अर्थतन्त्र

लघुवित्तको गैरकानुनी हर्कत, महिलामाथी अमानविय व्यवहार र कुटपीट

रोशन कार्की केही व्यक्ती र नेपाल राष्ट्र बैंकका कर्मचारीको साँठगाँठमा गरिव जनतालाई धनी बनाउने लोभ देखाउदै गाँउगाँउमा सञ्चाललनमा रहेका लघुवित्त कम्पनी गैरकानुनी तवरबाट सञ्चालनमा आउदाँ समेत नियमनकारी निकाय भने मौन बसेको छ । सुरुमा गरिवले गाँजेको परिवार गाँउको पत्ता लगाएर घरघरमै गई ऋण लिन गुलीया बचन प्रयोग गरी फसाँदै आएको लघुवित्त कम्पनीले ऋण दिएको २८ दिनदेखिनै महिलादेखि बालबालीकामाथी समेत अमानविय व्यवहार गरेर ऋण चुक्ता गर्न लघुवित्तका कर्मचारी घरघरमा जाने गरेको गुनासो पीडित महिलाहरुले गरेका छन् । लघुवित्तका कर्मचारीहरु रातको ९–१०… पुरा पढौ

जरिवाना मिनाहाविरुद्धको सूचना अभियन्ताको मुद्दा खतिवडाको इजलासमा

स्थानीय निकायका जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले तोकेको जरिवाना माफ गर्ने गरेको राष्ट्रपति कार्यालय विरुद्धको रिटको पेशी न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको छ । अधिवक्ता सूचना अभियन्ता सबिन पोख्रेल सूचना अभियन्ता सविन पोख्रेलले गत बुधबार तोकिएको मितिमा निर्वाचन खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमा राष्ट्रपतिले संविधानको धारा २७६ प्रयोग गरी माफी दिएको प्रति आपत्ति जनाउँदै यो कुनै तजबिजी वा प्रशासनिक अधिकार नभएको र राष्ट्रपतिले कसैको सिफारिस, उक्साहट वा… पुरा पढौ

खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रावत र सचिव विर बहादुर बुढालाइ अख्तियारले मुद्धा चलायो

जिल्ला बाजुरा, काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दिपक बहादुर बुढाथोकी, तत्कालीन सव-इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव-इन्जिनियर दिपेश महताराले बाजुरा जिल्लाको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको तथा निर्धारित… पुरा पढौ

लघुवित्तको ऋण : जति तिरे पनि सकिंदैन

सुविस्ता र सन्तानको राम्रो भविष्य कल्पेर २० वर्ष अगाडि तनहुँको घिरिङ गाउँपालिका गजरकोटबाट रौतहट झरेकी थिइन्, देवीमाया परियार । ‘बर्मा गए पनि कर्मसँगै’ भने झैं उनलाई दुःखले यहाँ पनि पछ्याउन छाडेन । बेला–बेला उनलाई लाग्छ, यहाँ भन्दा त बरु पहाडमै सुख थियो ! चन्द्रपुर नगरपालिका बसन्तपुरको ऐलानी जमिनमा बनेको सानो छाप्रोमा ७० वर्ष लागेकी देवीमाया एक्ली छन् । देवीमायालाई थातथलो छोडाएर ल्याउने उनका जेठा छोरा मीनबहादुर परियार नै यतिखेर कहाँ छन् भन्ने थाहा छैन । छोराको घरको ढोकामा नयाँ ताल्चा… पुरा पढौ

इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ। आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो छोडेका छन्। आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन‍्। आचार्यले सामाजिक सञ्जालमा लेखेका उनका भावना जस्ताको तस्तै: म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी,… पुरा पढौ

