मुक्तक
भित्रै देखि खुशी जाग्छ, मलाई शिवजी मन पर्छअरु भगवान ठिकै लाग्छ, मलाई शिवजी मन पर्छहुन त भगवान आफ्नो ठाउँमा सबै ठूला हुन्छन्आराधना गर्छु डर भाग्छ, मलाई शिवजी मन पर्छ !
पुरा पढौ
राष्ट्रिय सूचना आयोग
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको…
पुरा पढौ
माघे संक्रान्ति, र ढुङ्गेसाँघु जात्रा ।
माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश…
पुरा पढौ
नाटक निर्देशन सिकाइँदै
पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण…
पुरा पढौ
हरिदेवी कोइरालालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड
शुक्रबार पोखरामा हुने ‘नेसनल गण्डकी म्युजिक अवार्ड २०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक, स्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् । नेसनल गण्डकी…
पुरा पढौ
गीत
सिन्दूरले मात्रै गास्दैन, नाता मायाले गास्ने होचर्काइ हियार म कतिन्जेल रोएर बाच्ने हो ? सम्झेर ल्याउदा झन् आज भोलि दुख्दै छ जीवनसक्दिनँ तोड्न खै किन किन नाताको बन्धनन बाबा भने न आमा भने तिमिलाई भनेरचाहना सबै नपुग्दो रैछ जून तारा गनेर सम्झेर ल्याउदा लाएको तिम्ले केही गुन छैन नित्यै पनि किन सक्दिनँ भन्न म तिम्रो हैन निरमाउदै होलान् खुसीमा नाच्दै सहेली ती साथीसबैको देख्दा कल्पिन्छ मन तड्पिन्छ यो छाती ।
पुरा पढौ
कथा: अंशबन्डा
मतिरामका दुईवटी बुढीहरु थिए | जेठीबाट सन्तान नभए पछि कान्छी ल्याएका थिए | कान्छी बुढीबाट दुई भाइ छोराहरु जन्मिए | छोराहरुको विवाह भैसकेको थियो | अब यो परिवार छुट्टि भिन्न हुन चाहे | बाबु र कान्छी आमा कान्छा छोरासँग बस्ने भए | जेठो छोराको परिवार छुट्टै बस्ने भए | जेठी आमा एक्लै छुट्टै बस्ने भइन् | मतिरामको सम्पूर्ण जायजेथा श्रीसम्पत्ति अंश लाग्न पर्ने भयो | कान्छा छोराले बाबु आमाको जीउनी समेत गर्दा खप्लप्कै आधा सम्पत्ति पाउने गराइयो | कान्छाको सम्पत्तिको…
पुरा पढौ