अर्थतन्त्र

भ्याट असुली गर्न सरकार असफल

विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उद्योगी तथा त्यसका सञ्चालकबाट जनतासंग मुल्यअभिबृद्धि कर (भ्याट) असुली गर्ने तर सरकारी ढुकुटीमा नबुझाउने दर्जनौ कम्पनीमाथी सरकारले कारबाही गर्ने भएको छ । यसैक्रममा यसरी कर, राजश्व र भ्याट सेवाग्राहीबाट असुली गरि सरकारी ढुकुटीमा नबुझानेमाथी आन्तरिक राजश्व बिभाग, आन्तरिक राजश्व कार्यालय, नयाँ बानेश्वरले कारबाही सुरु गरेको छ । सो कार्यालयले भ्याट तथा आयकर बक्यौता रकम समयमा दाखिला नगर्ने कारदाताहरूको नामावली समेत सार्वजनिक गरेको छ । कार्यालयले कर दाखिलाका लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गर्दै बसेपछि… पुरा पढौ

विकास बजेट फ्रिज, दाङमा कुल बजेटको ६५.३८ प्रतिशत रकम मात्रै खर्च

आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड  दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ ।  जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो । समयमा विकास निर्माणका योजनाहरू सञ्चालन तथा निर्माण हुन नसक्दा योजनाका लागि विनियोजित गरेको करिब सवा तीन अर्ब रुपैयाँ रकम फ्रिज भएको हो ।… पुरा पढौ

जारको पानीमा मनपरी : ‘गुड डे’ पानीले लिन सक्छ ज्यान,

काठमाडौं उपत्यकामा खानेपानी अभावको मौका छोपी विभिन्न ब्राण्डको जार र मिनिरल वाटरको कारोबार हुदै आएको छ । यसरी कारोबार गर्ने अधिकाशं कम्पनीबाट उत्पादन भएका गुणस्तहिन पानी उत्पादन तथा वितरण गर्दै आएको एक कम्पनीको मिनिरल वाटरको सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको छ । पिउने पानीको अत्याधिक मागको फाईदा उठाउदै अखाद्य बस्तु समेत बोटलभित्र परे पनि सफाई नै नगरि पानी भरेर बजार पठाउदै आएको ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरल वाटर बोटलमा अखाद्य बस्तु भेटिएको हो । सो कम्पनीबाट… पुरा पढौ

अप्ठ्यारो मौद्रिक नीति, त्यसका लागि कम्प्रोमाइज गर्नु बाहेकको बिकल्प छैन

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आउन लागेको मौद्रिक नीतिका कारण सबै क्षेत्रले अलि अलि सकस सहनुपर्ने अवस्था बन्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेका छन् ।  म्यानेजमेन्ट अशोसिएसन अफ नेपाल(म्यान)ले आज राजधानीमा आगामी मौद्रिक नीतिको विषयमा सुझाव संकलनका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नरले मौद्रिक नीति अघिल्ला वर्षहरुको जस्तो लचक नहुने र यसपटकको नीतिले धेरै क्षेत्रलाई सकस हुने प्रष्ट पारेका हुन् ।  ‘अर्थतन्त्र अलिक असजिलो भएको बेला सबै कुरा सहज हुँदैन । कुनै न कुनै किसिमको सहनुपर्ने… पुरा पढौ

सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना

सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट बिनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो। लमही नगरपालिका दाङको वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको हो। सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को वार्षिक विकास कार्यक्रममा देखिएको छ। यस्तै रजापुर नगरपालिका ७… पुरा पढौ

नेपाल श्रीलंका कै अवस्था मा पुग्न सक्ने : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् ।  बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयातले विदेशी मुद्रा सञ्चितिसमेत सकिँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् । उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभई निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुुलुकको अर्थतन्त्र लयमा आउने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट… पुरा पढौ

स्थानीय र प्रदेशमा ४ खर्ब ४२ अर्ब अनुदान

सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट, समपुरक, समानीकरण र विशेष अनुदान अन्तर्गत ४ खर्ब ४२ अर्ब बजेट विनियोजन गर्ने भएको छ।  सशर्त, समपुरक र विशेष अनुदान कार्यप्रगतिको आधारमा हस्तान्तरण हुने मन्त्रीले बताएका छन्। वित्तीय समानीकरण अन्तर्गत प्रदेशलाई ६१ अर्ब ४३ करोड रूपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण गरिने भएको छ।  सशर्ततर्फ ५७ अर्ब १७ करोड रूपैयाँ प्रदेशलाई र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब ७२ करोड रूपैयाँ गरी जम्मा २ खर्ब ४० अर्ब ९९ करोड रूपैयाँ विनियोजन… पुरा पढौ

५ सय ठूला ऋणीलाई मात्रै ७ खर्ब २५ अर्ब कर्जा 

गत एक वर्षमा वाणिज्य बैंकहरूको मात्रै शाखा संख्या ३१ प्रतिशतले, कर्जा खाता करिब १२ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा लगानी १३.४४ प्रतिशतले बढ्यो। तर पनि बैंकहरूको कर्जा लगानी प्रवृत्ति भने फेरिएन।   अझैपनि वाणिज्य बैंकहरूबाट जारी हुने कर्जाको २० प्रतिशत बराबर कर्जा २० ठूला ऋणीले पाइरहेका छन्। विगत एक वर्षयता विभिन्न समयमा क्रेडिट रेटिङ (साख मूल्यांकन) गराएका २५ वाणिज्य बैंकहरूले कुल कर्जाको औसत २० प्रतिशत बराबर कर्जा लगानी ठूला २० ऋणीहरूमा गरिरहेका छन्। ऋणीको संख्या नदोहोरिएको मान्ने हो भनेपनि यी २५… पुरा पढौ

लाखौको अबैध लत्ताकपडा र समान बरामद

मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अबैध रुपमा भन्सार छली  चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको फेला पारेकाे छ ।   १५ लाख १ हजार ७ सय मूल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ भने बिराटनगर-१६ स्थितबाट ४… पुरा पढौ

विमानस्थलबाटै भित्रिन्छ सेटिङमा मोबाईल

व्यवसायीले अवैध रूपमा भित्र्याएका मोबाइल सेटको कारोबार पछिल्लो समय बढ्दै गएको पाइएको छ । सरकारले अवैधरूपमा नेपाल भित्रिने मोबाइल सेट नियन्त्रण गर्ने योजना ल्याए पनि कार्यान्वयनमा नआउँदा अवैध व्यापार तीव्र बनेको हो । यसबाट सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने करोडौँरूपैयाँराजस्व चुहावट भइरहेको छ । सरकारी कर्मचारीकै सेटिङमा त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै अबैधरुपमा मोबाईल सेट नेपाल विना रोकतोक भित्रने गरेको छ । भने अन्य स्थलगत नाकाबाट समेत दैनिक जसो करोडौ मुल्यका सेट विना भन्सार छुटाउदै आएको पाईएको छ । नेपाली बजारमा… पुरा पढौ