सचिबको खातामा चार महिनामा आयो पचासी लाख
मासिक ७२ हजार हाराहारी तलब थाप्ने सचिव टेकनारायण पाण्डेको खातामा चार महिनामै ८५ लाख रुपैयाँ बैंक ब्यालेन्स कसरी थपियो ? यसरी नक्कली भुटानी प्रकरणमा संलग्न सचिव पाण्डेसहितका प्रतिवादीको बैंकिङ कारोबारसम्बन्धी विवरण अध्ययन गर्दा पैसाको डरलाग्दो जालो फेला परेको छ । पाण्डेले सञ्चयकोषका लागि खोलेका एभरेष्ट र हिमालयन बैंकका दुई खातामा ०७८ मंसिर २ गतेदेखि ०७९ वैशाख २३ सम्मको अवधिमा ८४ लाख ९४ हजार ९८ रुपैयाँ १३ पैसा जम्मा भएको छ । उक्त रकम उनका पिएसओ धर्मराज शाहीले जम्मा गरिदिएका हुन् । …
पुरा पढौ
अस्थिरताको भुमरीमा राजस्व अनुसन्धान विभाग : डीजी ताक्दै दुई जना सहसचिव
चालू आर्थिक वर्षमा राजस्व चुहावट र छलीका घटना बढ्दा लक्ष्यको ७० प्रतिशत पनि सरकारी राजस्व नउठ्ने अनुमान भइरहेको छ । भन्सार महसुल, भ्याट, आयकर र अन्तःशुल्क राजस्व नै चालू आर्थिक वर्षमा निकै कम उठेको पाइएको छ । २०७९ माघ महिनासम्म भन्सार नाकाबाट दैनिक ७० करोड भन्सार महसुल उठदै आएको थियो । अघिल्लो आर्थिक वर्षहरूमा भने दैनिक १ अर्ब ७० करोड भन्दा बढी राजस्व उठ्ने गरेको जानकार स्रोत बताउँछ । तर भन्सारका कर्मचारीले व्यापारीहरूसँग साँठगाँठ गरी आयातित बस्तुको कम मूल्यांकन गरेर…
पुरा पढौ
खामबन्दि कै कारण सर्वसाधरणको ५० अर्ब डुब्ने खतरा, दर्जनौं सहकारी सीआइबीको छानबिनमा
जब राज्यसंयन्त्र भ्रष्टाचारमा डुब्छ तब त्यसबाट जनता कसरी प्रताडित बन्छन् भन्ने कुरा अहिले देशको सहकारी क्षेत्रको अवस्थाबाट थाहा हुन्छ । सहकारीबाट अहिले एकैपटक लाखौं जनता पीडित भएका छन् । नियमन गर्ने सरकारको संयन्त्र निकम्मा र भ्रष्ट हुँदा यसरी सहकारी क्षेत्रमा संकट देखिएको हो । देशभरीका सहकारीमा पाँच लाख भन्दा धेरै सर्वसाधरणको ५० अर्ब रुपैयाँ भन्दा धेरै फसेको छ । आकर्षक ब्याजको प्रलोभनमा सर्वसाधरणबाट पैसा संकलन गर्ने र सहकारीका सञ्चालकले त्यो पैसा आफ्नो व्यक्तिगत व्यापारमा लगाउँदै आएका थिए । व्यापारमा पनि…
पुरा पढौ
७८ लाखकाे सामानको विलविजक नभएपछि ट्रक नियन्त्रणमा
मिति २०८०/०२/२३ गते अं.२३:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-२१ स्थित ई.प्र.का. अम्लेखजंगको अगाडि प्र.ब.ना.नि.को कमान्डमा खटिएको ४ जनाको चेकिङ टोलीले विशेष सूचनाको आधारमा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख २७१९ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा विलविजक भन्दा बढीको भन्सार छलीकाे सामानहरू बरामद गरिएकाे छ । सटेस्नरी, टायर, ईलेक्ट्रिक लगायत विभिन्न किरानाका खुद्रा सामानहरु विलविजक भन्दा बढीको बोकेकोले अं. मूल्य रू. ९,२४,०००/- (नौ लाख चौबिस हजार) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंज बारामा ल्याई राखेको खबर छ ।…
पुरा पढौ
३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर
स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एक/एक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले विहीबार स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । ३० असार २०७६ मा अख्तियारले…
पुरा पढौ
भन्सार प्रमुख नियुक्तिमा बोलकबोल
देशमा राजश्व असुली यसरी घटेको छ कि कर्मचारीलाई तलब खुवाउन समस्या भइसक्यो । तर, राजश्व उठाउने सरकारी कार्यालयहरुमा अलिकति पनि सुधार हुन सकेको छैन, बेथिति र सेटिङ उस्तै छ । यसको उदारण भन्सार विभाग बनेको छ । विभाग दुई सातादेखि नेतृत्वविहिन छ । विभागमा महानिर्देशक रहेका चक्रबहादुर बुढालाई दुई साताअघि नै पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । तर, अहिलेसम्म नयाँ महानिर्देशक पठाउन सकिएको छैन । नयाँ महानिर्देशक नियुक्तिमा बोलकबोल चलिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । सहसचिवहरु शोभाकान्त पौडेल, राजेश्वर ज्ञवालीदेखि…
पुरा पढौ
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५…
पुरा पढौ
निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना बिरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
जुम्ला जिल्ला, तिला गाउँपालिकाका नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलि कार्य सम्पादन मूल्याङ्कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेकाले आवश्यक छानविन गरी कारवाही गरी पाऊँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जुम्ला जिल्ला, तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय, सव-इन्जिनियर प्रेम बहादुर बस्नेतले आ.व. २०७५/०७६ को तिला गाउपालिका वडा नं. १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत…
पुरा पढौ
बिल बीजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा
बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मिति २०८०।०२।०९ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट BR05GC 3017 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा बिल बीजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र सो विल बिजक संकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । अन्दाजी मूल्य रू १७,३९,४४८।- (सत्र लाख उन्नचालीस हजार चार सय अठ्चालीस ) बराबरको खुद्रा तथा विभिन्न…
पुरा पढौ
सिन्धुलीको मरिण गाउँपालिकाद्वारा एक सय ६० छात्रालाई साइकल वितरण
सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ । “साइकल…
पुरा पढौ