राजनीति

कर्मचारीतन्त्र जनताको ‘डार्लिङ्’ हैन, दल विशेषको अनुचर जस्तो

राजनीति र प्रशासनको सम्बन्ध लामो समयदेखि बहसको विषय भइरहेको छ । राज्यको आविष्कारदेखि नै कुनै न कुनै राज्यका आधारभूत सेवा वितरण गर्ने संयन्त्र निर्माण गरिएको थियो भन्ने बुझ्न सकिन्छ । तर, यो संयन्त्र राजनीतिको एक अंग हो वा यो राजनीतिको सहयोगी हो वा राज्यको छुट्टै संस्था हो भन्नेमा समाज र राजनीतिक विकासक्रम सँगै फरक रूपमा व्याख्या हुन थालेको देखिन्छ । सामान्यतः के मानिएको छ भने प्रशासन राजनीतिको सहउत्पादन हो र त्यसैले यसलाई राजनीतिवाट छुट्टै संस्थाको रूपमा बुझ्न सकिँदैन । राजनीतिशास्त्र… पुरा पढौ

गृहको निर्देशनले होला त अवैधानिक क्रसर उद्योग बन्द ?

 देशमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारले अहिले मौखिक निर्देशनदेखि लिखित निर्देशन दिदैमा दिन वित्तदै आएको छ । एकातर्फ प्रधानमन्त्री दाहाल निर्देशन दिने, अर्कोतर्फ गृहमन्त्री निर्देशन दिनमा प्रतिस्पर्धा नै चलि रहेको छ । तर, प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन एक चर्चा कमाउनकालागि मात्र दिएको पछिल्ला गतिविधिबाट प्रष्ट भएको छ । प्रधानमन्त्री दाहालको निर्देशन त्रिभुबन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले लत्याई दिए भने उता गृहमन्त्री रबी लामिछानेले दिएका निर्देशनपनि बेवारिसे बन्दै आएको छ… पुरा पढौ

हाम्रो समाज कता जाँदैछ?

हाम्रो समाजमा नयाँनयाँ विकृति देखिन थालेका छन्। यस्ता विकृतिले जरा गाड्दै गएका छन्। त्यसैले समाज विविध समस्याले जकडिएको छ। समाज कुनै बेला अभावमा थियो। यहाँ त्यही अभाव पूरा गर्ने निहुँमा विकृति फैलँदै गएको हो। यसलाई बेलैमा रोक्न आवश्यक छ। सामाजिक विकृति रोक्न हामी आफैँ सजग हुनुपर्छ। नेताले मात्र यहाँ केही गर्न सक्दैनन्। समाज जस्तो छ नेता पनि त्यस्तै आउने हुन्। जोसँग पैसा हुन्छ ऊ नै ठूलो मानिस भन्ने चलन छ। त्यस्ता व्यक्तिको अथाह पैसा कहाँबाट कसरी आयो खोजीमा कोही हुँदैन।… पुरा पढौ

सूचना अधिकारि र कार्यालय प्रमुख को जानकारीको लागि मात्र

अधिकांश सरकारी कार्यालय का सूचना अधिकारीहरुले सूचनाको हक सम्बन्धि तालिम नलिएको जानकारी लाई सम्बोधन गर्न यो बिबिध सामाग्री पोस्ट गरेको छु l बिशेष त् फ्लेक्स अभियान को नेतृत्व कर्ता सूचना अधिकारीलाई सम्मान गर्ने र पुरस्कृत गर्ने सोचको पहिलो व्यक्ति र पहलकर्ता को अभियन्ता मात्र होइन सूचना अभियन्ता लाइ पनि पुरस्कार दिन शुरु गर्ने पहिलो व्यक्ति भएको कारण आफ्नो बारेमा लेख्न पनि आबश्यक ठाने l सूचनाकोहक को लागि संजाल को केन्द्रीय सचिबालय सदस्य गण्डकी प्रदेश संयोजक हुँदै सूचनाको हकका लागि राष्ट्रिय… पुरा पढौ

सूचनाको हक मानिसको मौलिक अधिकार

सूचनाको हक र प्रेससूचनाको हक मानिसको मौलिक अधिकारसन् १९४६ मा संयुक्त राष्ट्र संघले आफ्नो प्रारम्भिक अवस्थामा एउटा प्रस्ताव पारित गरेको थियो, जसमा भनिएको थियो l “सूचनाको हक मानिसको मौलिक अधिकार हो , यो संयुक्त राष्ट्र संघ जुन स्वतन्त्रताका लागि समर्पित छ ती सबै स्वतन्त्रतालाई जाँच्ने कसी हो । ” सूचनाको हकलाई मानवअधिकार घोषणाको धारा १९ मा यसरी स्पष्ट पारिएको छ “हरेक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार छ । यो अधिकारभित्र कुनै बाधा बिना कुनै पनि विचार मान्ने र कुनै… पुरा पढौ

मिथ्या सूचना के हो ?

(सेन्टर फर मिडिया रिसर्च नेपालले २०७४ काे निर्वाचनलाइ लक्षित गरि याे सामग्री तयार गरेकाे हाे । ) सञ्चार गर्ने क्रममा मिथ्या खबरको प्रयोग पत्रकारिता सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै भएको पाइन्छ । महाभारत युद्धमा द्रोणाचार्यलाई पराजित गर्न फैलाइएको अश्वत्थामा मृत्युको खबरदेखि पछिल्लो समयमा पीत पत्रकारिता वा प्रोपगन्डा भनिएका सबै सञ्चार सामग्रीलाई मिथ्या सूचनाका रूपमा लिन सकिन्छ । आमसञ्चार साधनको विकासका कारण मिथ्या सूचना धेरै जनताबीच पुग्न सहज भएको हो । इन्टरनेटको विकास र विशेषगरी आममानिसले सहजरूपमा सामग्री प्रकाशन र वितरण… पुरा पढौ

बक्राहा पुल सात वर्षदेखि अलपत्र बक्राहा पुल अहिले पनि बन्यो चुनाबी एजेन्डा

सात वर्षयता ठुला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरिया बक्राहा खोलाको पुल यस पटक पनि चुनावी एजेन्डा बन्यो । संविधान सभा चुनावको बेला देखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ । तर,२०७२ सालमा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । मोरङको सुनवर्षी १ का केचना र जोगीधाप जोड्ने यो पुल बन्न नसक्दा त्यस क्षेत्रका किसानले सबैभन्दा धेरै सास्ती ब्योहार्नु परेको छ। खोला बारीपारी जग्गा हुने किसानले  खेत सम्म ट्याक्टर लान ल्याउन ८… पुरा पढौ