स्वास्थ्य

महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।  बुधबार ३८ औं महानगर दिवसको उपलक्ष्यमा महानगर र नेपाली सेनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको महानगरपालिकाले जनाएको छ।  शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोगको उपचार गरिने छ।  यस्तै, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको उपचार गरिने महानगरले बताएको छ।  महानगरका अनुसार शिविरमा निःशुल्क औषधि वितरण समेत हुने र उक्त सेवा मंसिर… पुरा पढौ

स्वीकृत नै नपाएको बिषयमा सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहरु सञ्चालनका लागि भर्नाको सूचना जारी

चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल… पुरा पढौ

महको शुद्धता परिक्षण, साथै मह सेवन गर्दा हुने लाभ

मह जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी पनि । खासमा औषधिय गुणले भरिपूर्ण हुन्छ मह । त्यसैले त मान्छेले निर्धक्क मह खान्छन् । चाहे पाउरोटीमा दलेर होस् वा कागती पानीमा घोलेर । तर, बजारमा उपलब्ध सबैजसो मह शुद्ध हुँदैनन् । कतिपय मह त कृतिम ढंगले तयार गरिदो रहेछ, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भयो । अर्थात मिसावटयुक्त मात्र होइन, पुरै कृत्रिम रसायनको मिश्रणबाट पनि मह बन्ने गरेका छन् । यस्तोमा शुद्ध मह चिन्न केही कुरामा ध्यान दिनुपर्छ । महको रंग,… पुरा पढौ

के डेंगु सर्छ ?

प्रत्येक डेंगु सङ्क्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु – घरमा अरू सङ्क्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा‘साब ?’  दुई वर्ष भन्दा बढी हामी कोभिडको समस्यासँग जुध्दै आइपुग्दा ‘कोभिड ह्यङ’ अझै गइसकेको छैन । अझै पनि धेरै नेपाली डेंगु भाइरस कोभिड जस्तै नजिकै बस्दा सर्छ कि भन्ने प्रभाव परेको देखिन्छ । एक महिलाले लेखकलाई आफूलाई एक आफन्तले भेटेको र त्यसको भोलिपल्ट आफूलाई अचानक ज्वरो आएको र पछि बुझ्दा सो आफन्त ज्वरो आएर… पुरा पढौ

वाणिज्य संघका अध्यक्ष बस्नेतद्वारा धम्की : ‘म कुन परिवारको हो, तँलाई देखाईदिन्छु’ !!!

- October 18, 2022 गते तीव्रखबरमा प्रकाशित समाचार हो यो चीनबाट ल्याएका गुणस्तहिन सामानलाई जर्मनी उत्पादनभन्दै बेच्दै क्षमादेवी काठमाडौं । चीनबाट चोरीपैठारी गरि नेपाल भित्राएको गुणस्तहिन सामानको बिक्री गर्दै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका होमबहादुर बस्नेतको कालोधन्दाको थप विवरण आउनेक्रममा तीव्रता पाएको छ । राजनीतिक शक्तीकेन्द्र र नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतको संरक्षणमा रहेका होमबहादुर उर्फ राजकुमार बस्नेतले चीनबाट सामान आयात गरेर जर्मनी उत्पादन भन्दै भ्रामक प्रचार गरेर अत्याधिक मंहगोमा बिक्री गरेको आरोप उनीमाथी… पुरा पढौ

जुम्ल्याहा बच्चाका पिता फरक फरक देखायो डी एन ए टेस्ट ले

मानिसको शरीरका विषयमा चिकित्सा विज्ञानको क्षेत्रमा निकै धेरै खोज अनुसन्धान भएको छ र धेरै हदसम्म यसमा सफलता पनि मिलेको छ । तर यी सबैका बाबजुद कहिलेकाहीँ यस्ता परिघटना हुन्छन् जसका अगाडि चिकित्सा विज्ञान पनि फेल खान्छ । एउटा यस्तै घटना हालै सार्वजनिक भएको छ । जस अनुसार एकजना महिलाले जुम्ल्याहा बच्चा जन्माइन् तर ती जुम्ल्याहाका वास्तविक पिता दुई फरक फरक पुरुष रहेको कुरा पुष्टि भएको छ । यो घटना पोर्चुगलको हो । त्यहाँकी एक १९ वर्षीया युवतीले जुम्ल्याहा बच्चा जन्माएकी… पुरा पढौ

पोखरामा थपियो नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’

नेपालको सुन्दर नगरी पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा तथा आसपासका जनता तथा पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा ल्याइएको हो । पर्यटकका लागि पार्क आजबाट खुल्ला भएको छ । ग्राण्ड ओपनिङ असोजमा गर्ने गरी पार्क अनौपचारिक रुपमा सञ्चालनमा आएको मार्केटिङ डाइरेक्टर हिरा केसीले जानकारी दिए । अत्याधुनिक प्रविधिसहित पोखरामा पानीजन्य तथा अन्य मनोरञ्जनात्मक खेल गतिविधिलाई समावेश गरेर पार्क सञ्चालनमा ल्याइएको हो । जहाँ २ दर्जन प्रकारका आकर्षक खेल गतिविधिहरु समावेश भएका छन्… पुरा पढौ

बाल यौन दुर्व्यवहार सम्बन्धि सचेतना भिडियो

https://www.youtube.com/watch?v=xvPtIC0D-xk नेपाल प्रहरीले तयार पारेको सचेतना मुलक भिडियो पुरा पढौ

१० रूपैयाँमा एक जार पानी पाइने ‘पँधेरो’

काठमाडौंको सिनामंगलस्थित गैरीगाँउ-९ मा १० रूपैयाँको एक जार पानी पाइने आधुनिक पँधेरो बनाइएको छ।  बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको पहलमा डिभिजन-५ खानेपानी कार्यलय र शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयोजनमा यो योजना सम्पन्न भएको हो।  महंगो जारको पानीको लागि यो उत्तम विकल्प रहेको समितिका अध्यक्ष विकास गौतमले बताए। ‘पानी पँधेरोको मुख्य उद्देश्य सस्तोमा शुद्ध खानेपानी उपलब्ध गराउनु हो’, समितिका अध्यक्ष गौतमले भने, ‘प्रत्येक दिन बिहान र बेलुकी दुई घण्टा पानी वितरण गर्छौं।’ लुसेन्ट ड्रप नेपालले परीक्षण गर्दा पानी पिउन योग्य… पुरा पढौ

जसपाका उपमेयरद्वारा महिलालाई जबर्जस्ती करणी

सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए। उनले जागिर लगाइदिने बहानामा करिब एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर २१ वर्षीया सोही नगरपालिकाकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको हो। ती महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएको प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए। उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबर्जस्ती करणीको प्रयास गरेको… पुरा पढौ