साहित्य

सूचनाकोहक कि सूचना अधिकारी सूचना अभियन्ता द्वारा बाल संस्कार प्रबर्द्धन गर्न जग्गा दान

हल्दिबारीमा बाल संस्कार केन्द्रका लागि सूचना अभियन्ता जग्गा इश्बरा तिबारी कडेल द्वारा जन कल्याण प्रतिष्ठान झापालाई जग्गा उपलव्ध भएको थियो यसरी जग्गा उपलब्ध गराएकोमा प्रतिष्ठानको सम्पन्न बैठकले जग्गा दातालाई धन्यबाद दिएको छ।प्रतिष्ठानका अध्यक्ष श्री शंकर भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठान अन्तर्गत एकल बिध्यालयको झापा ,इलाम र मोरंङ तीन जिल्ला समेटेर गरेको सप्ताहब्यापी कार्यक्रमको झापाको अर्जुनधारा-६स्थित बाल बिकास केन्द्रमा आगामी चैत्र २१ गतेदेखि आयोजना गरने निर्णय गरेको प्रतिष्ठानका सचिब श्री देबेन्द्रकिशोर ढुङगानाले बताउनु भयो ।बैठकमा प्रतिष्ठानका कोषाध्यक्ष श्री सत्येन्द्रकुमार कर्ण, सदस्य… पुरा पढौ

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए ।‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने… पुरा पढौ

एकातिर नारा र दिवस, अर्कोतिर महिला हिंसा

विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालमा रहेका महिलाको चरित्रहत्या गरेको आरोपमा गत फागुन ५ गते प्रहरीले एक युवकलाई पक्राउ गर्यो । महिलाको तस्बीर बिगारेर समाजिक सञ्जालमा हाल्ने र उनीहरुको चरित्र हत्या गरेको आरोपमा नेपाल फर्कने क्रममा रौतहटको देवाही गोनही नगरपालिका–५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव विमानस्थलबाटै समातिएका थिए ।  रोजगारीको सिलसिलामा मलेसिया पुगेका यादवले पीडित महिलासहित उनकी नाबालिका बहिनीसँगै भएको फोटो दुरुपयोग गरेका थिए । उनले पीडित परिवारलाई मानसिक तनाव, दुःख हैरानी दिने गरेको उजुरी परेपछि प्रहरीले यादवलाई नेपाल टेक्नेबितिक्कै समातेको… पुरा पढौ

प्रशंसाभन्दा आलोचनाले हामीलाई किन धेरै समयसम्म सताइरहन्छ

हामी बच्चा हुँदा हामीलाई भनिन्थ्यो- लट्ठी र ढुङ्गाले हड्डी भाँचिन सक्छ तर शब्दले भने कहिल्यै दुख्दैन। तर अनुभव बढ्दै जाँदा यो पुरानो लोकोक्ति सत्यताभन्दा धेरै टाढा छ भन्ने वयस्कहरूले बुझ्छन्- शरीरमा लागेको चोट त केही सातामा निको हुन्छ तर नकारात्मक टिप्पणीले भने जीवनभरका लागि पीडा छोडेर जान्छ। चाहे विद्यालयमा शिक्षकले गर्ने आलोचना होस् हो प्रेमी वा साथीले चर्को विवादका बेला गर्ने निर्मम टिप्पणी त्यसलाई हामी सकारात्मक टिप्पणीभन्दा धेरै लामो समय सम्झने गर्छौँ। त्यसलाई नेगेटिभिटी बायस अर्थात् नकारात्मक रूपमा राखिने पूर्वाग्रह… पुरा पढौ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण

सन्दीप कुमार साह/राम अधार प्रसाद यादव नेपालको संविधानमा भएको संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । संविधानतः स्थानीय तहलाई २२ वटा एकल अधिकार र १५ वटा साझा अधिकारहरू प्रदान गरेको छ । नेपालको संविधान, २०७२ ले स्थानीय सरकारलाई व्यवस्थापकीय, कार्यपालिका र न्यायपालिकाको अधिकार प्रदान गरेको छ । यी अभ्यासलाई संस्थागत र सञ्चालन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भई कार्यान्वयनमा रहेको छ । नेपालको शासन व्यवस्थामा… पुरा पढौ

