साहित्य

मुक्तक

अर्काको जरो खन्न सकिन्न भोलि के हुन्छ भन्न सकिन्न अरूलाई अति सानो बनाएर! आफू अलि ठूलो बन्न सकिन्न। पुरा पढौ

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ

चुनाव जित्न पैसा कि एजेन्डा ?

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई… पुरा पढौ

नक्कली भ्याट बिल प्रकरण किन सेलायो

नक्कली भ्याट बिल प्रकरण मा सर्बोचाको उदासिनता देखिएको छ । सर्वोच्च अदालतले एक दशकअघिका बहुचर्चित नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणका मुद्दाहरू मध्ये अधिकांश मुद्दाको अझै फैसला नगरेका कारण त्यसको प्रत्यक्ष मार सरकारी ढुकुटीमा परेको छ । नक्कली बिलमार्फत् भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको बताइएपनि त्यसबारे ठोस फैसला नहुँदा अवैध धन्दा गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । यसबाट राज्यले भने अर्बौंको क्षति व्यहोनुपरेको छ । नक्कली भ्याट बिल प्रकरणमा… पुरा पढौ

सूचना आयोग ले कुन कुन पालिका संग जवाफ माग गरेको छ हेर्नुहोला , समयमै सूचना नदिने पालिका लाइ कारबाही गर्ने आयुक्त को भनाइ

राष्ट्रिय सूचना आयाेगले बिभिन्न प्रदेशमा गर्दै आएको कार्यक्रम स्थानीय तह केन्द्रित गरि शुरु गरेको छ । प्रदेश एकका बिभिन्न स्थानीय तह मा आयोगको उपस्थिति देखिएको छ । माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा स‌चारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम हालै आयोग ले सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक प्रसाद थेवे आयाेगका प्रमुख सूचना आयुत्त महेन्द्र मान गुरुड र सचिव भागीरथ पाण्डे प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी लगायतकाे सहभागिता रहेको थियो फिदिम नगरपालिका आठराई… पुरा पढौ

मान्छेको अगाडी अब निर्धक्क संग बोल्न के गर्ने ?

कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण… पुरा पढौ

प्रेमी-प्रेमिका कस्ता भएमा जीवन बिताउन सकिन्छ ?

प्रेमको अन्तिम विन्दु भनेकै प्रेम हो । जुन कुरा महाभारातमा भगवान कृष्ण र राधा को प्रेमले बताउछ । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ भनेर अचेल कलियुगमा व्याख्या हुन थालेको छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन, त्यसैले जोसँग प्रेम गरिन्छ उसलाई भावी जीवनसाथीको रुपमा हेर्नुपर्छ भन्नेमा अहिलेको समाज दगुरी रहेको छ । कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी,… पुरा पढौ

सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा

सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च… पुरा पढौ

जीवनी लेख्ने तरिका

जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ । जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित… पुरा पढौ

मुक्तक

चामलकै लागि भएपनि धान कुटिनुपर्छबोटकै लागि भएपनी बिउ फुटिनुपर्छम खुशी हुन तिमी संगै हुनुपर्छ नभन्नुस् नमुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ । आफ्नो मान्छेले त झन् सताउँदा मज्जा लाग्नेमुटु नै चिरे पनी यादहरू आउँदा मज्जा लाग्नेमाया हो कि पागलपन हो सीमा नै नाघ्यो अबउसले दिएको घाउ छ कोट्याउँदा मज्जा लाग्ने । सोझो मनलाई बाठो झुट काफि हुन सक्छअन्धो प्रेममा धेरै गल्ती माफी हुन सक्छधेरै सोच बिचार गर्नुस् कसैलाई मन दिनु अधिअनजानमै कसैको स्वार्थ हाबी हुन सक्छ । उसलाई मात्र चुन्थेँ… पुरा पढौ