पूर्वमन्त्रीले घुस बुझाएको प्रकरणमा छानबिन समितिले के निकाल्यो निष्कर्ष ?
सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा आफ्नो काम गराउँदा ५ हजार घुस दिनुपरेको सांसदको आरोपमाथिको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । छानबिनपछि सार्वजनिक भएको प्रतिवेदनले महतोको दाबी पूरा सत्य नभएको देखाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद डा. महतोले उठाएको विषयजस्तो काम गराउनका लागि ‘घुस’ नदिइएको प्रतिवेदनले उल्लेख गरेको छ । ‘सेवाग्राहीले कार्यालय परिसरभित्र अपरिचित दोस्रो व्यक्तिबाट प्राप्त भएको सहयोगदेखि खुशी भई राजीखुशीले निजलाई केही रकम दिएको भन्ने समेतको व्यहोरा लिखित एवम् मौखिक रुपमा जानकारी हुन आयो,’ निष्कर्षमा भनिएको छ, ‘समकक्षता सम्बन्धी काम…
पुरा पढौ
१८ औं सूचना दिवस आयोगले मनायो, महासंघको कार्यक्रम केन्द्र, प्रदेश र जिल्लामा शुन्य
नेपालमा सुचनाको हकको ऐन आएको १८ बर्ष पुगेको छ यहि अबसरमा देशभर सूचना दिवस कहिँ कतै पनि खासै मानिएको पाइएन l सूचनाको हकका लागि राष्ट्रिय महासंघ गठन भइसकेको अबस्थामा महासंघले कुनै पनि प्रदेश र कुनै पनि जिल्लामा कार्यक्रम गरेको पाइएन l सूचनाको हकका लागि राष्ट्रिय महासंघले औपचारिक कार्यक्रम नगरेपनि केहि पदाधिकारी भने सूचना आयोगले गरेको कार्यक्रममा उपस्थित भएका थिए l महासंघका कुनै पनि प्रदेश र कुनै पनि जिल्लाले केन्द्रको भनाइलाइ किन मानेनन् ? र कार्यक्रम गरेनन ? यो आफैमा अनौठो…
पुरा पढौ
सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सो अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको…
पुरा पढौ
तलबमा विभेद भए आन्दोलन गर्ने राजपत्रअनंकित कर्मचारीको चेतावनी
राजपत्रअनंकित कर्मचारीहरुले मर्यादाक्रम अनुसार कुनै श्रेणीको तलबमान निर्धारण गर्दा सबैलाई न्याय हुने गरी निर्णय गर्नुपर्ने माग गरेका छन् । सरकारले सर्वोच्चको १० असारमा फैसला अनुसार शाखा अधिकृत, उपसचिव र सहसचिव श्रेणीका कर्मचारीको तलब बढाउन मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि नायसुब्बा, खरिदार र सहकायकस्तरका कर्मचारीहरुले आन्दोलनको चेतावनी समेत दिएका छन् । सरकारका नाममा सर्वोच्च अदालतबाट जारी भएको परमादेश अनुसार निजामती सेवाका राजपत्रांकित कर्मचारीहरुको आधारभूत तलबमानलाई मर्यादाक्रम अनुसार बढाउँदा अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने राजपत्रअनंकित कर्मचारीका नेताहरुको भनाइ छ । नेपाल निजामती कर्मचारी…
पुरा पढौ
कर्मचारी तलबबारे मन्त्रिपरिषद्मा डेढ घण्टा बहस
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकका प्रमुख एजेण्डा थियो, १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न दिएको परमादेशको कार्यान्वयन गर्ने । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगेको यो प्रस्ताव बैठकमा पेश भएपछि सर्वोच्चको फैसलाबारे मन्त्रीहरुले चासो देखाए ।स्रोतका अनुसार बैठकमा मुख्यसचिव लीलादेवी गड्तौलालाई परमादेश (फैसला) को पूर्णपाठ वाचन गरेर सुनाइन् । परमादेशको कार्यान्वयनले अधिकृतस्तरका सहसचिव (राजपत्रांकित प्रथम श्रेणी), उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) र शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) को मात्रै तलब बढ्ने जानकारी दिइन् । सर्वोच्चको फैसलाअनुसार तुरुन्तै तलब बढाउनुपर्ने…
