अर्थतन्त्र

भ्रष्टाचार मुद्दामा अदालतले डामेपछि पूर्वमन्त्रीको रुवाबासी

काठमाडौंको मध्यभागमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार सम्झौतामा आफूमाथि सजाय तोक्ने विशेष अदालतको फैसलालाई पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले ‘पूर्वाग्रहीपूर्ण’ भनेका छन् । पत्रकार सम्मेलन गरेर उनले अदालतबाट भएको जरिवानाको सजाय र कैदको फैसला अन्यायपूर्ण रहेको दाबीसमेत गरेका छन् ।  पत्रकार सम्मेलनमा रुँदै आफ्ना कुरा राखेका पूर्वमन्त्री न्यौपानेले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन रहेको पटक–पटक जिकीर गरे । न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भएपनि स्वीकार गर्ने उनको भनाइ छ  ।  भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा… पुरा पढौ

लघुवित्त र मिटरव्याजी विरुद्धमा काठमाडौंमा प्रदर्शन

लघुवित्त संस्था र मिटरव्याजीहरुको ज्यादतीका विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएको पीडितहरुले सो विरोध प्रर्दशन गरेका हुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्धमा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेजको माग गरेका छन् । विरोध प्रदर्शनमा सयौंको संख्यामा सहभागी भएका थिए । लघुवित्तले बढी ब्याज लिएको भन्दै देशभर पीडितहरु आक्रोशित भएका छन् । आन्दोलनका नेतृत्व गरेका प्रसाईले… पुरा पढौ

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए ।‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने… पुरा पढौ

किन असफल भइरहेको छ सहकारी क्षेत्र?

सहकारी क्षेत्रले मानवीय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गर्दै सामाजिक आर्थिक र साँस्कृतिक रुपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नुपर्ने हो।तर सहकारी सम्बन्धी शिक्षा र चेतनाको विस्तार अपेक्षित रुपमा हुनसकेका कारण धेरै समस्या देखिएको छ। राष्ट्रिय योजना आयोगको नेपालमा वित्तीय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोवार बढी देखिएकोले सहकारी क्षेत्रमा समस्या देखिएको छ। त्यसमाथि केही सहकारी संस्थाहरूमा सहकारी सिद्धान्त, मूल्य, मान्यताको अनुशरणको अवस्था एकदमै… पुरा पढौ

 वडा कार्यालयको आर्थिक लगायत महत्वपूर्ण विषयमा जानकारी लिन महानगर सार्वजनीक लेखा समितिको अनुगमन 

पोखरा महानगरपालिका सार्वजनीक लेखा समितिले वडा कार्यालयको लेखा प्रणाली, आर्थिक, प्रशासनीक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन सुरु गरेको छ । वडा कार्यालयमा सम्पादन हुने लेखा सम्वन्धि कार्यहरु पारर्दशी भए नभएको, खर्च र  आम्दानीका विषयमा अनुमगन गदै वडाका जनप्रतिनिधिसंग छलफल गरेको छ । लेखा समितिले सोमबार पोखरा महागनर वडा नम्वर १० बाट अनुगमन सुरु गरेको हो । लेखा समितिका सभापति झपट रानाभाट, सदस्यहरु  बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेल, लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्याय सहितको टोलीले वडाको खर्च… पुरा पढौ

दर्जन बढी  ठेकेदार कालोसूचीमा

तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने दुई दर्जनभन्दा बढी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माणकर्तालाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा श्री विकास निर्माण सेवा, श्री विजनेस नेपाल कन्सल्टे्रन्सी प्रालि, श्री राष्ट्र सेवा निर्माण सेवा, श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, श्री अहमद हुसेन कन्स्ट्रक्सन, श्री गुप्ता निर्माण सेवा, श्री केपी कन्स्ट्रक्सन, श्री अनुष्ठान कन्स्ट्रक्सन प्रालि,… पुरा पढौ

मन्त्री अमनलाल मोदीको स्वार्थमा दरबन्दी बाहिर पनि कर्मचारीको सरूवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन विपरीत कर्मचारीको सरुवा गरेको गुनासो बढेको छ । मुख्य सचिव शंकरदास बैरागीले समेत सामान्यले कर्मचारी सरुवामा गरेको चरम लापार्वाहीलाई बेवास्था गर्दै मौन समर्थन जनाएको समाचारहरु बाहिर आएका छन् । मन्त्रालयको  नेतृत्वले जथाभावी कर्मचारी सरुवा गर्दा पनि निजामती प्रशासनको उच्च जिम्मेवारीमा रहेका व्यक्तिले नियन्त्रण गर्न नसक्नुले थुप्रै आशंका जन्माईदिएको कर्मचारी संगठनका केही नेताहरुले बताउँदै आएका छन् । मुख्य सचिव र संवैधानिक अंगका प्रमुखहरुको पनि चासो  वेला न कुवेला कर्मचारीको सरुवालाई सामान्यले स्वीकृत दिंदा मुख्यसचिव… पुरा पढौ

व्याजदरका कारण महासंघभित्र चर्कियो विवाद : निर्वाचनमा असहयोग गर्ने सदस्यहरुको चेतावनी

तिब्रखबारमा रोशन कार्की लेख्नुहुन्छ काठमाडौं । बैंकर र व्यवसायी एकै व्यक्ती भएका कारण अहिले अत्याधिक रुपमा बृद्धि भएको बैंक वित्तिय क्षेत्रको व्याजदरको विरुद्धमा अधिकाशं नेपाली व्यवसायीहरु सडक आन्दोलनमा केन्द्रीत भएका छन् । देशभरका उद्योगी व्यवसायीहरुले उद्योगधन्दा चलाउने भन्दै लिएको बैंकिङ ऋणको व्याज विना जानकारी बैंक सञ्चालकहरुले एकाएक ठूलोमात्रामा बृद्धि गरेपछि सोका कारण उद्योगधन्दा बन्द हुन पुगेको भन्दै व्याजदर घटाउनु पर्ने माग राख्दै आएपछि अहिले नीजि व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघभित्र विवादले उग्र रुप लिएको बताइएको छ… पुरा पढौ

गलत सिफारिसमा हस्ताक्षर गर्ने वडा अध्यक्ष लाइ मुद्धा

जिल्ला सर्लाही, साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मुल्य न्यूनतम मूल्याङ्‍कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मुल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिवन नगरपालिका वडा नं. १० का तत्कालीनका तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले जिल्ला सर्लाही साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं.… पुरा पढौ

राजस्वका डीजी, काममा भन्दा भाषणमा बिजी !

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नारायण सापकोटाको नेमप्लेट देखिन्छ । तर उनले विभागमा गएपछि के काम गरे भन्ने अहिलेसम्म कसैले जानकारी पाउन सकेका छैनन् । कहिले गृह, कहिले अर्थ मन्त्रालयका निकायमा घुम्दैआएका सापकोटा एउटै कार्यालयमा मुस्किलले ६ महिनासम्म टिक्न नसक्ने कर्मचारीका रुपमा दरिन पुगेका छन् । यसअघि सहसचिवसम्म हुँदा हालका सचिव मधुसुदन बुर्लाकोटीले यस्तै छाप बनाउन सफल भएका थिए । बुर्लाकोटी सचिवमा बढुवा भएपछि कुनै मन्त्रीले पनि लिन नमानेपछि आफैंले नेतृत्व गर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव पदमा कार्यरत छन् ।… पुरा पढौ