सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा
सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च…
पुरा पढौ
जीवनी लेख्ने तरिका
जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ । जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित…
पुरा पढौ
सफलता प्राप्त गर्न त्याग्नुपर्ने ५ बानी
१.असफलता देखी डराउने सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने । त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ । २. प्राथमिकताकाे क्रम हामीले जीवनमा ठूलो गल्ती यहीँनेर गर्छौं । आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ । दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी…
पुरा पढौ
कल्पनाशक्ति : सफलताको द्वार
कल्पनाशक्ति सफलताको एक महत्त्वपूर्ण पक्ष हो । उच्च कल्पना शक्ति भए शिक्षा र अरू साधन केही नभए पनि सफलता पाउन सकिन्छ । याद राख्नुस्– राइट ब्रदर्सले उच्चशिक्षा हासिल गरेका थिएनन् तर उच्च कल्पना शक्ति प्रयोग गरी हवाइजहाज बनाउन सफल भएका थिए । यो कल्पनाशक्ति तपार्इं–हामीमा रहेसम्म शिक्षा होस्, नहोस्, धन पनि होस्, नहोस् तैपनि चाहेको कुरा प्राप्त गर्न सकिने कुरा सिद्ध भएको छ । कल्पनाशक्तिलाई अझै राम्ररी बुझ्न हाम्रो मनलाई कम्प्युटरको मोनिटरसित दाँजेर हेर्न सकिन्छ । मोनिटरमा देखापरेका चित्रलाई मात्र…
पुरा पढौ
आनीबानीबाट शुरू हुन्छ सफलता
जब जीवनमा चुनौतीका चाङ हुन्छन् र त्यससँग जुध्ने क्षमतामा कमी आउँछ, तब लक्ष्यलाई निरन्तरता दिने उत्साहमा पनि शिथिलता आउँछ । त्यसैगरी, काममा चुनौती न्यून छन् र आफूमा शीप तथा क्षमता धेरै छन् भने पनि त्यस्तो काम पट्यारलाग्दो भइदिन्छ । यी दुवै अवस्थामा कामले निरन्तरता पाउन सक्दैन, न त त्यसबाट कुनै उच्चतम सफलता नै प्राप्त हुन्छ । त्यसैले, व्यवसाय वा करीअरमा उच्चतम सफलता हासिल गर्न तपाईंले रोजेको पेशा वा व्यवसायमा रहेको चुनौती र तपाईंको शीप तथा क्षमताबीच समुचित तालमेल अत्यावश्यक हुन…
पुरा पढौ
पिसिआर रिपोर्ट नेगेटिभ बनाउने पक्राउ
विदेश जाने भन्दै नक्कली पिसिआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । महाशाखाका अनुसार उनीहरूलाई भक्तपुरको मध्यपुर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौँको तीनकुने स्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जिल्ला धनुषा बिदेह नगरपालिका घर भई हाल ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोसन कुमार छिट्टान , धनुषा छिरेश्वर घर भई हाल गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव , काभ्रेपलान्चोक तेमाल घर…
पुरा पढौ
खाेपमा भ्रस्टाचार गर्नेलाइ कारवाही
जिल्ला महोत्तरी, महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहले नि:शुल्क रुपमा कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिनु पर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन रु.२०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा महोत्तरी…
पुरा पढौ
राम्रो निद्रा लाग्दैन भने शरीरको यो भाग थिच्नुस्
अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे । यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुुहन्छ । ADVERTISMENT आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब…
पुरा पढौ
शरीर सम्बन्धी १६ रोचक तथ्य थाहा पाइराख्नुस्
हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन । काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ । गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ । संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ । देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ । दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ । कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न…
पुरा पढौ
राष्ट्रिय सूचना आयोग
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको…
पुरा पढौ