पुरा पढौ
वडा अध्यक्षलाई श्री ३ नबन्न र कानुन अनुसार चल्न सूचना अभियन्ताहरुको खबरदारी
सूचनाको हकको अभियानमा लागेकी झापाकी हल्दिबारी इस्वरा तिवारी कंडेल माथि पटक पटक जनप्रतिनिधिहरुले दुख दिने धम्काउने तर्साउने गरिरहेका छन् l स्थानीय स्तरका नागरिकलाई उनीहरुको हक बुझाएको कारण कति ठाउमा सेटिंग भत्केकोले वडा अध्यक्ष र जनप्रतिनिधि चिन्तित छन् कागज मा मात्र काम हुने हल्दिबारिमा इस्वराको निरन्तर खबरदारी रहिरहेको छ l यहि खबरदारी मार्फत पछिल्लो चरण हल्दिवारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीको निद हराम भएको छ, तसर्थ स्थानीय सोझा साझा नागरिकलाई उचालेर क्षेत्राधिकार भन्दा बाहिर गएर निबेदन लेख्न लगाउने…
पुरा पढौ
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा
जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। उनका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ ।…
पुरा पढौ
बैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थाहरू कारबाही फुकुवाका लागि राजनैतिक लबिंगमा
कारबाहीमा पर्ने अधिकांश अभिमुखीकरण तालिम दिने संस्थाहरू काठमाडौँ उपत्यकामा तालिम सञ्चालन गर्दै आएका हरु छन् । काठमाडौँ बाहेक धनुषा, बाँके, कास्की, गोर्खालगायतका जिल्लाका संस्थाहरू समेत छन् । कारबाहीमा पर्नेहरूमा वैदेशिक रोजगार बोर्डको सदस्यहरूले सञ्चालन गर्दै आएका तालिम सेन्टरहरू समेत परेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरू विष्णु गोपाल गर्तौला र कल्पना पाण्डेले सञ्चालन गर्दै आएको संस्थाहरू परेका छन् । गर्तौलाले सञ्चालन गर्दै आएको बिग किरण एसोसिएन प्राली र पाण्डेले सञ्चालन गर्दै आएको…
पुरा पढौ
मानव बेचबिखनमा पक्राउ परि छुटेका अध्यक्ष फेरी पक्राउ परे
रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु घले भनिने नुर्बु स्याङबो घले मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा लामो समय बसे पछी प्रमाण नपुग्ने भनि उनीलाई रिहा गरेको भएपनि उक्त केश अझै पूर्ण रुपमा टुंगिएको छैन काठमाडौंको बबरमहलबाट घलेलाई तत्कालिन अबस्थामा पक्राउ गरी ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरि अनुसन्धान समेत अघि बढाएको थियो प्रमाण नपुगेको भनि छुटेका उनि हाल उच्चको निगरानीमा छन् । मानव बेचबिखन तथा ओसार पसारको कसुरमा अहिले पक्राउ परेका गाउँपालिका अध्यक्ष घलेविरुद्ध भने करिब ८ वर्षअघि नै उजुरी…
पुरा पढौ
सूचना दिनै हिच्किचाउँछन् स्थानीय सरकारका अधिकारी
सूचनाको माग गर्दै स्थानीय सरकार, सरकारी कार्यालय वा सेवा प्रदायककोमा कहिल्यै जानुभएको छ ? धेरै त जानुभएको नै छैन होला। तर म धेरै पटक गएको छु, नागरिकको रूपमा भन्दा बढी पत्रकार भएर। पत्रकार भएको कारण सूचना लिने विशेष अधिकार त खासै छैन। पत्रकारले पनि आम नागरिकको जस्तै सूचनाको हक प्रयोग गरेर नेपाली नागरिक भएबापत सूचना लिनुपर्छ। सूचना लिन जाँदाको तीतो–मीठो पोखौँ है त। पहिले त म नेपाली नागरिक हो । पेसाले म स्थानीय रेडियो, अनलाइन र राष्ट्रिय दैनिक पत्रिकामा काम…
पुरा पढौ