नीतिकथा

नबुझ्ने केटी

उपत्यकाका केही स्कूलहरुमा छोटाछोटा जागिरबाट अघाइसकेपछि मैले महाराजगञ्जस्थित ग्रीन रोज स्कूलमा जागिर भेट्टाएको थिएँ । त्यो प्राइमरी स्कूल थियो । विद्यार्थीहरु र विद्यालय परिवारलाई रिझाएर यस जागिरलाई अलिकति लम्ब्याउने कुरामा म अलि सचेत भएको थिएँ । फलस्वरुप स्कूलमा निर्धारित समय अगावै पुग्ने, शिक्षक तथा प्रिन्सिपललाई सक्दो आदरभाव प्रकट गर्ने, स्टाफमिटिङमा गहकिला सुझाव प्रस्तुत गर्ने, अनुशासनको दायरामा रहने, विद्यार्थीहरुलाई फलामे अनुशासनको चौघेराभित्र राख्ने, घण्टीको जनाउसँगै कक्षाकोठा पस्ने र निस्कने, विद्यार्थीहरुको मनोभाव र लेसनप्लानअनुसार अध्यापन गर्ने, होमवर्क दिने र विद्यार्थीले बुझाएनबुझाएको निरीक्षण… पुरा पढौ

एक फन्को सेलरोटी

  “ ए ! बुढा, त्यो स्कुलमा त छोरीले नाम निकाल्नै पर्छ है ?” मालपोत कार्यालयको खरिदार लोककल्याणलाई बिहान भात खाने बेलामा बुढीले सम्झाइन् । सम्झाइन के आदेश नै दिइन् ।     “ ल ल म हेरम्ला ।खै त याँ तरकारी हालेको ? ” खरिदार सापले तरकारी कराहीतिर नजर दिंदै जवाफ दिए ।      “ हत्तेरी मेरो सुद्धि पनि के भएको ?” खरदार्नी आफ्नै टाउकोमा धारे हात लगाउँदै भनिन् र डाडुले तरकारी खरदारको थालको एकछेउमा हालिदिइन् “ हेरेर मात्रै भएन । काम हुनु प-यो !” ऐले खरदार्नीको स्वर अलि तिखो भयो ।      “ मैले त प्रयास गरेकै छु । छोरीले फस्ट डिभिजन ल्याई भनेर क्यार्नी ? बोर्डिंग स्कुलको फस्ट डिभिजनको कामै रैनछ । तेत्रो पैसाखर्चेर पढा’को कामै भएन । सरकारी स्कुलका सेकेण्ड डिभिजनले नाम निकालेका ठाममा हाम्री छोरीले नाम निकाल्न सकिन ।” खरिदारसापले छोरीप्रति  गुनासो गरे । तर मनमनै अत्यन्तै चिन्तित भएका थिए ।” दुध पनि अलिकती हाल न ! आँफुलाई त एकगास दुधभात नखाएसम्म धितै पर्दैन!”      “ जे भएनि छोरीलाई पढाउँनै प-यो । जसरी भएनि साइन्स पढ्छु भन्छे । उस्को बिएस्सी नर्सिंग गरेर अष्ट्रेलिया जाने ठूलो धोको छ !” खरिदार्नीले कुँडेबाट एक डाडु दुध खरिदारले मुछ्न लागेको भागमा खन्याइ दिइन् ।      “ ल ल हेरम्ला । खाने बेलामा धेरै कचकच गर्नु हुन्न !” भन्दै खरिदार दुधसंग मुछेको भात सपासप भात खान थाले । खरिदार्नी सिंकमा भएका जुठा भाँडाहरू पखाल्न थालिन् ।                खरिदार साप भात खाइओरी लुगा फेरेर सरकारी नम्बर प्लेटको स्प्लेन्डर  मोटरसाइकलमा चढेर हिंडे । उनी अफिस पुग्नुभन्दा पहिला छोरीको भर्नाको निश्चितता नगरी भएको थिएन । छोरीलाई सानैदेखि पढाई राखेको, एसएलसीसम्म ट्युसन कोचिंग पनि पढाएको र उसैको सल्लाह अनुसारको इन्स्टिट्यूटमा ब्रिजकोर्स पढाएका हुनाले शिक्षक तेजनाथप्रति आशावादी थिए । तेसैले खरिदारसापले स्प्लेन्डर तेजनाथको घरतिर हुँइक्याए । घरबाट निस्कन लागेको तेजनाथलाई दैलोमैं भेटेर आफ्नो गुनासोको पोका फुकाए ।     “ लौ सर ! मेरी छोरी भनेकी हजुरकै छोरी हो । सानैदेखि हजुरकै काखमा हुर्किई । बोर्डिंग स्कुलबाट फर्स्ट डिभिजनमा पास भए पनि दुईदुई ठाम्मा नाम निकाल्न सकिन । अब यो  स्कुलमा त नाम जसरी पनि निकाल्दिनै प-यो ।”      “ अँ हो त नि गाँठे ! हत्तेरी…..! नाम निकालिन हगी ? यहाँ पनि एकदमै गाह्रो छ क्यारे ! तैपनि , हुन्छ ! म कोशिश त गर्छु । नानीलेइन्ट्रान्स परीक्षामा कस्तो गरेकी छे कुन्नी ! भर्ना समिति र सबै शिक्षक कर्मचारी भ’ ठाम्मा आँखा छलेर काम गर्न गाह्रो छ क्यारे !” सरले कपाल कन्याए ।      “ छोरीले त राम्रै गरेकी छु भन्थी ! तर मलाई तेति भरोसा त छैन । दुई दुई ठाम्मा फेल भैसकी ।