तत्कालीन नायव सुव्वा (हाल अवकाश प्राप्त) रघुनाथ घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रघुनाथ घिमिरेले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२/०७/२८ देखि मिति २०७९/०९/१२…
पुरा पढौ
बारामा कार्यरत खरिदार राम विश्वास साह घुस रकमसहित पक्राउ ।
जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मालपोत कार्यालय, परिसर नजिकै रहेको पसलबाट पक्राउ गरेको छ स्मरण रहोस सूचना अभियन्ता कैलाश माझि सहितको समुहले खुलेआम…
पुरा पढौ
जनकल्याण प्रतिष्ठानद्वारा सूचनाको हककि सूचना अधिकारि सम्मानित
हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता www.suchanakohak.com कि सूचना अधिकारि ईश्वरा तिवारीले १५ लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गर्नुभएको छ । जनकल्याण प्रतिस्ठान एकल अभियान नेपाल, बाल संस्कार केन्द्र जिल्ला समिति झापा लाई हल्दिबारि निवासी श्री खडग तिवारी र इस्वरा कडेल तिवारी( यस संस्था कि उपाध्यक्ष ) ले करिब १५ लाख मुल्य बराबर को एक कठ्ठा जमिन दान गर्नु भएको छ । हल्दि बारी डडुवा स्थित शिवालय मन्दिरमा संस्था का अध्यक्ष शंकर…
पुरा पढौ
सूचना आयोगको आदेश मान्दैनन मुख्य सचिब
आदेश १ सिंहदरबारभित्र रहेका मन्त्रालय, विभाग र विभिन्न निकायमा सूचनाको हक अनुसारको कामले जाँदा पनि सहजै छिर्न पाइँदैन, प्रवेशद्वारमा ‘पास’ कुर्दै बस्नुपर्ने झन्झट छ । यस्तो अवरोधबारे प्रश्न उठाउँदै ‘सिंहदरबार खोल अभियान’ ले २३ वैशाख २०७३ मा संसद सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सूचना माग गर्यो । तर, सूचना नपाएपछि अभियानका अभियन्ताहरू पुनरावेदनका लागि राष्ट्रिय सूचना आयोग पुगे । आयोगले ३१ वैशाख २०७३ मा मुख्य सचिव र संघीय संसद सचिवालयका महासचिवलाई आदेश दियो– ‘नागरिकलाई सिंहदरबारभित्रका कार्यालयमा सूचना मागको निवेदन दर्ता गर्न, सूचना…
पुरा पढौ
एक अरब ठगीमा कांग्रेस नेतृ सुजाता कोइरालाका पिए केशव दुलाल पक्राउ
संयोग कस्तो भने प्रहरीमा नयाँ नेतृत्व चयनसँगै एउटा हाइप्रोफाइल अपराधको अनुसन्धान सुरु भएको छ । तर, यसमा निष्पक्षताका साथ प्रहरीले अनुसन्धान गरेर नाइकेहरुलाई कानुनी दायरामा ल्याउन सक्छ कि सक्दैन भन्ने परीक्षाको विषय बनेको छ । गैरशरणार्थीलाई शरणार्थी सूचीमा पारेर अमेरिका लैजाने भन्दै भएको ठगी घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ । गृह मन्त्रालयकै योजना बनेको यो अपराधको विषयमा एक वर्षअघि नै प्रहरीमा उजुरी परेको थियो । तर, दबाबका कारण अनुसन्धान प्रभावित बनेको थियो । प्रहरीले आइतबार सो…
पुरा पढौ
सरूवामा चलखेल : मन्त्रीका पीए नै बिचौलिया बनेपछि…
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीेले पूर्वाग्रह राखेर कर्मचारीको सरुवा नगरिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ । अझ मन्त्री मोदीले कार्यभार सम्हालेपछि त सामान्यका सरुवामा खुलेआम आर्थिक लेनदेन हुँदैआएको गुनासो ब्याप्त छ । विगतमा सरुवाको सूची मन्त्रालयको बेबसाइटमार्फत् सार्वजनिक गर्ने प्रचलन रहे पनि मोदी आएपछि गुपचुप राखिने गरेको छ । र, आर्थिक लेनदेन मिलेपछि गुपचुपमै सरुवा संशोधन समेत हुँदैआएको छ । सहसचिव, सचिव र मन्त्रीस्तरीय निर्णयबाट भएका सरुवामात्र होइन, मन्त्रिपरिषदबाट भएका सरुवा समेतमा…
पुरा पढौ
३० वर्षदेखि सरकारी खर्चको समस्या उस्तै, कर्मचारी कटौतीको सुझाव!
'विगतमा सरकारी कार्यालयहरूमा भएको ठूलो विस्तारबाट प्रशासनिक खर्च धान्नै नसक्ने गरी बढेको छ। यसै गरी विगत वर्षहरूमा लिइएको बाह्य तथा आन्तरिक ऋणको फलस्वरूप साँवा र ब्याज भुक्तानीको भार पनि दिन प्रतिदिन बढ्दो छ। सालैपिच्छे खर्चमा बढ्दै गएको सरकारी दायित्वले हाम्रा विकास हुने लगानीको सम्भावनालाई समेत सीमित पारेको छ। अहिले धेरैजसो सरकारी कार्यालयहरू केन्द्रमै स्थापना भएका छन्। विकासका नाममा सञ्चालित कैयौं कार्यालयहरूको औचित्य स्पष्ट देखिँदैन। त्यसैले यस्ता अनुत्पादक र अनावश्यक प्रशासनिक खर्चहरूमा नियन्त्रण गर्न सरकारी खर्चको व्यवस्थापनबारे चाँडै नै विस्तृत अध्ययन गरिनेछ। त्यसका आधारमा…
पुरा पढौ
शुद्धोधन-७ का वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ
जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट रु. ५०,०००।–…
पुरा पढौ
अनलाइनमार्फत ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ
अनलाइनमार्फत ठगी कार्यमा संलग्न आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । बुधबार उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । राजधानीमा अवैधरुपमा अफिस सञ्चालन गर्दै उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकण्ड र चण्डोल…
पुरा पढौ