राजनीति

राष्ट्रियसभामा जान लुम्बिनी कांग्रेसका १ सय २३ आकांक्षी

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाहरुबाट उम्मेदबारका लागि सिफारिस आएको छ । माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत १२३ जनाको नाम जिल्लाबाट सिफारिस भएको प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने रातोपाटीलाई बताए । उनका अनुसार रुकुमपूर्व बाहेक अन्य जिल्लाबाट पूर्व संसाददेखि स्थानीय तहमा उम्मेदवार बनेकासम्मलाई जिल्ला कार्यसमितिले उम्मेदवारका लागि सिफारिस गरेका छन् । यसरी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको उम्मेदवारका रुपमा सिफारिस भएकामा पूर्व उपसभामुख पुष्पा भुसाल, सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत शाहदेखि केन्द्रीय… पुरा पढौ

रुसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपाली हराइरहेको उजुरी परेको छ: परराष्ट्र मन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन्।  ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’ बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उनले बताए। राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पुर्‍याउन… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो पाँच बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको… पुरा पढौ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्ती सम्बन्धी परेको रिटमा अन्तरिम छलफलका लागि आदेश

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्ती यथासिघ्र होस् भनी परेको रिटमा सर्वोच्च अदालतबाट कारण देखाउ आदेश सहित अन्तरिम आदेश छलफलको लागि आदेश गरेको छ ।सूचना अभियन्ता अधिवक्ता सविन पोख्रेलद्वारा दायर रिटमा मिति २०७८।०५।१८ गते तत्कालिन मन्त्रीले कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई ४ वर्षे कार्यकालका लागि लागि नियुक्त गरेकोमा तत्कालिन सदस्य सचिव थापालाई पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा राखिएको सुनको जलहरीमा घोटाला भएको आरोपमा मिति २०८०।०६।०६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको कारण तत्कालिन कोषका सदस्य सचिव… पुरा पढौ

कुश्माका प्रमुख प्रशासकीय अधिकृत १ करोड घुष काण्डमा फरार

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली मोबाइल स्विच अफ गरेर फरार भएका छन् l पालिका श्रोत का अनुसार पर्सि आइतबार उहाले सह सचिब को एग्जाम दिनुहुनेछ l यता कास्की प्रहरीले भने पक्राउ पुर्जी जारि गरेको भनेर कास्कीको डन न्युज अनलाइन संचार माध्यमले लेखेको छ उक्त अनलाइनले लेखेको समाचार यस प्रकार रहेको छ मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस… पुरा पढौ

कारागारबाट छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाण

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका छन्।  शुक्रबार दिउँसो उनी कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा गएको कारागारका सहायक जेलर मित्र लुइँटेलले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभागमा जाँदैछन्।  त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ। अख्तियारबाट छुटेपछि भने उनी तारेखमा हुनेछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन्। उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३०… पुरा पढौ

चौथो पटक पनि सारियो कांग्रेस महासमिति बैठक, पुस १२ गते केन्द्रीय समिति बैठक

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङदम्बेले जानकारी दिए । केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।… पुरा पढौ

संविधानले तीनै तहको सरकारको अधिकार प्रष्ट गरेको छ : प्रधानमन्त्री

काठमाडौं, मङ्सिर २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताउनुभएको छ । शुक्रबार २९ औं काठमाडौं महानगर दिवस समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने विश्वास गर्नुभयो । तसर्थ, संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका… पुरा पढौ

सरकारले तोक्यो हड्ताल गर्न नपाइने २५ क्षेत्र

सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ। राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ। राजतन्त्रमा प्रकाशित सूचना अनुसार डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन। यस्तै सरकारले सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा,… पुरा पढौ

प्रस्तावित न्यायाधीश सुवेदीको प्रतिबद्धता : सर्वसाधारणको न्याय सम्बोधन सरल बनाउँछु

२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुती राख्ने क्रममा सुवेदीले आफूले २१ वर्ष वकालत गर्ने क्रममा सर्वसाधारण मानिसको घर परिवार र समाजमा मुद्दाको उठान कसरी हुन्छ ? न्यायप्राप्ति गर्न उनीहरुलाई कस्तो कठिनाइ पर्छ ? अड्डा अदालतमा कस्तो जटिलता भोग्नुपर्छ र अदालतबाट अन्तिम भएको फैसलाको प्रत्याभूति कसरी प्राप्त गर्छन् भन्ने अनुभूति गरेको बताइन् । उनले अघि भनिन्, ‘मेरो पहिलो… पुरा पढौ