हलधरको यात्रा कति सत्य कति भ्रम

अहिले नेपालमा हलधर को दुई कुरा चर्चा मा छन एक थरी ले जे भन्छन अर्को थरिले हल्ला हो भन्छन सामाजिक संजाल मा यस प्रकार छ । कतिकुरा त साभार गर्दा वा कपी पेस्ट गर्दा पनि आनन्द लाग्दोरहेछ । मोदी नेपालको लागि मैत्रीपूण मित्र भएको मान्न नसकिए पनि उस्कोजस्तो शासनशैली कसैको देख्दिन । मलाई लाग्छ, नेपालमा पनि मोदीजस्तै शासक भैदिए । मोदीले यसभन्दा पहिला पनि कोइलाको डँगुरमुनि लुकेका हिरा खोजेर पुरस्कृत र सम्मानित गरेका थिए ! तपाइँ पत्याउँनुहुन्न भने कृपया यो… पुरा पढौ

देशभक्ति कबिता

https://www.youtube.com/watch?v=elY-o-VkFIQ पुरा पढौ

एक फन्को सेलरोटी

  “ ए ! बुढा, त्यो स्कुलमा त छोरीले नाम निकाल्नै पर्छ है ?” मालपोत कार्यालयको खरिदार लोककल्याणलाई बिहान भात खाने बेलामा बुढीले सम्झाइन् । सम्झाइन के आदेश नै दिइन् ।     “ ल ल म हेरम्ला ।खै त याँ तरकारी हालेको ? ” खरिदार सापले तरकारी कराहीतिर नजर दिंदै जवाफ दिए ।      “ हत्तेरी मेरो सुद्धि पनि के भएको ?” खरदार्नी आफ्नै टाउकोमा धारे हात लगाउँदै भनिन् र डाडुले तरकारी खरदारको थालको एकछेउमा हालिदिइन् “ हेरेर मात्रै भएन । काम हुनु प-यो !” ऐले खरदार्नीको स्वर अलि तिखो भयो ।      “ मैले त प्रयास गरेकै छु । छोरीले फस्ट डिभिजन ल्याई भनेर क्यार्नी ? बोर्डिंग स्कुलको फस्ट डिभिजनको कामै रैनछ । तेत्रो पैसाखर्चेर पढा’को कामै भएन । सरकारी स्कुलका सेकेण्ड डिभिजनले नाम निकालेका ठाममा हाम्री छोरीले नाम निकाल्न सकिन ।” खरिदारसापले छोरीप्रति  गुनासो गरे । तर मनमनै अत्यन्तै चिन्तित भएका थिए ।” दुध पनि अलिकती हाल न ! आँफुलाई त एकगास दुधभात नखाएसम्म धितै पर्दैन!”      “ जे भएनि छोरीलाई पढाउँनै प-यो । जसरी भएनि साइन्स पढ्छु भन्छे । उस्को बिएस्सी नर्सिंग गरेर अष्ट्रेलिया जाने ठूलो धोको छ !” खरिदार्नीले कुँडेबाट एक डाडु दुध खरिदारले मुछ्न लागेको भागमा खन्याइ दिइन् ।      “ ल ल हेरम्ला । खाने बेलामा धेरै कचकच गर्नु हुन्न !” भन्दै खरिदार दुधसंग मुछेको भात सपासप भात खान थाले । खरिदार्नी सिंकमा भएका जुठा भाँडाहरू पखाल्न थालिन् ।                खरिदार साप भात खाइओरी लुगा फेरेर सरकारी नम्बर प्लेटको स्प्लेन्डर  मोटरसाइकलमा चढेर हिंडे । उनी अफिस पुग्नुभन्दा पहिला छोरीको भर्नाको निश्चितता नगरी भएको थिएन । छोरीलाई सानैदेखि पढाई राखेको, एसएलसीसम्म ट्युसन कोचिंग पनि पढाएको र उसैको सल्लाह अनुसारको इन्स्टिट्यूटमा ब्रिजकोर्स पढाएका हुनाले शिक्षक तेजनाथप्रति आशावादी थिए । तेसैले खरिदारसापले स्प्लेन्डर तेजनाथको घरतिर हुँइक्याए । घरबाट निस्कन लागेको तेजनाथलाई दैलोमैं भेटेर आफ्नो गुनासोको पोका फुकाए ।     “ लौ सर ! मेरी छोरी भनेकी हजुरकै छोरी हो । सानैदेखि हजुरकै काखमा हुर्किई । बोर्डिंग स्कुलबाट फर्स्ट डिभिजनमा पास भए पनि दुईदुई ठाम्मा नाम निकाल्न सकिन । अब यो  स्कुलमा त नाम जसरी पनि निकाल्दिनै प-यो ।”      “ अँ हो त नि गाँठे ! हत्तेरी…..! नाम निकालिन हगी ? यहाँ पनि एकदमै गाह्रो छ क्यारे ! तैपनि , हुन्छ ! म कोशिश त गर्छु । नानीलेइन्ट्रान्स परीक्षामा कस्तो गरेकी छे कुन्नी ! भर्ना समिति र सबै शिक्षक कर्मचारी भ’ ठाम्मा आँखा छलेर काम गर्न गाह्रो छ क्यारे !” सरले कपाल कन्याए ।      “ छोरीले त राम्रै गरेकी छु भन्थी ! तर मलाई तेति भरोसा त छैन । दुई दुई ठाम्मा फेल भैसकी ।….. एति काम गर्दिए मेरी छोरीको भलैहुन्छ । हजुरलाई परे म पनि ठाम्मा छु । जग्गासग्गा दर्ता, खरिदबिक्री गर्नुपर्दा म पनि हेरम्ला नि । आखिर पालाको पैंचो त हो नि !“ भन्दै खरिदार सापले पचास हजार रुपैयाँ सरको ज्याकेटको खल्तीमा हालिदिए । सरले पनि थाहा नपाए झैं गरे ।सरको पनि खरबारी पाखोदर्ता गर्ने काम मातपोत कार्यालयमा दशकौं देखि रोकिएको थियो । तेति गर्न नसक्दा उनी दिक्क भएका थिए । खरिदारको वचनले उनको मनमा भएको आशाको दीयोमा तेल थपे झैं भयो ।         त्यसपछी दुबै हाँसीखुशी बिदाबादी भए ।                   ************         यतिबेला शिक्षक तेजनाथ पनि अर्कै पीरलोले रन्थनिएका थिए । उनले हालसालै बनाएको घर नामजाँच गर्न आउँने नगरपालिकाको ओभरसियरले बाटोको केन्द्रबाट नाप्दा चार सेन्टीमीटर भित्र परेको भनेर निहुँ खोजिरहेको थियो । त्यस्ले गर्दा नगरपालिकाबाट सम्पन्न पत्रलिन सकेका थिएनन् । त्यतिबेला नै ओभरसियरको मुखमा एकाध हात्तीको बुझो लगाइदिएको भए तत्कालै समस्या समाधान भैहाल्थ्यो ।उनको अहँले भनौं वा पैसाको मायाले हो उनलाई रोक्यो । तर पछि इन्जिनियरलाई भेटे । हाकिमलाई भेटे । मेयर उपमेयरलाई समेत भेटेर अनेक उपाय लगाउँदा पनि काम बनेन । कामको तालाचाबी ओभरसियरको हातमा थियो । उस्ले सही नगरुन्जेल कागज अगाडि बढेन ।आज त उनी काम जसरी पनि फत्ते गर्छु भनी हानिएर नगरपालिका पुगे । ओभरसियर आइपुगेको रहेन्छ । नगरपालिका कार्यालयको बाहिर पट्टीको चौतारीमा बसेर कुर्न थाले । उनले नगरपालिकाको भवन हेरें । गतवर्ष रंगरोगन गरेको भए पनि रंग फुँग उडेको थियो ।