४० लाख बराबरको मालबस्तु बरामद

 प्रहरीले राजश्व छली गरेर ल्याएको सामान बोकेको आशंकामा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाको चण्डाल चोकबाट ना ३ ख ०८२३ नम्बरको ट्रक र बीआर ०५ जीसी ०२१५ नम्बरको भारतीय ट्याक्टर नियन्त्रणमा लिएको हो । पुस २९ गते राति साढे ८ बजेको समयमा बिल बिजक भन्दा बढी सामान रहेको सूचनाको आधारमा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ट्याक्टरको अन्दाजी मूल्य १५ लाख र ट्रकको २५… पुरा पढौ

पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महिनामा सरकारले लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यसमा सबैभन्दा धेरै संकलन पुस महिनामा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस महिनामा मात्र १ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिना आयकरको पहिलो किस्ता बुझाउने महिना समेत हो । सोहीकारण अन्य महिनाको तुलनामा पुसमा बढी राजस्व उठेको हो । पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस… पुरा पढौ

मर्केंन्टाइल एक्सचेञ्जका सीइओ शाहद्वारा करोडौ ठगी

कमोडिटि एक्सचेञ्ज (मर्केंन्टाइल एक्सचेञ्ज मेक्स–नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित चार जनाको संलग्नतामा करोडौ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । थापाथली स्थिति कमोडिटी एक्सचेञ्जका पीडितहरूले दिएको उजुरीका आधारमा मेक्स नेपालका सिइओ दिपेश शाह, मेक्सका जनरल म्यानेजर, मेक्सको क्लियरिङ हाउस सञ्चालक सुनिल श्रेष्ठ र उनकी श्रीमती पक्राउ परेको बताइएको छ । पीडितहरूको उजुरी दिएपछि सोही आधारमा उनीहरूलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरीका कार्यालयले समेत जनाएको छ । थापाथलीमा सुनिल श्रेष्ठले सञ्चालन गरेको मर्केंन्टाइल एक्स्चेञ्ज मेक्स–नेपालको क्लियरिङ हाउस सञ्चालकले… पुरा पढौ

थाहा पाउनै पर्ने सूचनामा पहुँचको अधिकारको सुरक्षाले मात्र व्याप्त भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ कि ?

ज्ञानको कुनै सीमा छैन । मानिसले थाहा पाउनु नपर्ने पो के छ र ? किनभने यो संसारको सबैभन्दा चलाख प्राणी जसले भाषाका आधारमा अरुले पनि बुझ्ने गरी कुरा गर्छ र आफ्नालागि मात्र नभएर सबैका लागि जानकारी तयार गर्छ, आफू पनि सुसूचित हुन्छ , आफूले जानेका कुराहरु सबैलाई जानकारी दिन्छ । र पनि सबैलाई सबैकुरा थाहा हुँदैन र सबैलाई जानकारी एकैपटक, एकैप्रकारका जानकारी दिन पनि सकिँदैन । सायद त्यही भएर सञ्चारका माध्यमको विकास भएका होलान्, अनि मानिसहरु ती माध्यमको भर परेर… पुरा पढौ

नेपालमा व्यवसाय संचालनका मोडलहरू

पढिसकेकाे युवाले जागिर मात्र खाेज्ने हाेइन कि जागिर दिन सक्ने बनाउन जरूरी प्रदीपराज अधिकारी औपचारिक उच्च शिक्षा प्रणाली मूलत सिद्दान्त,विचार, कथा एवं इतिहासहरुका विषयको ज्ञानमा आधारित हुन्छ । विद्यार्थीको ल्याकत पनि कति मात्रामा विषयहरु कन्ठस्थ वा हुवहुँ सम्झन सक्छ भनी जाँच गर्ने किसिमको छ । औपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरुमा अध्ययन पछि के गर्ने भन्ने योजना नहुने तथा व्यवसाय गर्ने ज्ञान नहुँदा असंख्य मानिसहरु काम नगरी नोकरी वा लोकसेवाको तयारीमा लाग्ने प्रवृत्ति देखिन्छ । सके कतै जागीर खाने, नसके कसरी… पुरा पढौ