राजनीति

फजुल खर्चमा निर्ममतापूर्वक कटौती र विकास बजेट बढाउनै पर्छ

(सरकारले २०८० जेठ ५ गते शुक्रवार संसदको संयुक्त सदनमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यो सताभरी सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमबारे संसदमा सांसदहरुले घनिभूत रुपमा बहस चलाउने भएका छन् । बहस सकिए लगत्तै आजको ठीक अर्को हप्ता सोमवार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि आयव्यय विवरण सहित बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । मुलुकको खस्कदो अर्थतन्त्रलाई संवोधनका साथै सुधारका लागि बजेटमा समेटिनुपर्ने प्राथमिक विषयका बारेमा यतिखेर बहस चुलिरहेको छ ।… पुरा पढौ

दुई कराेडकाे खेलाेमा एक थान मन्त्री ? जसपामा विद्राेहकाे तयारी !

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीमा वीरेन्द्र महतोलाई पठाएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ । मन्त्रीको दौडमा भएका सांसदलाई उछिनेर महतो कसरी मन्त्री हुन पुगे भन्ने मात्र चासो रहेको छैन, अध्यक्ष उपेन्द्र यादव आफै किन मन्त्री बन्न गएनन ? भन्ने प्रश्न पनि उठेको छ । मन्त्रीका लागि प्रदीप यादव र राजकिशोर यादवमध्ये को जाने ? भन्ने लडाइँ थियो । राजकिशोर यादव वन मन्त्री बन्ने लगभग टुंगाेमा पुगेकाे थियाे । उपेन्द्र यादवलाई पार्टी चलाउन राजकिशाेर यादव, प्रदीप यादव र अशोक… पुरा पढौ

आयुष, अनमोल, राजेश, ऋषि, प्रताप, बोधराज, अनिल, हिरेन्द्र, ईश्वरी, योगेन्द्रहरु पैसा बुझाएपनि बढुवा नहुने त्रासमा

नेपाल प्रहरीका आइजीपी नै बिबादमा आएका छन् सामान्य मानिसले समेत नेपाल प्रहरीमा बढुवाका लागि चलखेल हुनु सामान्य मान्न थालिसकेका छन् । २०७० सालमा सेवा प्रवेश गरेका प्रहरी निरीक्षकहरु बढुवा सूचीमा पर्न शक्तिकेन्द्र धाउने क्रम जारी छ । रोचक र नौलो कुरा चाहिँ बढुवाका लागि पोहोरै शक्तिकेन्द्रहरुमा रकम बुझाएकाहरुमध्ये केही अहिलेको बढुवा सूचीमा नपर्ने सुईंको पाएपछि अत्तालिएका छन् ।  तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् । बढुवाका लागि गृह मन्त्रालयमा माथिबाट फोन घुमाउन लागिपरेका निरीक्षकहरू ‘पैसो… पुरा पढौ

जनयुद्द का रायमाझीको धनयुद्दको यात्रा

भुटानी शरणार्थीसम्बन्धि ठगी मुद्दामा फरार रहेका नेकपा(एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीको सम्पत्ति अस्वभाविक देखिएको छ । पछिल्लो पाँच वर्षमा उनले करोडौंको सम्पत्ति जोडेको निकटस्थहरू बताउँछन् । चार वर्षअघि मात्र उनले खुमलटारमा चार करोड रुपैयाँमा आलिसान घर किनेका थिए । त्यो घर बिचौलिया समूहले नै किनिदिएको स्रोत बताउँछ । जतिबेला भुटानी शरणार्थी प्रकरणमा उनले करोडौं लिएका थिए त्यही आसपास घर किन्नुले ठगीको कनेसक्न सो घरसँग पनि जोडिने देखिन्छ । भुटानी शरणार्थीको नाममा पैसा उठाउने गिरोहसँग छोरा सन्दीपको बैंक खातामा उनले… पुरा पढौ

संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

चालु आर्थिक वर्ष २०७९/८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ । चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ करोड १९ लाख रुपैयाँले घाटामा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजस्व असुलीमा सुधार नभएकाले वैशाख महिना लागेपछि यस्तो घाटा झन् बढेको अनुमान छ । राष्ट्र बैंकको तथ्यांकअनुसार… पुरा पढौ

मन्त्री खेलाउने शक्तिशाली बिचौलिया

देशमा बिचौलियाहरू कति शक्तिशाली छन् भन्ने कुरा हालैको शरणार्थीसम्बन्धि मुद्दाले देखाएको छ । मन्त्री र सचिव फेरिदा पनि एक बिचौलिया समूहले पाँच वर्षसम्म गृह प्रशासनलाई आफु अुनुकल चलाएर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास गरेको थियो । तिनै बिचौलियाको जालमा पर्दा बहालवाला सचिव नै यतिबेला प्रहरी हिरासतमा पुगेका छन् । रामचन्द्र भट्ट र तारानाथ सापकोटा सचिव टेकनारायण पाण्डे एक सातादेखि प्रहरी हिरासतमा छन् । कुनै समय राम्रो छवी भएका उनलाई यो अवस्थामा पु¥याउने बिचौलिया समूह नै भएको जानकारहरू बताउँछन्… पुरा पढौ

आयोगको प्रतिबेदन संसदीय समितिमा छलफल भएन: आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, “मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ… पुरा पढौ

काभ्रेमा कर छल्ने र बेरुजु बढाउने को–को ?

काभ्रेपलाञ्चोकस्थित सरकारी कार्यालयहरूको लेखापरीक्षण सकिएको छ । ०७८र७९ को लेखापरीक्षण सम्पन्न गरी सम्बन्धित कार्यालयमा प्रतिवेदन बुझाइएको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु हुने पालिका पनौती हो । कम बेरुजु हुने पालिकाको रूपमा फेरि पनि महाभारत गाउँपालिकाले बाजी मारेको छ । उसको कूल कारोबारमा ०.२६ प्रतिशत बेरुजु देखिएको छ । महाभारतपछि कम बेरुजु भएको पालिका तेमाल हो । उसको ०.७६ प्रतिशत बेरुजु छ । पनौती नगरपालिकाको सबैभन्दा धेरै ११.२९ प्रतिशत बेरुजु छ ।  पनौतीमा संघ सरकारले… पुरा पढौ

पुर्ब गृहसचिवकै जन्ममितिमा गडबडी

दुई थरी जन्ममिति भएको नागरिकता बोक्दा पूर्व प्रधानन्यायाधीश, न्यायाधीशदेखि प्रहरी र सेनाका हाकिमहरूसम्म फन्दामा परिसकेका छन् । आइजिपिका दाबेदार अशोक सिंह यहि कारण राजिनामा दिन बाध्य भए यही विषयले पूर्वगृहसचिव सुर्य प्रसाद सिलवाल समेत अप्ठ्यारोमा पर्ने देखिएको छ । झण्डै २ वर्ष गृहसचिव चलाएका र हाल वीमा समितिमा पुगेका सूर्य प्रसाद सिलवालमाथि यस्तो संकट आइलागेको हो । हिजो उनी आफैँले हाँकेको अड्डामा अहिले उनको नागरिकता छानबिनको माग गर्दै उजुरी परेको छ । राहदानीमा एकथरी र नागरिकतामा अर्कैथरी जन्ममिति भेटिएपछि विरोधीहरुले… पुरा पढौ

ग्राभेल उत्खननमा रोक लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढीमाइ नगरपालिकामा अबैध रुपमा संचालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै  ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथि हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरुलाई गालीगलौज गर्नेहरुमाथि कार्वाहीको माँगगर्दै  कर्मचारीहरुले अनिश्चितकालको लागी कामकाज ठप्प गर्ने घोषणा गरेका छन्। कमलामाई सप्लायर्स धनुषका संचालक वेचन शर्माको नेतृत्वमा आएका ५/७ जनाको समूहले २०८० वैशाख १५ गते शुक्रवार अपरान्ह… पुरा पढौ