….. एति काम गर्दिए मेरी छोरीको भलैहुन्छ । हजुरलाई परे म पनि ठाम्मा छु । जग्गासग्गा दर्ता, खरिदबिक्री गर्नुपर्दा म पनि हेरम्ला नि । आखिर पालाको पैंचो त हो नि !“ भन्दै खरिदार सापले पचास हजार रुपैयाँ सरको ज्याकेटको खल्तीमा हालिदिए । सरले पनि थाहा नपाए झैं गरे ।सरको पनि खरबारी पाखोदर्ता गर्ने काम मातपोत कार्यालयमा दशकौं देखि रोकिएको थियो । तेति गर्न नसक्दा उनी दिक्क भएका थिए । खरिदारको वचनले उनको मनमा भएको आशाको दीयोमा तेल थपे झैं भयो ।         त्यसपछी दुबै हाँसीखुशी बिदाबादी भए ।                   ************         यतिबेला शिक्षक तेजनाथ पनि अर्कै पीरलोले रन्थनिएका थिए । उनले हालसालै बनाएको घर नामजाँच गर्न आउँने नगरपालिकाको ओभरसियरले बाटोको केन्द्रबाट नाप्दा चार सेन्टीमीटर भित्र परेको भनेर निहुँ खोजिरहेको थियो । त्यस्ले गर्दा नगरपालिकाबाट सम्पन्न पत्रलिन सकेका थिएनन् । त्यतिबेला नै ओभरसियरको मुखमा एकाध हात्तीको बुझो लगाइदिएको भए तत्कालै समस्या समाधान भैहाल्थ्यो ।उनको अहँले भनौं वा पैसाको मायाले हो उनलाई रोक्यो । तर पछि इन्जिनियरलाई भेटे । हाकिमलाई भेटे । मेयर उपमेयरलाई समेत भेटेर अनेक उपाय लगाउँदा पनि काम बनेन । कामको तालाचाबी ओभरसियरको हातमा थियो । उस्ले सही नगरुन्जेल कागज अगाडि बढेन ।आज त उनी काम जसरी पनि फत्ते गर्छु भनी हानिएर नगरपालिका पुगे । ओभरसियर आइपुगेको रहेन्छ । नगरपालिका कार्यालयको बाहिर पट्टीको चौतारीमा बसेर कुर्न थाले । उनले नगरपालिकाको भवन हेरें । गतवर्ष रंगरोगन गरेको भए पनि रंग फुँग उडेको थियो ।वर्षाको पानीले लेउ पलाएर रुँदा रुँदा गाजल अनुहारभरी लत्पतिएको महिलाको अनुहारजस्तो देखिन्थ्यो । ठाउँ ठाउँमा प्लाष्टर उक्किएरभवन भग्नावस्थामा पुगेको थियो । ‘अर्काको घरको डिज़ाइन बनाउँने, मापदंड हेर्ने यहाँका प्राविधिकहरूले आफ्नै अफिस भवनलाई किनहेर्न नसकेका होलान् ? हुन त यी पढ्ने ईन्जिनियरिंग क्याम्पसको त त्यस्तो बिजोग छ !’ उस्को मनमा खेलिरहेका कुराहरूलाई अवरुद्ध गर्दै बाह्र बजेतिर बल्ल ओभरसियर आइपुग्यो ।       “ नमस्ते ओभरसियर साब ! “ तेजनाथले तेजहीन स्वरमा विनीत भावले अभिवादन टक्र्याए ।      “ तपैंको घरले चार सेन्टीमीटर मापदंड मिचेको छ । पैला त्यो सुधार्नोस् !” ओभरसियरले अभिवादन पनि फिर्ता नगरी हाकिमी पाराले रुखो स्वरले फरमान जारी ग-यो ।      “ मैले त मापदंड रौं बराबर नमिचियोस् भनेर राम्रोसंग नापजाँच गरेकै हुम् । खै ऐले कसरी मिचिएको देखिएछ । भैहाल्यो सर, जसरीभएपनि तेति मिलाइबक्स्योस् । हजुरकै हातमा छ । हजुरले त्यति नमिलाइदिंदा मलाई अप्ठ्यारो प-यो ।” तेजनाथले ओभरसियर ख़ुशीहुन्छ कि भनि भारदारी भाषा प्रयोग गरी चाकरी बजायो ।     “ हेर्न मिल्दैन । मैले पनि नियमानुसार काम गर्नुपर्छ । नत्र म नै कारवाहीमा पर्छु । तपैंको लागि म किन कारवाहीमा परुँ ?” ओभरसियर मुख अर्कैतिर फर्काउँदै बोल्यो ।       “ सर ! तेसो नभनिबक्सियोस् । म त गरीव मान्छे ।बडो दुःख गरेर यौटा झुपडी बना’को । बरु सरको दुःखशान्ति म हेरौंला नि !” भन्दैतेजनाथले अघिको पचास हजारका नोटहरू ओभरटाइमको पाइन्टको खल्तीमा  हालिदियो ।        आफ्नो खल्तीमा केही पसेको अनुभव भएपछि ओभरटाइमको प्रतिक्रिया र व्यवहारमा ‘युटर्न’ भयो ।       “ ठिक छ । ठिक छ । मिल्छ भने म हेरौंला । भोली एकपटक आउँनुहोला !“ एताउति हेर्दै ओभरसियर बोल्यो र अफिसमा पस्यो ।   … पुरा पढौ

