अर्थतन्त्र

नदी प्रदूषित गर्नेलाइ ३/३ लाख जरिवाना

वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया थालेको हो । यसैक्रममा तराईवासीको महान पर्व चैती छठपूजाको बेलामा पनि बर्तालुले सिर्सिया नदीको प्रदूषित पानीमै पूजापाठ गरेको दृश्य सामाजिक सञ्जाललगायतमा राखेर मानिसले विरोध जनाएपछि सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरी रु १५ लाख जरिवाना गरेको छ । महानगरपालिकाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा… पुरा पढौ

सुराकी खर्चका नाममा गृह मन्त्री र गृह सचिवलाई २४ करोड, न बिल न भर्पाई

सूत्र/सुराकी परिचालनका नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले ३२ वर्षदेखि सरकारी ढुकुटीबाट बेहिसाब लाखौं नगद बुझिरहेका छन् । दुवै अधिकारीले नगदै बुझ्ने गरेको खर्चको फाँटवारी गृह मन्त्रालयसँग रहँदैन । सार्वजनिक खर्चको लेखा परीक्षण गर्ने सर्वोच्च निकाय महालेखा परीक्षकको कार्यालयलाई पनि यसको हिसाब दिइएको छैन । स्रोतका अनुसार हरेक साता र कहिलेकाहीं १५ दिनमा एक पटक ‘यति रकम बुझिलिएँ’ भनेर मन्त्री र सचिवले लेखेर बुझाएको कागजबाहेक अरू विवरण गृहसँग छैन । महालेखाले लेखा परीक्षणका लागि मन्त्रालयसँग दैनिक खर्च फाँटवारी माग्दा ‘दिन मिल्दैन/छैन’ भन्ने गरिएको छ ।… पुरा पढौ

वीरगञ्जमा गुठीको जग्गामा पोखरी खनेपछि विवाद

 गुठी संस्थानले कृषि बाली लगाउन भाडामा लगाएको जग्गा माछा पालन गर्न पोखरी खनेको पाइएपछि वीरगञ्जमा विवाद भएको छ । वीरगञ्ज महानगरपालिका–२८ दर्दवास्थित ३० विघा १२ कठ्ठा १० धुर जमिनमा माछापोखरी बनाउन माटो खनेपछि विवाद भएको हो । स्थानीय वासिन्दाले नदी छेउको जमिनमा पोखरी खन्दा वर्षायाममा गाउँ नै डुबान हुने खतरा बढेको बताएका छन् । बाली लगाउने शर्तमा ०७२ वैशाख २४ गते मदनप्रसाद यादवले उक्त जमिन ठेक्कामा लिएका थिए । सम्झौतामा बार्षिक १० मन प्रतिविघा धान वा सो बराबरको रकम बुझाउने… पुरा पढौ

सपिङ गराई दिन भंसारका कर्मचारीलाई सहसचिवको दबाव

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव कमलप्रसाद भट्टराईले भन्सार विभाग अन्तर्गतका विभिन्न कार्यालयका कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीलाई सरुवा गर्ने चेतावनी दिंदै ब्यक्तिगत लाभ लिने गरेका छन् । नेपाल फेसका अनुसार १० महिना भन्सार विभागको महानिर्देशक हुँदा सहसचिव भट्टराईले बढी सामान आयात हुने भन्सार कार्यालयमा दरबन्दीभन्दा धेरै बढी नायबसुब्बा, कम्प्युटर अप्रेटर र कार्यालय सहयोगी सरुवा गरेका थिए । उनले आर्थिक लाभ लिएर कतिपय बीरगंज, भैरहवा, मेची, बिराटनगर जस्ता भन्सार कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएको… पुरा पढौ

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले दुई खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य… पुरा पढौ

घरजग्गा नै खरिद बिक्री काराेवार सबै शून्य, राजश्व संकलन ठप्प

काठमाडौँ उपत्यकालगायत देशैभर दुई वर्षअघिसम्म जग्गाघर किन्ने यत्तिकै हुन्थे । यता मालपोत कार्यालयमा पनि घरजग्गा नामसारी गर्नेको लाम हुन्थ्यो । उता जग्गा दलालीहरु दुई वर्षअघिसम्म चिप्लो गाडीमा हिड्थे, महंगो रेस्टुरेष्टमा खाना खान्थे त चिटिक्क परेर हिड्थे । विदेशबाट पैसा कमाएर नेपाल फर्केका, जीवनभर जागिर खाएर पैसा कमाएका र व्यापारव्यवसाय गरेर कमाएको रकमले समेत मानिसहरु घरजग्गा नै खरिद गर्न रुचाउँथे । तर, पछिल्लो समय ठ्याक्कै यसको उल्टो भएकोछ । अहिले घरजग्गा किन्ने शून्य भएका छन् भने बेच्ने चाहिं बढेकै छन् ।… पुरा पढौ

गाउँपालिका अध्यक्ष केशवनन्द बनिया ले ९२ लाख भ्रष्टाचार गरेको आरोप

मर्चवारी गाउँपालिका, रुपन्देहीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । १४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वेशाख २०७९ सम्म पदमा थिए । अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको… पुरा पढौ

सेयरको भित्री कारोबार कसुरमा व्यवसायी गुरू न्यौपानेविरुद्ध मुद्दा दर्ता

 नेपाल धितोपत्र बोर्डले ऊर्जा व्यवसायी गुरूप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै बोर्डले न्यौपानेविरूद्ध मुद्दा दर्ता गरेको हो । ८ चैतमा सकारी वकिलकको कार्यलयले काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा उनले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो… पुरा पढौ

न्यूरोडबाट स्रोत नखुलेको रकम र सुनसहित दुई पक्राउ

जनसेवा प्रहरी वृत्त न्यूरोडले स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका २४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित तनहुँको भानु नगरपालिका–६ का ४१ वर्षीय सञ्जय खनाललाई पक्राउ गरिएको जनसेवाका डीएसपी भेषराज रिजालले बताए । पक्राउ परेका खनालबारे थप अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइने उनले बताए । यसैबीच प्रहरीले एउटा सुनको ढिक्का र औंठीसहित भारतीय नागरिक आसलम सेखलाई पनि पक्राउ गरेको छ । उनको साथबाट सुनको ढिक्का ११७.१७ ग्राम र… पुरा पढौ

वर्षेनी बाह्र खर्ब रुपैयाँको काठ खरानी ! : अधिकार खोसिएसँगै वन विभाग रमिते मात्रै

वन तथा भू–संरक्षण विभाग विक्रम सम्वत २००८ सालमा वन विभाग मन्त्रालयको नाममा स्थापना भएको थियो । यो विभागको कार्य क्षेत्र अहिले बरमहलमा रहेको वन परिसरको चौघेरामा सीमित हुन पुगेको छ । गणतन्त्र स्थापना हुनु अघिसम्म मुलुकको सबैभन्दा शक्तिशाली र वन कर्मचारीका लागि अतिरिक्त कमाई हुने आकर्षक विभाग मानिएको भएपनि २०७४ सालमा तीन तहको निर्वाचन भएपश्चात सवैभन्दा निर्धो हुन पुगेको गुनासो बढेको छ ।  जंगबहादुरको पालामा काठ महलका नामबाट संचालनमा रहेको विभाग अहिले अधिकार खोसिएसँगै निरीह र कमजोर हुन पुगेको हो… पुरा पढौ