बेलायतका राजाले बोलाए ह्यारी-मेघनलाइ
बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोरा-बुहारीलाई आफ्नो राज्याभिषेकमा बोलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मेमा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ। ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित हुने/नहुने टुंगो भइसकेको छैन। पछिल्लो समय बेलायती राजपरिवार र ह्यारी-मेघनको सम्बन्ध तिक्ततापूर्ण छ। केही दिनअघि पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको थियो। द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले…
पुरा पढौ
बालिकाको हत्या आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ
झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छिन् पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ । रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना १० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ । कुटपिटबाट २० गते राति सीताको मृत्यु भएको र शवलाई राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ…
पुरा पढौ
लघुवित्त का कर्मचारीले महिला माथि हातपात गरेको भनि खाए कुटाइ
बिदामा बसेका आफ्ना कर्मचारीमाथि कुटपिट भएकोमा झापास्थित जीवन विकास लघुवित्तले आपत्ति जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन ।साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य…
पुरा पढौ
संघियता कार्यन्वयनको मिठो दुखाइ
निबर्तमान उपाध्यक्ष, मिक्लाजुङ गाउंपालिका, मोरङ नेपाली जनताको पटक पटकको बलिदानीपुर्ण र लामो समय सम्मको संघर्षबाट नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । संविधानसभा बाट विक्रम संवत् २०७२ सालमा संविधान जारि भए पस्चात मुलुक नयां राजनीतिक चरणमा प्रबेश गरिसकेको छ । नेपालको संविधान अनुसार तीन तहको सरकार (संघिय ,प्रदेश र स्थानिय सरकार)को व्यावस्था रहेको छ । संविधानले सबै प्रकारका भेदभाव र असमान्ताको अन्त्य गर्दै संपूर्ण नेपालीलाई सर्वभौमसत्ता सम्पन्न बनाई आर्थिक समानता ,समृध्दि र सामाजिक न्यायको सुनिश्चित्तता गर्दै समतामूलक समाजको निर्माण गर्ने…
पुरा पढौ
विस्वका २५ बाहेकका देशले किन अँगालेनन संघियता
नेपालकाे संविधान २०७२ ले नेपाललाई संघीय लाेकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित गर्याे । यस अन्तर्गत संघ, प्रदेश र स्थानीय सरकार गरी सरकारलाई तीन तहमा विभाजन गरियाे । त्यसाे गर्नुका पछाडि सदियाैँदेखि नेपालकाे राज्यसत्ता, शक्ति र शासन प्रणालीमा भएकाे सीमित जातजाति र वर्गकाे बर्चस्वलाई सच्याउनु थियाे । त्यस्ताे केन्द्रिकृत शासन प्रणालीले मुलुककाे भाैगाेलिक र सांस्कृतिक विविधतालाई पनि प्रतिनिधित्व गर्न सकेकाे थिएन । संघीय शासन प्रणालीमा राज्यकाे शक्ति दुई वा दुईभन्दा बढी तहकाे सरकार मार्फत् अभ्यास गरिन्छ । सरकारहरुबीच अधिकारकाे बाँडफाँड गरी राज्यमा जनताकाे…
पुरा पढौ
सुशासनमा कमजोर नेतृत्व
मुलुकमा सुशासन कायम गराउने कार्यलाई हरेक सरकारले आफ्नो मुख्य जिम्मेवारीका रूपमा लिएकोे हुन्छ। सुशासन सुदृढ हुन सकेको अवस्थामा मात्र सरकारले आफ्नो गन्तव्य हासिल गर्न सम्भव हुने हुन्छ। नारा र आवरणले मात्र सुशासन प्राप्त हुन नसक्ने भएकाले सरकारका लागि यो सधैं चुनौतीको विषय भइरहेको हुन्छ। सरकारको सक्षम नेतृत्वमा राज्यका अन्य अंगबाट हुने इमान्दार सहकार्यले मात्र यसमा सफलता हासिल हुन सक्ने हुन्छ। यस कार्यमा सरकारको मुख्य कार्यकारिणी प्रशासनिक संयन्त्र अझ बढी सक्षम, जिम्मेवार र अग्रसर हुनु आवश्यक हुन्छ। इमान्दार र स्वच्छ राजनीतिक…
पुरा पढौ
सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुँदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एकदिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२ को धारा २७ ले सूचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुँदा सर्वसाधारणले सूचना पाउनु पर्नेमा जोड्दिएका हुन् । गौरीगञ्ज गाउँपालिकाको सहयोगमा प्रेस चौतारी नेपाल झापाले गौरीगञ्ज भित्रका सरकारी, वोडिङ विधालयको मावि र गौरीगञ्ज बहुमुखी क्याम्पसका विधार्थीहरु सहभागी गराई आयोजना गरेको…
पुरा पढौ
कसरी हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?
निर्वाचन आयोगले सरकारसँगको परामर्शको आधारमा नयाँ राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते तय गरेको छ भने उपराष्ट्रपतिकाे निर्वाचनलाई त्यसको आठ दिन पश्चात अर्थात् चैत्र ३ गते गर्ने घोषणा गरेको छ । सत्तारुढ दलहरुबीच राष्ट्रपतिको निर्वाचनलाई लिएर विवाद भइरहँदा निर्वाचन आयोगले आवश्यक तयारी जारी रहेको बताएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। आम जनतामा भण्डारी र पुनका उत्तराधिकारी चयन गर्ने निर्वाचन प्रणाली सम्बन्धी केही अस्पष्टता रहेकोले नेपाल चेकले…
पुरा पढौ
किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।
पुरा पढौ
निगमको चार ट्यांकर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु
भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ । निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ । ‘केन्द्रबाट आउनुभएको छानविन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको…
पुरा पढौ