राजनीति

अब सबै सरकारी निकायका वेभसाइट एउटै ढाँचामा

नेपाल सरकारका बिभिन्न निकायले निर्माण गर्ने वेभपेजहरु एउटा स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । राष्टिय सूचना तथा प्रविधि मन्त्रालयले तयार गरेको टेम्प्लेटलाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायहरुले आफू अनुकुल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपछि निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । हाल सरकारी निकायहरुले कार्यालयपिच्छै नीजि क्षेत्रको परामर्श सेवामार्फत वेभसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी… पुरा पढौ

गण्डकी प्रदेशका हाकिमहरुलाई अख्तियारले मुद्धा चलायो

जिल्ला गोरखा, गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तन, पुल डिजाईन गराउन स्वीकृत गर्नुका साथै सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन निजले निर्णय गरी मन्त्रालयस्तरबाट उक्त पुलको छनौट गराई… पुरा पढौ

सवा करोडको खाजा खाएको पोखरा महानगरले ३ करोड ५१ लाख ३४ हजार सरकारलाई तिर्नु पर्ने रकम तिरेन

अर्थले नै असुल गर्न सकेन पुरानो साँवा ब्याज : एक खर्ब २३ अर्ब २८ करोड ९४ लाख उठाउन सरकार उदासिन अर्थ मन्त्रालयले साँवा ब्याज असुली अनुगमन, निर्देशन र अभिलेखाङ्कन प्रभावकारी ढंगले संचालन गर्न नसक्दा सरकारले लगानी रकमको साँवा ब्याज उठाउन सकेको छैन् । समयमा साँवा ब्याज असुल गर्न नसकेकोका कारण बक्यौता रकममा वृद्धि भएको छ । असुलीको प्रतिशतमा न्यून भएपछि बक्यौता रकम बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहको भाका नागेको… पुरा पढौ

करोडौैं खर्च गरेर महानिर्देशक भएका अधिकारीबाट प्राधिकरण सुधार नहुने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती अहिले निकै सक्रिय देखिएका छन् । केही एक्सनका काम गरेर उनी अरु मन्त्रीभन्दा सक्रिय देखिएका पनि छन् । अहिले मन्त्री किराँती पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई व्यवस्थापनमा लागेको स्रोतको भनाइ छ । कोषका सदस्यसचिव मिलनकुमार थापा र कोषाध्यक्ष नारायण सुवेदीवीच लामो समयदेखि बोलचाल बन्द रहेको छ । केही ठेक्काको भुक्तानीका विषयमा भएको विवादले गर्दा उनीहरुवीच बोलचाल बन्द भएको हो । सदस्यसचिव र कोषाध्यक्षवीच बोलचाल बन्द भएपछि कोषले कुनै नयाँ निर्णय गर्न सकेको… पुरा पढौ

जरिवाना मिनाहाविरुद्धको सूचना अभियन्ताको मुद्दा खतिवडाको इजलासमा

स्थानीय निकायका जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले तोकेको जरिवाना माफ गर्ने गरेको राष्ट्रपति कार्यालय विरुद्धको रिटको पेशी न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको छ । अधिवक्ता सूचना अभियन्ता सबिन पोख्रेल सूचना अभियन्ता सविन पोख्रेलले गत बुधबार तोकिएको मितिमा निर्वाचन खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमा राष्ट्रपतिले संविधानको धारा २७६ प्रयोग गरी माफी दिएको प्रति आपत्ति जनाउँदै यो कुनै तजबिजी वा प्रशासनिक अधिकार नभएको र राष्ट्रपतिले कसैको सिफारिस, उक्साहट वा… पुरा पढौ

एउटै अभियोगमा सांसदलाई माफी, अर्का अभियुक्त जेलमै

१३ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा आम माफी दिएपछि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट निर्वाचित सांसद चौधरी रिहा भएका हुन् । १९ माघमा बाँकेको कोहलपुरबाट पक्राउ परेर १७ दिन थुनामा बसेका चौधरी रिहा भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेता कार्यकर्ताले कैलाली कारागार पुगेर स्वागत गरेका छन् भने अबिर र मालाले चौधरीलाई बधाई समेत दिए । आफ्ना सांसद चौधरीले… पुरा पढौ

माननीयको मनपरी, बेहिसाब २६ करोड

निर्वाचन क्षेत्र विकास कार्यक्रमको औचित्यमै प्रश्न उठिरहेका बेला हामीले यसको प्रशासनिक खर्च केलाएका छौं। अघिल्लो कार्यकालमा सिरहा र सप्तरीका सात जना सांसदले गरेको शंकास्पद खर्चको चिरफार। सुरेन्द्र कुमार कामती | खाेज पत्रकारिता केन्द्र अशोककुमार यादव मधेश प्रदेशको अघिल्लो प्रदेश सभामा सिरहा क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद थिए।  आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत उनले रु.३ करोड खर्च गर्न पाए। त्यसमध्ये रु.५ लाख प्रशासनिक खर्च बापत छुट्याइएको थियो। नेकपा एमालेबाट निर्वाचित भएर नेकपा एकीकृत… पुरा पढौ

एमाले संसदलाई खेद्ने मिडिया संसद अरुण चौधरीको बारेमा किन बोलेन

अरूण चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद छन्। उनि अदालतको आदेश अनुसार थुनामा बसेका पनि छैनन र जरिवाना पनि बुझाएका छैनन तर एमाले संसदलाई पकाउ नगरेको भनि रविको खेदो खन्ने मिडिया यी बिषयमा किन मौन रह्यो एक रेग्मी थर गरेका पूर्व शिक्षक भन्नुहुन्छ कांग्रेश हरु भोट घट्छ भनेर बोल्दैनन एमालेले चौधरी हाम्रै मतदाता हुन् भनेर मौन बस्छन यो बिषय सबैलाई थाहा भएको तर आफुले हारिन्छ कि भनेर बिरोध नगरेको हो भन्नुहुन्छ अहिले उसैले जितेपछी बल्ल यो कुरा झिकिएको बताउछन… पुरा पढौ

इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ। आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो छोडेका छन्। आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन‍्। आचार्यले सामाजिक सञ्जालमा लेखेका उनका भावना जस्ताको तस्तै: म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी,… पुरा पढौ