७ सय ५३ स्थानीय तहमा नै बेरुजु समस्या
काठमाडौं बाहेक देशका मुलुकका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको ७ सय ५३ वटै स्थानीय तहको अवस्था पनि काठमाडौं महानगरपालिकाको जस्तै रहेको जानकारहरु बताउँछन । खासगरी हिमाली र पहाडी क्षेत्रका धेरै पालिकाले बेरुजु फस्र्यौटको तयारी गरेको र कतिपयले असुल उपर गर्नुपर्ने र सैद्धान्तिक बेरुजु छुट्याएर फस्र्यौट गरिरहेको महालेखा परीक्षकको कार्यालय स्रोतले जनाएको छ । अन्य प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले चासोका साथ यसको कार्यान्वयमा लागेको भएपनि दुई नम्बर प्रदेशका अधिकांश पालिकाले बेरुजु फस्र्यौट त के अघिल्लो वर्षहरुको लेखा परीक्षण समेत कतिले गरेका…
पुरा पढौ
भन्सार कर्मचारी र व्यवसायीको मिलिमतोमा दैनिक ४० करोड राजस्व गुमाउदै सरकार
भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक ४० करोडौं रुपैयाँभन्दा बढी राजस्व गुमाउँदै आएको छ । मेलापर्व बाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ९० करोड रुपैयाँभन्दा बढी राजस्व उठाउँदै आएको छ । अन्य दिनको तुलनामा न्यूनतम ७० करोड रुपैयाँभन्दा बढी संकलन हुने गरेको तथ्याङकमा उल्लेख छ । यो तथ्यांकका आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यको दैनिक ४० करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका अर्थमन्त्रालयले गरेको छ । सो तथ्यांकका अनुसार १ वर्षमा…
पुरा पढौ
रास्ट्रपति बाट उद्घाटन गराई, भन्सार छलीका इन्डक्सन चुलो खुलेआम बिक्री
सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनि कम गर्दै गएको भएपनि अबैधरुपमा सामान नेपाल भित्रने क्रम भने रोकिएको छैन । भन्सार कर्मचारी र व्यवसायीको मिलिमतोमा विनाभन्सारका इन्डक्सन चुलो आयत हुदै आएको छ । आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेको भएपनि व्यवसायीहरुको ठगीधन्दाकै कारण उपभोक्ताभने झन मंहगोमा खरिद गर्न बाध्य भएका छन् । यसैगरी नेपाली बजारमा विभिन्न ब्राण्डका इन्डक्सन चुलो आयात भएको भन्सार रेकर्डमा…
पुरा पढौ
करोड हिनामिना गर्ने वडा अध्यक्ष देखि बिभिन्न लाइ बिभिन्न आरोपमा प्रमाण सहित मुद्दा दायर
जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन…
पुरा पढौ
सुकुम्वासी वस्तिमा प्रभावकारी बन्दै पूर्वाधार विकास योजना
सानो रकमले पनि जनताका साझा आवश्यकता पुरा गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्वासी वस्तीका वासिन्दा उदाहरणीय बनेका छन् ।पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरीस्थित सुकुम्वासी वस्ती बीचको बाटो ढलान गरेपछि सो क्षेत्रका वासिन्दाले यतिखेर केही हदसम्म भएपनि सुविधा सहित सुरक्षाको अनुभूति गरेका हुन ।निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाख रुपैया सहित साढे पाँच लाख रुपैयाको लागतमा नाला र सात मिटर चौढाईको ६० मिटर लम्वाई बाटो ढलान गरेको योजनाको स्थलगत अनुगममा पुग्नु भएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा…
पुरा पढौ
सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश
जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी…
पुरा पढौ
चुनाव जित्न पैसा कि एजेन्डा ?
निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई…
पुरा पढौ
भरतपुर का टोल–टोलमा आपत्कालीन राहत कोष स्थापना
बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरेका हुन् । हरेक कोषमा सुवेदीले रु. ५० हजार आर्थिक सहयोग गरेका छन् । यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न…
पुरा पढौ
१०० भन्दा बढीलाई ट्रयाल पास गराइदिने व्यक्ति पक्राउ परेकै दिन छुटे
सवारी चालक अनुमतिपत्र(लाइन्सेस)को लिखित तथा प्रयोगात्मक(ट्रायल) परीक्षामा सहभागी भाडामा परीक्षार्थीलाई पक्राउ गरी मुद्दा नचलाई छाडिएको छ । यसमा यातायात कार्यालय र प्रहरीको भुमिका शंकास्पद देखिएको छ । यातायात व्यवस्था कार्यालय, ठूलो भ¥याङले आइतबार गुर्जुधारास्तित ट्रायल सेन्टरमा एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले झन्डै एक सय व्यक्तिको परीक्षा दिइसकेको बताए । तर, ती व्यक्तिलाई कारबाही नगरी छाडिएको छ ।यातायात कार्यालयले नक्कली र सक्कली परीक्षार्थी दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाएको थियो । थानकोटले घटनाको अनुसन्धान नै नगरी…
पुरा पढौ
मुल्यबृद्धि नियन्त्रण बाहिर : पुरानोमै नयाँ मूल्यको स्टिकर टाँसेर मंहगोमा बिक्री
रोशन कार्कीनेपाल पछिल्लो समय राजनीतिक अवस्था अस्थिरता तर्फ गएको फाईदा उठाउदै व्यवसायीहरुले अत्याधिकमात्रामा अत्याबश्यक बस्तुको मुल्यबृद्धि गरेका छन् । लामो समयदेखि गोदाममा स्टोर गरेर राखिएका बस्तुहरुलाई विभिन्न बहना बनाई अहिले आफुखुशी मुल्यबृद्धि गरेर बिक्री गर्दै आएपनि सरकारी निकायको भने ध्यान जान सकेको छैन । जसको प्रभाव नेपाली बजारमा पर्न परेको छ । नेपाली बजारमा पछिल्लो तीन महिनादेखि खाने तेल तथा खाद्यान्नको मूल्य उच्च रुपमा बृद्धि हुँदै गएको छ । नेपालमा कोरोना सुरु भएको चार महिनासम्म लकडाउन भएपनि बजार मूल्य स्थिर…
पुरा पढौ