राजनीति

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमाथि प्राज्ञसभा सदस्य प्रा.डा. घनश्याम न्यौपाने ‘परिश्रमी’लाई दुर्व्यहार गरेको आरोप लागेको छ । न्यौपानेले आज आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै प्रमुख जिल्ला अधिकारिले दुर्व्यवहार गरेको उल्लेख गरेका छन् । जनआस्थासँग कुरा गर्दै उनले भने, ‘एकाएक एउटा कर्मचारी चर्काे स्वरमा घनश्याम परिश्रमी को हो ? भन्दै आउनुभयो । मैले म हुँ भनेर जानकारी गराएँ । उहाँसँग एक जवान प्रहरी पनि हुनुहुन्थ्यो । उहाँहरूमध्ये कर्मचारीले मलाई च्याप्प समाउनुभयो र भित्र हिँड् भन्नुभयो । प्रहरी पनि पछिपछि… पुरा पढौ

अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको मजाक उडाउदै सडक बिभाग

 सरकारी राजस्व लक्ष्य अनुसार नउठेको भन्दै अर्थ मन्त्रालयले तालिम, गोष्ठी, सेमिनारको बजेट कटौती गरेको छ । २०७९ माघ १७ गते मन्त्रालयले सबै मन्त्रालयहरू, संवैधानिक निकाय र सरकारी संघ–संस्थाहरूमा पत्राचार गरे पनि भौतिक मन्त्रालय मातहतको सडक विभागले भने त्यसलाई परिपालना नगरी अटेरी अघिल्लो हप्ता सम्पन्न भएको कार्यक्रमले पुष्टि गरेको छ । यसरी अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको एक नम्बरमै तालिम, गोष्ठी र सेमिनार नगर्न भनिए पनि मन्त्रालयले सुनुवाइ नगरेको पाइएको छ ।  विभागस्रोतका अनुसार सडक विभागले वार्षिक… पुरा पढौ

भ्रस्टाचारको कारण सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल

तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन  निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक रु १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । सोहीअनुसार पुल निर्माणको काम सुरु… पुरा पढौ

सरकारी जग्गामा ‘गोल्छा समूह’ को गिद्धे नजर

सत्ता र शक्तिको आँडमा देशभर भएका सार्वजनिक जग्गालाई अतिक्रमण गरी व्यक्तीगत रुपमा भोगचलन गर्दै आएपनि सरकारले कारबाही नगर्दा पछिल्लो समयमा विभिन्न नाममा सरकारी जग्गा हड्प्दै बेच्दै आएको समेत भेटिएको छ । अधिकाशं सरकारी जग्गालाई सत्ताको नेतृत्व गर्नेसंगको अबैध साँठगाँठमा खुलेआम प्लटिङ बनाएर बेच्नकालागि तयारी अबस्थामा पुगेको प्रमाण प्राप्त भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि ‘गोल्छा ग्रुप’ अहिले ‘भृकुटी कागज कारखाना’ को जग्गालाई व्यक्तीगत रुपमा प्लटिङ गरेर बिक्री गर्नकालागि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई रिझाएको… पुरा पढौ

सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार घुस रकमसहित नियन्त्रणमा ।

ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारले जबरजस्तीकरणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट आज मिति २०७९/१२/३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल)को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिकलाभ हुने गरी बदनियतपूर्ण… पुरा पढौ

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पवन राणा पक्राउ

अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार… पुरा पढौ

मुलुक भित्र खासै कर नतिर्ने बिनोद चौधरी लगाएत अमेरिकामा सात सय, चीनमा साढे पाँच सय अर्बपति

विश्वमा सबैभन्दा धेरै अर्बपति अमेरिकामा छन् । अर्बपतिहरुको विवरण सार्वजनिक गर्ने  पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्बपतिहरुको सूचीमा पनि अमेरिका अगाडि देखिएको छ । जसअनुसार त्यहाँ सात सय ३५ जना अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति चार दशमलव पाँच ट्रिलियन डलर पुगेको छ । जसमा बिल गेट्स, एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज, सर्गेई ब्रिनलगायत अर्बपतिको सूचीमा अगाडि छन् ।  उता चीनमा पाँच सय ६२ जना अर्बपति रहेको बताइएको छ । धेरै अर्बपति भएको मुलुकमा चीन दोस्रो स्थानमा… पुरा पढौ

बर्जुका इन्जिनियर अजय कुमार मेहता घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं. ५, पुल्चोक छेउबाट आज मिति २०७९/१२/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

बिज्ञापन संघ को अध्यक्षमा धर्मेन्द्र, सदस्य मा अधिवक्ता सूचना अभियन्ता सविन पोख्रेल निर्बाचित

सबिन पोखरेलले पुरस्कार लिदै गर्दाको फोटो राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बिस्तार भएको छ । आज काठमाडौमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बिस्तार भएको हो ।मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्धितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ ।यसै गरी संघको सदस्यहरुमा क्रमशः बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी,… पुरा पढौ