सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहेको टिप्पणी गरेका छन् । नागरिकहरूमा सत्य तथ्य र वास्तविकताबारे सूचित गराउन नसक्दा सुशासनको परिकल्पना गर्न नसकिने उनले बताए । बिहीबार प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशले रामेछापमा आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले सूचनाको हक नागरिकको हकको रूपमा रहेको बताए । लोकतन्त्रमा सूचना हक बलियो हुने उनको भनाई छ । मन्त्री लामिछानेले सूचनाले नै सत्यको नजिक पुग्न र सही मार्गमा…
पुरा पढौ
सूचना आयुक्तहरुले लिए शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराउनुभएको छ । गएको शनिबार बाट पुराना आयुक्तहरुको समयावधि सकिएको थियो तसर्थ शुक्रबार बाट नै पुराना आयुक्त हरु कार्यालयमा उपस्थित भएनन् l आइतबार बाट आयोग आयुक्त बिहिन भएको थियो एक महिना अगाडी नै नाम शिफारिस भएपनि शपथ हुन् नसकेको कारण आयुक्तहरुले पदभार ग्रहण गरेका थिएनन आज प्रधानमन्त्री…
पुरा पढौ
धुनीबेशी–४ का वडाध्यक्ष सहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारि
धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित लगायतलाई जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरू विरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको धादिङ प्रहरी स्रोतले बतायो । जमुना परियारको जेठाजु गणेश परियारको किटानी जाहेरिमा निजहरुलाई पक्राउ पुर्जी जारि भएको र सूचना चुहिएको कारण र प्रहरीले समयमै पक्राउ नगरेको कारण वडा अध्यक्ष लगायत फरार रहेका छन् पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का…
पुरा पढौ
भरतपुरमा सूचनाको हकमा महिला सशक्तीकरण विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न
चितवनमा सूचनाको हकमा महिला सशक्तीकरण विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगको आयोजनामा आज (आईतबार) भरतपुर महानगरपालिकाको सभाहलमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा राष्ट्रिय सूचना आयोगका उपसचिव सन्तोष कुमार दाहालले सूचनाको हक सम्बन्धि व्यवस्था, सार्वजनिक निकायको दायित्व, सूचना मागकर्ताको भुमिका, सूचना प्रवाह गर्न हुने र नहुने विषय, सूचनाका लागि तिर्नुपर्ने दस्तुर, सूचना प्राप्त गर्ने विधि, आयोगमा उजुरी, पुनरावेदन गर्नुपुर्व पालना गर्नुपर्ने विधि, आयोगमा पुनरावेदन दिने व्यवस्था, पुनरावेदनको कारबाही, सूचनाको अध्यावधि र स्वत सार्वजनिकिकरण ,व्यक्तिगत सूचना संरक्षण,…
पुरा पढौ
पूर्वीय दर्शनले भनेको रामराज्य नै सूचनाको कानुन : सचिब भट्टराइ
सूचनाको हक सम्बन्धि पहिलो योगदान सन् १७६६ मा स्विडेनले शुरु गर्यो भनेर पढ्दै आएकोमा आयोगका सचिब कमला प्रसाद भट्टराइले नया खुलासा गर्नुभएको छ l उहाका अनुसार हिजो त्रेता युगमा हामीले जुन राम राज्य को कुरा गर्थ्यौ त्यो सूचनाको हकमा आधारित कानुनि ब्यबस्था रहेको खुलासा गर्नुभएको छ l पुर्बिय दर्शनमा राजा भएपनि उनीहरुले नागरिकको थाहा पाउने अधिकार कुण्ठित गरेमा राजगुरुहरुले खबरदारी गर्दथे आज आयोग त्यो खबरदारी गर्ने राजगुरु हो यसले खबरदारी मात्र होइन दण्डित पनि गर्न सक्छ l राष्ट्रिय सभाका अध्यक्ष…
पुरा पढौ
जनप्रतिनिधि नै विदेश पलायन
०७९ सालको निर्वाचनमा कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित भएपछि, दाङ राप्ती गाउँपालिका–५ का चन्द्रबहादुर गुरुङको चर्चा चुलियो । जनताको रुचाएपछि उनलाई अत्यधिक मत दिएर कार्यालय सहयोगदेखि वडाध्यक्षको भूमिकामा पुर्याइदिए । तर, जनप्रतिनिधि बनेपछि चन्द्रले कार्यकाल भने पूरा गरेनन् । आर्थिक समस्या देखाउँदै कार्यकाल सम्हालेको तीन वर्ष पनि नपुग्दै वडाध्यक्ष गुरुङ रोजगारीका लागि विदेशिए । ०७९ सालको चुनावमा ऋण तिर्न भन्दै उनी गत साउनमा वैदेशिक रोजगारीमा गएका छन् । उनी निकट अनुसार चुनावको बेला लागेको चुनावमा ऋण लागेको र त्यही ऋण…
पुरा पढौ
सर्वदलीय बैठक : घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने निर्णय
सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ । अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् । बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान,…
पुरा पढौ
दुर्गा प्रसाईंले थाले प्रहरी वृत्त सिंहदरबारको हिरासतमै अनसन
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनसन थालेका छन् । उनले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन थालेका हुन् । आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनसन सुरु भएको उनका कानुन व्यवयासी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले प्रसाईं गम्भीर खालको बिरामी भएकाले स्वास्थ्यमा तलमाथि हुने अवस्था रहेपनि प्रहरी गम्भीर बनेको आरोप लगाए । वीर अस्पतालले डिस्चार्ज गरिदिएछि प्रहरीले मंगलबार सरकारी वकिल…
पुरा पढौ
ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी पक्राउ
मोरङको ग्रामथान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । शनिबार राति जुवा खालबाट प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले १८ लाख रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान-४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ,…
पुरा पढौ
सिंहदरबारभित्रै अस्थायी, करार तथा ज्यालादारी कर्मचारी आन्दोलित
अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले शुक्रबारदेखि सिंहदरबारमा आन्दोलन थालेको छ । संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई प्रधामनन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कामबाट निकाल्न खोजिएको र अन्यत्र पनि यही शैलीमा अन्यायपूर्ण रुपमा कर्मचारीहरुलाई कामबाट निकाल्न थालिएको भन्दै सिंहदरबारमा आन्दोलन सुरु भएको हो । अध्यक्ष सापकोटालाई सहज रुपमा नियमित काममा फर्काउन र सरकारी निकायमा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न र बीमा लगायतका सुविधा दिन माग गर्दै आन्दोलन सुरु भएको हो । प्रधानमन्त्री तथा…
पुरा पढौ