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ

चुनाव जित्न पैसा कि एजेन्डा ?

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई… पुरा पढौ

नक्कली भ्याट बिल प्रकरण किन सेलायो

नक्कली भ्याट बिल प्रकरण मा सर्बोचाको उदासिनता देखिएको छ । सर्वोच्च अदालतले एक दशकअघिका बहुचर्चित नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणका मुद्दाहरू मध्ये अधिकांश मुद्दाको अझै फैसला नगरेका कारण त्यसको प्रत्यक्ष मार सरकारी ढुकुटीमा परेको छ । नक्कली बिलमार्फत् भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको बताइएपनि त्यसबारे ठोस फैसला नहुँदा अवैध धन्दा गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । यसबाट राज्यले भने अर्बौंको क्षति व्यहोनुपरेको छ । नक्कली भ्याट बिल प्रकरणमा… पुरा पढौ

सूचना आयोग ले कुन कुन पालिका संग जवाफ माग गरेको छ हेर्नुहोला , समयमै सूचना नदिने पालिका लाइ कारबाही गर्ने आयुक्त को भनाइ

राष्ट्रिय सूचना आयाेगले बिभिन्न प्रदेशमा गर्दै आएको कार्यक्रम स्थानीय तह केन्द्रित गरि शुरु गरेको छ । प्रदेश एकका बिभिन्न स्थानीय तह मा आयोगको उपस्थिति देखिएको छ । माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा स‌चारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम हालै आयोग ले सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक प्रसाद थेवे आयाेगका प्रमुख सूचना आयुत्त महेन्द्र मान गुरुड र सचिव भागीरथ पाण्डे प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी लगायतकाे सहभागिता रहेको थियो फिदिम नगरपालिका आठराई… पुरा पढौ

सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा

सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च… पुरा पढौ

राष्ट्रिय सूचना आयोग

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको… पुरा पढौ

स्वार्थी मान्छे !

मनिसको सबै भन्दा ठुलो चरित्र भनेको नै अति स्वार्थी हुनु हो । एक जना मानिस बाटोमा कतै गइरहेको थियो । विपरीत दिशाबाट बाघ दौडिएर आयो । त्यो मान्छे हत्तपत्त छेउमा भएको  रुखको लत्रिएको हाँगालाई समातेर रुख माथि गयो । तर रुखको केही माथि एउटा अजंगको भालु बसिरहेको रहेछ । अब बाघ भालुलाई भन्छ -' हेर भालु भाइ यो स्वार्थी मान्छे मेरो सिकार हो, यसलाई १ लात्ति दिएर तल झार, म यसलाई रगत चुसेर यसको मुटु कलेजो खाएर अघाएर अन्तै जान्छु… पुरा पढौ

धैर्यको फल

गर्भवती मृगले जंगलमा बच्चा जन्माउन लागेकी थिई। ऊ एकान्त र सुरक्षित ठाउँको खोजीमा घुम्दै थिई। हिँड्दाहिँड्दै नदीको किनारमा अग्लो र बाक्लो घाँस देखी। उसलाई सो स्थान बच्चा जन्माउन उपयुक्त लाग्यो। त्यहाँ पुग्नासाथ उसलाई प्रसव पीडा सुरु भयो। ठीक त्यही समयमा आकाशमा कालो बादल मडारिँदै बिजुली चम्किन थाल्यो। मेघ गर्जनका साथ पानी पर्ने संकेत देखा प¥यो। उसले दाहिनेतर्फ हेरी त्यहाँ एउटा सिकारीले तीरको निसाना मिलाएर आफूतर्फ ताक्दै थियो। सिकारीको निसानामा पर्न लागेको देखेपछि आत्तिएर बायाँतर्फ फर्की। बायाँतर्फ एउटा भोकाएको बाघ लगभग… पुरा पढौ