अर्थतन्त्र

निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिनेछुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने बताउनुभएको छ ।सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताउनुभयो ।‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ’– उहाँले भन्नुभयो– ‘बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका… पुरा पढौ

निसानको नयाँ एक्स–ट्रेल ‘ई–पावर’ सार्बजनिक

निसानको नयाँ एक्स-ट्रेल नेपाली बजारमा सार्वजनिक भएको छ।  शुक्रबार थापथलीस्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी कम्पनीले चर्चित ७ सिटर एसयूभी एक्स–ट्रेलको चौथो जेनेरेशन सार्बजनिक गरेको हो । कम्पनीका अनुसार नेपालमा एक्स ट्रेलको सुरुवाती मूल्य करोड ८७ लाख रुपैयाँ तोकिएको छ। कम्पनीले गाडीमा उन्नत प्रविधि र आधुनिक डिजाइन भएको दावी गरेको छ। दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा फोर्थ जेनेरेसन एक्स-ट्रेल सार्वजनिक गरेको हो। सन् २००१ मा एक्स- ट्रेलको उत्पादन सुरु भएको हो। विश्वभर ७० लाख युनिटभन्दा बढी एक्स- ट्रेल गाडीहरू… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

२९ मंसिर, काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ । हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार… पुरा पढौ

बिमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ ।’ अहिले बिमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भन्नुभयो, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने… पुरा पढौ

नेपालमा बेलाको २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अब्दुल बासिदले बेलाको नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । कतार र बेलायतमा स्थापित बनिसकेको ब्राण्ड बेलाले नेपालमा पनि आक्रामक बजार विस्तारको योजना बनाइरहेको समयमा जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमको उद्घाटन गरिएको हो । यो काठमाडौँपछिको दोस्रो स्वरुम भएको बताइएको छ ।सोरुमको उद्घाटन कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री… पुरा पढौ

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल, प्रतिवेदन एक महिनाभित्रै बुझाउन निर्देशन

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ । कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात… पुरा पढौ

देउराली सहकारीका अध्यक्ष चौलागाईं बचतकर्ता ठगेर चढ्थे साढे २ करोडको ‘फर्चुनर’

२० हजार निक्षेपकर्तालाई ठगी गरेको मुद्दामा हिरासतमा रहेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको टोयोटा फर्चुनर गाडी पनि प्रहरीले बरामद गरेको छ। निक्षेपकर्ताबाट ठगी गरेकै पैसाबाट उनले साढे दुई करोडको उक्त गाडी खरिद गरेर चढ्ने गरेका थिए । उनले प्रयोग गर्दै आएको गाडी विगतमा मिटरब्याजको आरोपमा पक्राउ परेका गणेश उप्रेतीसँग साढे दुई करोड रुपैयाँमा खरिद गरेको अनुसन्धानमा खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को थुनामा रहेका चौलागाईंले सहकारीको पैसा हिनामिना गरी जोडेको व्यक्तिगत सम्पत्तिमाथि पनि प्रहरीले रोक्का राखी अनुसन्धान गरिरहेको छ । उनले विभिन्न… पुरा पढौ

राजमार्गका पसलमा व्यापारीहरुको ब्रम्हलुट

शंकर श्रेष्ठ एक पाकेट लेज (जङ्क फुड) किन्दा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मेघनाथ गौतम आफैं नमज्जाले ठगिए । धादिङको धुनीवेशी नगरपालिका–६ को खाना खजाना होटलद्वारा सञ्चालित कोल्ड स्टोरले ७५ रुपैयाँको लेजलाई एक १२० लियो । १०५ रुपैयाँको बदाम जुसलाई १५० रुपैयाँ लिएको पाइयो । बजार अनुगमनको क्रममा ग्राहक बनेर सामान किन्दा आफुमाथी भएको व्यवहार सुनाउँदै गौतम भन्छन्, ‘राजमार्ग क्षेत्रका खुद्रा पसलेहरुको नियत ग्राहकलाई खाए खा, नखाए घिच भनेजस्तै देखियो, देख्दा थोरै रकम भएपनि व्यापारीले कालोबजारी नै चलाएको… पुरा पढौ

कराेडाैं मूल्यको काठ षडेर नष्ट सरोकारवाला निकाय उदासिन

 हिमाली जिल्ला मुगुमा २०७६ सालमा सडक निर्माणको क्रममा काटिएका काठको सदुपयोग नहुदाँ सडेर कुहिने अवस्थामा पुगेका छन् । ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा छाँयानाथ रारा नगरपालिका १४ वाम चंखेलीमा रहेको चंखेली सामुदायिक बन क्षेत्रमा सडक निर्माण गर्दा काटिएका २५ सय क्युफिटका काठ कुहिने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । सडक निर्माण गर्दा ढालिएका ७ सय क्युफिटका सल्लाको काठ र १८ सय क्युफिटका बाज, धुसीलगायत अन्य प्रजातिका काठ विभिन्न स्थानमा वेवारिसे अवस्थामा राखिएपछि कुहिने अवस्थामा… पुरा पढौ

गाँजासहित पक्राउ परेका कांग्रेस अध्यक्षलाई ३ वर्ष जेल सजाय

उच्च अदालत बाग्लुङले गाँजा भण्डारण गर्ने गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उनलाई साढे ३ वर्ष जेल सजाय तोकेको उच्च अदालत बागलुङका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए । ‘जिल्लाले गरेको फैसला नै उच्चले सदर गरेको हो,’ उनले भने । ९ महिना अघि जिल्ला अदालत बागलुङले… पुरा पढौ