महानगरका वडा अध्यक्ष, सदस्य र सचिब सहित ६ जनालाई प्रमाण सहित भ्रस्टाचार मुद्दा
पोखरा महानगर पालिकाका अधिकांस वडामा अनियमितता छ , कुनै वर्ष १३ करोड त कुनै बर्ष ६ करोड उठेको राजस्व रकम नै महानगर बाट गाएब भएको अबस्था छ l अधिकांस अभियन्ता हरुले र बिभिन्न संचार माध्यमले यो कुरा उठाउदा समेत हाल सम्म कुनै कारबाही हुन् सकेको छैन तर जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी र सोही वडाका कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी समेतको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस…
पुरा पढौ
ज्येष्ठ नागरिक को भत्ता हिनामिना गर्ने सचिब हरु धमाधम अख्तियारको खोरमा
केहि समय अगाडी मात्र ज्येष्ठ नागरिकको भत्ता हिना मिना गर्ने हरुलाइ अख्तियारले मुद्दा चलाएको छ ६/८ बर्ष अगाडिको हिनामिनामा अहिले मुद्दा चल्नुमा नागरिक सचेतना प्रमुख कारण रहेको छ । जागौ नेपाल का अभियन्ताहरु अहिले एस्तो खोजीमा गाउँ गाउँ पुगेका छन् साथै सूचना अभियन्ताहरु टोल टोल मा पुगेर आफ्नो करको हिसाब माग्न आम नागरिक लाइ अपिल गरेका छन् जसको कारण अख्तियार सम्म हिनामिनाको उजुरी पुग्ने गरेको छ । हालै जिल्ला गोरखा, अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर र वडा नं. ५…
पुरा पढौ
देशको अर्थतन्त्र कोमामा
मुलुकको आर्थिक तथा वित्तीय स्थिति कोमामै पुग्ने अबस्थामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।। राष्ट्र बैंकले जारी गरेको पछिल्लो प्रतिबेदन अनुसार देशको आर्थिक अबस्था खस्किँदै गई सबै सूचकहरु नकारात्मक विन्दूमा झरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो । तर यस वर्ष अघिल्लो वर्षको…
पुरा पढौ
बजारभरि गुणस्तरहिन लेज, कुरकुरे, हर्लिक्स र बर्नभिटा
नेपाल मा आउने अधिकांस खाध्य सामाग्री हरु गुणस्तरहीन हुने हल्ला र समाचार बेलाबखत मा सुनिदै आइएको छ । भारतमा डेट एक्सपाएर भनि नस्ट गर्न को लागि ठेक्कामा समान पाउनेले उक्त समान नस्ट नगरी गोदाम बाट उठाई नेपालमा बिक्रि वितरण गर्दै आइरहेका छन् । हावा गएको केहि समय मा लेज र कुरकुरेहरु डेट एक्सपाएर हुन्छन । त्यसरी म्याद रहेपनि हावा कम नै भएको कारण एक्सपाएर भएको लेज कुरकुरे हरु नस्ट गर्ने चलन छ तर नेपालमा अधिकांस कम हावा भएका लेज र…
पुरा पढौ
कोकाकोला बिरुद्द ७ अर्ब राजस्व ठगीको मुद्दा
राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।१1।27 गते दायर भएको छ । जसको विवरण यसप्रकार रहेको छ । कसूरको संक्षिप्त विवरण तथा बिगो: नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदअनुसार 2071/07/07 मा कोका कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई विक्री गरेको…
पुरा पढौ
नक्कली भ्याट बिल प्रकरण किन सेलायो
नक्कली भ्याट बिल प्रकरण मा सर्बोचाको उदासिनता देखिएको छ । सर्वोच्च अदालतले एक दशकअघिका बहुचर्चित नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणका मुद्दाहरू मध्ये अधिकांश मुद्दाको अझै फैसला नगरेका कारण त्यसको प्रत्यक्ष मार सरकारी ढुकुटीमा परेको छ । नक्कली बिलमार्फत् भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको बताइएपनि त्यसबारे ठोस फैसला नहुँदा अवैध धन्दा गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । यसबाट राज्यले भने अर्बौंको क्षति व्यहोनुपरेको छ । नक्कली भ्याट बिल प्रकरणमा…
पुरा पढौ
नौ बर्ष अगाडिको सिलाई बुनाइ को रकम घोटाला मा बल्ल अख्तियारद्वारा कारबाही
जिल्ला सिरहा, राजपुर गा.वि.स.का सचिव केशव घिमिरेले आ.व. २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फ गा.वि.स.मा आम्दानी भएको बिभिन्न शिर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाई तालिमको लागि लिएको पेश्की, दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी, विद्युत पोल खरिदमा बिल बमोजिमको समाग्री प्राप्त नभई भुक्तानी गरेको रकम, अर्को गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.को रकम, सामाजिक सुरक्षा भत्ताको आ.व. २०७२।०७३ को दोस्रो किस्ताको रकम बैंकबाट…
पुरा पढौ
सूचना आयोग ले कुन कुन पालिका संग जवाफ माग गरेको छ हेर्नुहोला , समयमै सूचना नदिने पालिका लाइ कारबाही गर्ने आयुक्त को भनाइ
राष्ट्रिय सूचना आयाेगले बिभिन्न प्रदेशमा गर्दै आएको कार्यक्रम स्थानीय तह केन्द्रित गरि शुरु गरेको छ । प्रदेश एकका बिभिन्न स्थानीय तह मा आयोगको उपस्थिति देखिएको छ । माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा सचारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम हालै आयोग ले सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक प्रसाद थेवे आयाेगका प्रमुख सूचना आयुत्त महेन्द्र मान गुरुड र सचिव भागीरथ पाण्डे प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी लगायतकाे सहभागिता रहेको थियो फिदिम नगरपालिका आठराई…
पुरा पढौ
नक्कली कागजात बनाउन मा वडा अध्यक्ष रमजान अलिमिया सक्रिय
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको धान खेतमा गोडमेल चल्दै गर्दा केही व्यक्ति आएर जग्गा नापजाँच गर्न थाले। छिमेकीको जग्गा नापजोख भइरहेको देखेका राधेश्याम गुप्ताले ग्लोबल आईएमई बैंकका कर्मचारीले जग्गा नापेको भन्नेसम्म थाहा पाए। आफ्नो जग्गा नापिएको सूचना गुप्ताबाट पाएका कोहार विभिन्न अड्डा धाएपछि बल्ल नापजोखको कारण थाहा भयो– उनको जग्गा त अर्कैको नाममा बिक्री भइसकेको रहेछ। ६७ वर्षीय कोहारको १० कट्ठा १७ धुर जग्गा १८ फागुन २०७७ मा भैरहवास्थित मालपोत कार्यालयबाट बिक्री भइसकेको देखिन्छ। साबिक मधुवनी गाविस–१० को नक्शा…
पुरा पढौ
रंगेहात पक्राउ परेका वडा सचिब बिरुद्द आरोपपत्र तयार गरि अदालत मा मुद्दा दाएर
जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ३,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा मोहम्मद सिद्दिकलाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०९।०२ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा सिद्धार्थनगर, नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) राष्ट्रसेवक कर्मचारी मोहम्मद सिद्दिकले सेवाग्राहीको…
पुरा पढौ