अर्थतन्त्र

अछामका स्थानीय तहमा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ । अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु रहेको थियो ।  अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा वेरुजु घटेको छभने केही स्थानीय तहको वेरुजु बढेको छ ।… पुरा पढौ

सुनको सिक्काद्वारा दैनिक कारोवार

गत सोमबारदेखि जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ । अब कुनै पनि व्यक्ति वा कम्पनीले जिम्बावेका बैंकहरू जस्ता आधिकारिक आउटलेटहरूबाट सिक्का किन्न सक्ने छन् । सिक्काहरू बैंकमा राख्न वा घर लैजान सकिनेछ । विदेशी नागरिकले विदेशी मुद्रामा मात्र सिक्का किन्न सक्ने केन्द्रीय बैंकले जनाएको… पुरा पढौ

५०% बैंकको वित्तीय रिपोर्ट सार्वजनिक हुन बाँकि

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंकमध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेकामध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ… पुरा पढौ

यातायात व्यवस्था कार्यालयबाट अनुमान भन्दा धेरै राजस्व सङ्कलन

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो । सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन… पुरा पढौ

कञ्चनपुर भन्सारको लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व सङ्कलन गरेको छ ।  कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा रु १६ करोड ३३ लाख सङ्कलन गर्ने लक्ष्य लिएकामा रु १८ करोड ६३ लाख सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिनुभयो । यस्तै… पुरा पढौ

आयातमा वार्षिक बजेट भन्दा बढी खर्च

नेपालले विभिन्न वस्तुकाे आयातमा वार्षिक बजेटभन्दा २ खर्ब ८८ अर्ब बढी खर्च गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले वर्षभरि गर्ने आम्दानी र खर्चको विवरण (बजेट) जम्मा १६ खर्ब ३२ अर्ब रुपैयाँको तय गरेको थियो थियो । सोही आवमा भएको आयात भने १९ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार गत वर्षको बजेट भन्दा ८८ अर्ब रुपैयाँ बढीको व्यापार घाटा भएको छ । उक्त आवमा भएको व्यापार घाटा १७… पुरा पढौ

लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन : तातोपानी भन्सार

चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न सार्वजनिक गरेको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रतर्फ जाने कर्जाको विस्तारको लक्ष्य १२.६ प्रतिशत तोकेको छ। यसमा गत आर्थिक वर्षमा १९ प्रतिशतको लक्ष्य राखिएको थियो। कर्जा प्रवाहको विस्तारले आयात र अनुत्पादक क्षेत्रमा लगानी बढाएको भनी आलोचना भइरहेको वेला केन्द्रीय बैंकले यसमा कडाइ गरेको हो। यो वर्ष मुद्रा आपूर्तिसँग सम्बन्धित विस्तृत मुद्रा प्रदायको वृद्धिदरलाई पनि १२ प्रतिशतमा सीमित राखिएको छ गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सजगतापूर्वक कसिलो नीति अवलम्बन गरिएको बताए। उनले विवेकशील नियमन मार्फत वित्तीय… पुरा पढौ

सरकारलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ नबुझाइ आफै राख्छन सरकारी कर्मचारी  

नेपालको विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीले सरकारलाई बुझाउनु पर्ने आयकर छलि गर्दै आएको पाइएको छ । उनीहरुले आयकर अन्तर्गत एक वर्षमै सरकारलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ नबुझाइ आफै लिएको पाइएको हो ।  विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा कार्यरत लोकल स्टाफ (स्थानीय कर्मचारी) र सर्भिस स्टाफ (अर्दली)हरुले एकै वर्ष सरकारलाई आयकर अन्तर्गत बुझाउनु पर्ने ३ करोड ६० लाख रुपैयाँ नबुझाएको पाइएको छ । आयकर ऐन, २०५८ को दफा ८ मा कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेमा सबै प्रकारका… पुरा पढौ

धरौटी नलिइ १३ अर्ब घोटाला: न्यायाधीशदेखि कर्मचारीसम्मको भागाभाग

महालेखाले १२ अर्ब ६० करोड बेरुजु निकालेपछि संसदको समितिदेखि अर्थ मन्त्रालय र सर्वोच्च अदालतसम्म हल्लिखल्ली मच्चिएको छ । खोइ १३ अर्ब ? यो प्रश्नसहित संसदको लेखा समितिले विवरण झिकाउने र स्पष्टिकरण सोध्ने काम गरिरहेको छ । यसकारण न्यायाधीशदेखि कर्मचारीसम्मको भागाभाग छ । यसरी यति ठूलो रकम गायव भएको ठाउँ हो, अनामनगरस्थित राजश्व न्यायाधीकरण । भन्सार अधिकृतहरूले गरेको करको निर्णय चित्त नबुझे पुनरावेदन लाग्ने ठाउँ हो यो । छूट भएको वा विवाद उठेको, करदाताले ‘तिर्नुपर्दैन’ भनेको राजश्वको ५० प्रतिशत धरौटी राखेर… पुरा पढौ