सल्यान जिल्ला का उपभोक्ता समिति इन्जिनियर लगायतलाई भ्रस्टाचार मुद्दामा आरोपपत्र दायर
सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफ्नो अनुकुल इष्टिमेट चेन्ज गरी उक्त सडक निर्माणमा रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डे¸ तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव¸ तत्कालीन सव-इन्जिनियर नारायण ओलीसमेतले आ.व. २०७४/०७५ मा रिखेवगर, गैरीकटेरी,…
पुरा पढौ
जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रमुख सेनानी सविन प्रताप केसी, प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक लालसिंह विष्ट, निमित्त जिल्ला निर्वाचन अधिकारी नविनकुमार कठायत लगायतको उपस्थितिमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत केशवराज चपाईंले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन्। यही असोज २०…
पुरा पढौ
निर्वाचनमा बालबालिकाहरूलाई सहभागी नगराउने प्रतिवद्धता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गराउन पाल्पाका राजनीतिक दलहरूले सामूहिक प्रतिवद्धता गरेका छन्। पाल्पाका आठ राजनीतिक दलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्। पाल्पा विकास केन्द्रले तानसेनमा गरेको कार्यक्रममा पाल्पाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालन गर्ने, राजनीतिक दलहरूबीच स्वच्छ भयरहित वातावरणमा प्रचारप्रसार गर्ने, आ-आफ्ना कार्यकर्ताहरूलाई संयमित भएर चुनाव प्रचार प्रसारमा लगाउने विषयमा सामूहिक प्रतिवद्धता जनाएका हुन्। कसैको पनि मान…
पुरा पढौ
सव-इन्जिनियर विष्णु रोकायको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ।
जिल्ला सल्यान, दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, दार्मा गाउँपालिका सल्यानको सव-इन्जिनियर पदमा मिति २०७४।९।१६ देखि २०७६।०२।०८ सम्म करारमा नियुक्ति भई कार्य गरेका विष्णु रोकायले नियुक्तिका वखत पेश गरेको Diploma in Civil Engineering को शैक्षिक प्रमाणपत्र (Academic Transcript) पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरी राष्ट्रसेवकको ओहदामा बहाल रही आफूलाई लाभ वा सुविधा पाउने उद्देश्यले Diploma in Civil Engineering को शैक्षिक…
पुरा पढौ
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै दाहालले मुलुकको निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गरेर जानुपर्ने बताउनुभएको हो । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले व्याप्त विसंगति, विकृति, कुशासन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई एकताबद्ध गरेर समृद्धिमा जान सकिने आफूलाई विश्वास रहेको जिकिर गर्दै दाहालले भन्नुभयो– ‘संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्छ…
पुरा पढौ
विराटनगर महानगरपालिकामा मनपरी
केही दिन अगाडि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आर्थिक अवस्था जर्जर भएको भन्दै १०६ पृष्ठको श्वेत पत्र सार्वजनिक गरे । उक्त पत्रमा २२ बुँदे निष्कर्ष उल्लेख छ । त्यहाँ कर्मचारी धेरै भएको, विगत ५ वर्षमा ठुला काम नभएको, जथाभाबी नगरपालिकाको जग्गा वितरण गरेको, महानगरपालिकाको आन्तरिक आय मापदण्ड अनुसार नपुगेको, बजेट खर्च हुन नसकेको लगायतका थुप्रै विषय उल्लेख छ । तर, श्वेत पत्रमा विभिन्न संघसंस्था तथा प्रतिष्ठानलाई जथाभाबी बाँडिएको रकमको भने कुनै विवरण छैन । यो विवरण लुकाउनुमा स्वयं नागेश…
पुरा पढौ
२५ जना बढी चुनाबको प्रचारमा सहभागी हुन नपाउने
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताए । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरूले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार–प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । प्रवक्ता पौडेलले निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव…
पुरा पढौ
निर्वाचन आयोगले दलका नेतालाई सम्पत्ति विवरण बुझाउन निर्देशन
निर्वाचन आयोगले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण १५ दिनभित्र आयोगमा बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोग पदाधिकारीको साउन १५ गते बसेको बैठकले सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको बताउनुभयो। आयोगमा हाल ११६ वटा राजनीतिक दल कायम छन्। उहाँले महाधिवेशन भएका र नभएका कुनै पनि दलका पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण…
पुरा पढौ
मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभाको चुनाव
अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको हो। मतदानको दिन आइतबार परेको छ। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३०…
पुरा पढौ