वर्षाको पानीले लेउ पलाएर रुँदा रुँदा गाजल अनुहारभरी लत्पतिएको महिलाको अनुहारजस्तो देखिन्थ्यो । ठाउँ ठाउँमा प्लाष्टर उक्किएरभवन भग्नावस्थामा पुगेको थियो । ‘अर्काको घरको डिज़ाइन बनाउँने, मापदंड हेर्ने यहाँका प्राविधिकहरूले आफ्नै अफिस भवनलाई किनहेर्न नसकेका होलान् ? हुन त यी पढ्ने ईन्जिनियरिंग क्याम्पसको त त्यस्तो बिजोग छ !’ उस्को मनमा खेलिरहेका कुराहरूलाई अवरुद्ध गर्दै बाह्र बजेतिर बल्ल ओभरसियर आइपुग्यो ।       “ नमस्ते ओभरसियर साब ! “ तेजनाथले तेजहीन स्वरमा विनीत भावले अभिवादन टक्र्याए ।      “ तपैंको घरले चार सेन्टीमीटर मापदंड मिचेको छ । पैला त्यो सुधार्नोस् !” ओभरसियरले अभिवादन पनि फिर्ता नगरी हाकिमी पाराले रुखो स्वरले फरमान जारी ग-यो ।      “ मैले त मापदंड रौं बराबर नमिचियोस् भनेर राम्रोसंग नापजाँच गरेकै हुम् । खै ऐले कसरी मिचिएको देखिएछ । भैहाल्यो सर, जसरीभएपनि तेति मिलाइबक्स्योस् । हजुरकै हातमा छ । हजुरले त्यति नमिलाइदिंदा मलाई अप्ठ्यारो प-यो ।” तेजनाथले ओभरसियर ख़ुशीहुन्छ कि भनि भारदारी भाषा प्रयोग गरी चाकरी बजायो ।     “ हेर्न मिल्दैन । मैले पनि नियमानुसार काम गर्नुपर्छ । नत्र म नै कारवाहीमा पर्छु । तपैंको लागि म किन कारवाहीमा परुँ ?” ओभरसियर मुख अर्कैतिर फर्काउँदै बोल्यो ।       “ सर ! तेसो नभनिबक्सियोस् । म त गरीव मान्छे ।बडो दुःख गरेर यौटा झुपडी बना’को । बरु सरको दुःखशान्ति म हेरौंला नि !” भन्दैतेजनाथले अघिको पचास हजारका नोटहरू ओभरटाइमको पाइन्टको खल्तीमा  हालिदियो ।        आफ्नो खल्तीमा केही पसेको अनुभव भएपछि ओभरटाइमको प्रतिक्रिया र व्यवहारमा ‘युटर्न’ भयो ।       “ ठिक छ । ठिक छ । मिल्छ भने म हेरौंला । भोली एकपटक आउँनुहोला !“ एताउति हेर्दै ओभरसियर बोल्यो र अफिसमा पस्यो ।   … पुरा पढौ

मुक्तक

फाटेको मनलाई तुनेर आएकोछुहजुरलाई अब्बल चुनेर आएकोछुहार्नै सकिन ति हजुरका वचनहरु!भेँडा बाख्रा खोरमा थुनेर आएकोछु। पुरा पढौ

मुक्तक

मुक्तक (1) घाम भन्दानी चर्को भयो महंगी अचेल बजारमा ।किलो को त कुरै छोडैउँ पाउँ आउदैन हजारमा।।दुईछाक टार्न केले होला जनतालाई पीडा भाछ।कमिसन कै तस्बिर घुम्छ सरकारको नजरमा ।। मुक्तक (2) छोड् कुरा जित हारको अब देश बनाउनु छखाका कोर बिकाशको अब बजेट खनाउनु छ।।घर बाडियो भोट बाडियो आबश्यकता जे जे थियो।मन बाडिएको छैन् है एकताको सन्देश जनाउँनु छ।। मुक्तक (3)चुलो सगै आगो सगँ जल्ने पनि नारी तिमीधर्ति बनी पीडा सगँ बल्ने पनि नारी तिमी।कसले बुझ्छ तिम्रो ब्याथा अस्तित्व र… पुरा पढौ