स्वास्थ्य

जाजरकोटमा रक्सी प्रतिबन्ध

जाजरकोटको कुशे गाउँपालिकाले मदिरा उत्पादन, बिक्री तथा प्रयोगमा निषेध गरेको छ । गाउँसभाले अस्तिदेखि मदिरा निषेधित गाउँपालिकाको निर्णय गरेको हो । सो निर्णय कार्यान्वयनका लागि पालिकाले मदिरा आयात र उत्पादनमा रोक लगाएको छ । बाहिरबाट मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् । ‘मिति २०७९ श्रावण १ गतेदेखि मदिरा आयात र घरेलु उत्पादन तथा बिक्री वितरण नगर्न, नगरी दिनुहुन मदिरा उद्यमी, व्यवसायीलगायत सरोकारवाला सबैको जानकारीको लागि… पुरा पढौ

होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान

पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयाेग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय संस्था, होटल, रेष्टुरेण्टलगायत संस्थाका व्यवसायिक, गैरव्यवसायिक र पेशागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाई र स्यानिटरी सामग्रीमा महानगरले सहयाेग… पुरा पढौ

जारको पानीमा मनपरी : ‘गुड डे’ पानीले लिन सक्छ ज्यान,

काठमाडौं उपत्यकामा खानेपानी अभावको मौका छोपी विभिन्न ब्राण्डको जार र मिनिरल वाटरको कारोबार हुदै आएको छ । यसरी कारोबार गर्ने अधिकाशं कम्पनीबाट उत्पादन भएका गुणस्तहिन पानी उत्पादन तथा वितरण गर्दै आएको एक कम्पनीको मिनिरल वाटरको सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको छ । पिउने पानीको अत्याधिक मागको फाईदा उठाउदै अखाद्य बस्तु समेत बोटलभित्र परे पनि सफाई नै नगरि पानी भरेर बजार पठाउदै आएको ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरल वाटर बोटलमा अखाद्य बस्तु भेटिएको हो । सो कम्पनीबाट… पुरा पढौ

कोरोना भाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट कति घातक?

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, "असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बीए फाइभ भेटिएको हो। यो नयाँ भेरिअन्ट होइन, ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो।" बीए फोर र बीए फाइभ भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ। ओमिक्रोन भेरिअन्टको नयाँ उपप्रजातिबाट सङ्क्रमण पुष्टि भएकै साता नेपालमा ३४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा… पुरा पढौ

सूचना नदिने राजपुर नगरपालिकाको कार्यकारी लाइ १० हजार जरिवाना

सूचना नदिने कर्मचारीलाइ आयोग ले धमाधम कारबाही गरेको छ केहि दिन अगाडी धरान का कार्यकारीलाई कारबाही गरेको सूचना आयोगले अहिले राजपुर नगरपालिका का कार्यकारी लाइ १० हजार जरिवाना गरेको छ यो सम्बन्धमा कार्यकारी बैंजु ठाकुर लाइ ९८५५०४४०२४ मा सम्पर्क गर्दा उहाले आफुले सूचना दिन निबेदकलाई पटक पटक सम्पर्क गरेको तर निवेदकले चासो नदिएको हो यसकारण सूचना आयोगले आफु माथि गरेको कारबाहीमा चित्त नबुझेको जानकारी सहित उक्त कुरा आयोग समक्ष लगिदिनुहुन अनुरोध समेत गर्नुभयो l आयोगले गरेको निर्णय र जरिवाना को… पुरा पढौ

पानि कम्पनीको अबैध धन्दा

पोखरा सहर र राजधानी लगायत देशभर पिउने पानीको अभावको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वस्थकर खानेपानी बिक्री वितरण भइरहेको पाईएको छ । विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्कली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्दै आएको भनि उजुरी समेत परेसंगै अबैधधन्दा को रहस्य बाहिर आएको छ । काठमाडौँको एउटा पानी उत्पादन गर्ने उद्योगले अर्कैको ब्राण्डको नाममा बजारमा पानी उपलब्ध गराउँदै आएपछि सो अबैधधन्दा गर्नेमाथी कारबाहीको माग राख्दै… पुरा पढौ

यी लक्षण देखिए बेलैमा हुनुहोस् होसियार ! नत्र बढ्दै जानेछ मुटुरोग र कोलोस्टोरको समस्या

शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ। जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवरोध पैदा हुन्छ। यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ। के हो कोलोस्टोर रुकोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो। स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ। यद्यपी यसको रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ। यसले मुटुमा समस्या ल्याउँछ। चिकित्सकको अनुसार कुनैपनि उमेरको पुरुष महिलामा कोलोस्टोरको मात्रा २ सय एमजी-डिएल भन्दा कम हुनुपर्छ।कोलोस्टोर किन आवश्यक छ रुकोलोस्टोरले शरीरको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्बाह गर्छ।… पुरा पढौ

के हो हड्डी र मांसपेशी दुख्ने रोग फाइब्रोमायाल्जिया? कसरी पहिचान गर्ने?

के हो फाइब्रोमायाल्जिया?हड्डी र मांसपेशीको तथा शरीरका नरम तन्तुहरुको दुखाई र ती तन्तुहरुको कडापन हुने वा थकित हुने खालका लक्षणसहितको दीर्घ दुखाई नै फाईब्रोमायाल्जिया हो। यस रोगको दुखाई मुख्यतः घाँटी, कम्मरमुनिको भाग तथा हातहरुमा हुन्छ, तर शरीरका अन्य भागमा पनि दुखाईलगायतका अन्य लक्षण हुने सम्भावना पनि रहन्छ। यस रोगका केही बिरामीहरु टाउकोको दुखाई, अनुहारको मांसपेशी तथा जोर्नीहरुको दुखाई  लिएर अस्पताल पुग्ने  गरेका छन्। किन हन्छ त यस्तो?हुन त धेरै अनुसन्धानहरुले फाइब्रोमायाल्जिया हुने ठोस कुरा त पत्ता लगाएका छैनन्, तर पनि मानसिक… पुरा पढौ

बालबालिकाको खाना खाने बानी र अभिभावकको भूमिका

खाना मानव जीवनसँग प्रत्यक्ष सम्बधित छ । खाना खानु जीवनको महत्वपूर्ण क्रिया भएतापनि खानामा हुने रुचि र शरीरको आवश्यक्ताको समन्वय हुनु अत्यावश्यक छ ।आजभोली बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकहरूको लागि चूनौती बनेको छ । विशेषतः पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोवाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ । बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले निम्नानुसारको… पुरा पढौ

नवजात शिशुको आवश्यकताहरू के हुन् ?

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ ।नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र/अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा  प्रसुति गराउनु पर्दछ । नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ ।जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुनेगरी लुगाले बेर्नु पर्दछ ।जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दूध खुवाउनु पर्दछ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध… पुरा पढौ