विषालु च्याउ खाँदा ११ जना अस्पतालमा भर्ना
डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको…
पुरा पढौ
७५३ वटै पालिकामा उपभोक्ता अदालत स्थापनाको माग
उपभोक्ता अधिकारकर्मी तथा पूर्वप्रशासकहरुले उपभोक्तालाई न्याय दिन ७ सय ५३ वटै पालिकामा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग गरेका छन् । उपभोक्ता जागरण अभियान नेपालले काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट र उपभोक्ताका सवाल विषयक विचार गोष्ठीमा उनीहरुले उपभोक्ता संस्थाहरुलाई कार्यक्रम र बजेट दिएर इमानदार र सक्षम बनाउने, उत्पादक, उपभोक्ता, र सरकारको प्रत्यक्ष सम्पर्कको सञ्जाल बनाएर उत्पादन र बजार सुनिश्चित गर्न माग गरेका हुन् । त्यस्तै पालिकाहरुलाई स्वच्छ बजार निर्माणमा बलियो भूमिका दिएर संघका निकायलाई बढी नीति निर्माणमा केन्द्रित…
पुरा पढौ
गाउँमा निशुल्क आँखा स्वास्थ शिविर हुदा स्थानिय खुसी
ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् । नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् । साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर शल्यक्रिया गरिएकोनेत्रधाम आई केयर सेन्टरको प्रबन्द निर्देशक डा. संयम बजिमयले जानकारी दिए । उनका अनुसार डा. प्रणव श्रेष्ठको संलग्नतामा ८ जनाको मेडिकल टिमले उक्त स्वास्थ शिविरमा सेवा सञ्चालन…
पुरा पढौ
गाउँमा स्वास्थ्य संस्था खुले पछी स्थानीयलाई केहि राहत
‘केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ’, निसीखोला गाउँपालिका-५का कमला विकले भने। विकका चार छोराछोरी छन्। उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो। तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उनीलगायतका स्थानीय खुसी छन्। निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो। निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ…
पुरा पढौ
आर्याको औषधी गुणस्तरहीन, बिक्रीवितरणमा रोक
नेपाली औषधी उत्पादक कम्पनी बाराको आर्या फर्माल्याब प्राइभेट लिमिटेडले उत्पादन गरेको औषधी गुणस्तरहीन फेला परेको छ । औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा उक्त कम्पनीले उत्पादन गरेको अर्मेट्रो सस्पेन्सन (मेट्रोनिडाजोल बेन्जोयट ओरल सस्पेन्सन आईपी) नामक औषधी न्यून गुणस्तर रहेको भेटिएको हो । ‘बजारिकृत औषधीहरुको गुणस्तर परीक्षण कार्यक्रम’ अन्तर्गत औषधीहरुको नमुना संकलन गरी राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्ने क्रममा उक्त औषधी मापदण्डविपरीत उत्पादन गरिएको भेटिएको विभागले जनाएको छ । औषधीमा मानव स्वास्थ्य प्रतिकूल तत्व भेटिएपछि विभागले तत्काल ती औषधी प्रयोगमा रोक…
पुरा पढौ
बिल मिलाई दुई करोड त्रिसठ्ठी लाख भन्दा बढी ठगी गर्ने ३ जना पूर्व कर्मचारी पक्राउ !
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको Sukraa नामको HMIS Software को दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क अस्पतालकाे Software मा Entry गरी/देखाई रु.२,६३,५५,००१/- (दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया) लिई खाई ठगी गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ । प्रहरी परिसर ललितपुरका अनुसार, अस्पताललाई घाटा पुर्याएको भन्ने नेपाल मेडिसिटी अस्पतालको तर्फवाट उजुरी पर्न आएकोले अनुसन्धानको क्रममा…
पुरा पढौ
स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेतको सेटिङ ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भाउजू डा. आरजु राणालाई खुशी तुल्याएर मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न सफल भएका थिए । पार्टी उनी भन्दा अनुभवी र खारिएका नेताहरु नभएर उनी पुनः मन्त्री बनेका पनि होइनन् । स्वास्थ्य मन्त्री हुने बित्तिकै उनले भाउजु आरजुको निर्देशनमा स्वास्थ्यको अरबांै अर्ब मूल्यका सामान, उपकरण र औषधि खरिद हुने निकायमा आफू अनुकूलका कर्मचारी सरूवा गरी माथि देखि तलसम्म सेटिङ मिलाउन थालेको स्वास्थ्यकै कर्मचारीहरु बताउछन् । मन्त्रालय सञ्चालनमा पनि मन्त्री बस्नेतले डन प्रवृत्ति देखाउदै…
पुरा पढौ
बालेन शाहद्वारा ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतसमक्ष अनुरोध गर्नुभएको छ । कानुनअनुसार विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने छुट नदिएको भन्दै ६८ स्वास्थ्य संस्थालाई कारबाहीका लागि उहाँले आग्रह गर्नुभएको हो । महानगर प्रमुख शाहले आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै सात दिनभित्र कारबाही नगरिए स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी दिनुभएको छ । महानगरले यही जेठ ६ गते एक…
पुरा पढौ
विपन्न, असहाय र बेवारिसे बिरामीको सित्तैं उपचार गर्न अस्पतालहरुलाई निर्देशन
सरकारले बिरामीको उपचारमा आरक्षण कोटा कार्यान्वयन गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले उपचारको निम्ति अस्पताललगायत स्वास्थ्य संस्थामा पुग्ने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत कोटा छुट्याउन र उनीहरुलाई निःशुल्क उपचार गराउन पुनः निर्देशन दिएको बताइएको छ । उक्त निर्देशन सबै सरकारी, निजी र सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा लागु हुनेछ । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा पुग्ने विपन्न, असहाय, वेवारिसे बिरामीको निम्ति कुल शैयाको १०…
पुरा पढौ
कागेश्वरी मनोहरामा मृत्युपश्चात ४२ जनाको अङ्गदान घोषणा
कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात अङ्गदान घोषणा गरेका छन् । थलीमा भएको कार्यक्रममा मृत्युपश्चात पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएपछि ४२ जनाले मृत्यु पश्चात अङ्ग र २३ जनाले आँखा दान दिने भएका हुन् । नगरपालिकाको व्यवस्थापन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा ‘स्वस्थ जीवन रक्तदान, मृत्यु पश्चात अङ्गदान घोषणा’ कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता…
पुरा पढौ