अर्थतन्त्र

पोखरामा पनि अब केबलकार

पहिलो केवलकारको नाम दर्ज गर्न सफल अन्नपूर्ण केबलकार सफल परिक्षण सन्चालन पस्चात फागुन ६ गते बाट सन्चालनमा आउने भएको छ । अन्नपुर्ण केवलकार पोखरा १८ सेदीबगर देखी सराङकोट सम्म रहेको छ सो को दुरी ( २.४ )दुई दशमलभ चार किलो मिटर रहेको छ। केवलकार सेदी देखी सराङकोट सम्मको समय दुरी ८ मिनेटको हुनेछ । केवलकारमा १८ ओटा गोण्डला (डिब्बा )रहेका छन् जस मध्ये १७ ओटा यात्रु ओसारपोसारका लागी रहने र १ ओटा सामान ओसारपोसार (कार्गो ) को लागि रहने केवलकारकासदस्य… पुरा पढौ

सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा

सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च… पुरा पढौ

फेवा किनारमा फस्टाउदो चना चटपट व्यवसाय

पोखरा महानगर पालिका १८ रातामाटे डौडॉ पर्यटकिय दुष्टिकोण ले प्रख्यात छ | रातामाटे को सडक घुम्ती किनारमा सधैजसो चनाचटपट, पानीपुरी र पानीको व्यापार फस्टाउँदै गएको छ । बिहान ९ तिर बजे आफ्नो घरको काम सकेर आवश्यक तयारी गरी देऊमायाँ , दिलकुमारी र मनकुमारी तिन महिला हरु फेवा किनारमा चनाचट्‌पटे व्यापार गर्छन् । विगत चार बर्ष देखी उत्त स्थानमा देऊमायाँ चना चटपटे व्यापार गर्छिन् । पोखरा १८- सेदीबगरमा आफ्नो डेरा रहेको र परिवारमा ३ छोरी १ छोरा रहेको उनी बताउछिन ।… पुरा पढौ

सूचना समाज

छोटकरीमा भन्नुपर्दा सुचनाको सृजन, वितरण, उपयोग, एकिकरण वा यो सम्वन्धी कामहरु जुन समाजमा आर्थिक, राजनैतिक र साँस्कृतिक कृयाकलाप वन्छ त्यो समाजलाइ सुचना समाज भनिन्छ ।सुचना समाज को व्याख्या विभिन्न समयमा विभिन्न समाज वैज्ञानिक हरुले आ–आफ्नै हिसावले गरीरहेका छन । विस्वमा सन १९६२ मा यसको आहट सुनिएको थियो । डेनियल वेलको पोस्ट इन्डस्ट्रिएल सोसाईटी सम्वन्धी लेखनमा सुचना समाज सम्वन्धी देखिएको झल्को नै पहिलो झल्कोको रुपमा आज विस्वले मान्यता पाएको छ । तर ९० को दशक पछि मात्र सुचना समाज विस्वव्यापी रुपमा… पुरा पढौ

३५०० घुस लिंदा वडा सचिब अख्तियार को फन्दामा

जिल्ला बारा, कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहले बेलहवा निबासी कृष्ण चौधरी को जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडासचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ । जम्मा ११ वडा रहेको उक्त नगरपालिकामा मेयर भरत बहादुर… पुरा पढौ

राष्ट्रिय सूचना आयोग

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको… पुरा पढौ

बतास को पक्षमा ब्यबसायी

२०७८।०९।२८ प्रेस विज्ञप्तिपोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठान होटल आनन्दका संचालक श्री आनन्दराज बतास तथा बतास ब्रदर्ससँग जोडिएर पछिल्लो समय विभिन्न संचारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय हो । सरकारले टेण्डर आह्वान नगरेको भए,सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ । संस्थागत मुद्दती… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

नेप्से परिसूचक ६० अङ्कले बढ्याे

आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ । आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको… पुरा पढौ