चन्द्रागिरि नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भाई कृष्ण तामाङ्ग पक्राउ
जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका वडा नं. २ बस्ने धुर्व बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले विचौलिया धुर्व बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु. २,००,०००।– (दुई लाख) को चेक थान-१ (एक) गरी जम्मा रु.४,००,०००।–(चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा…
पुरा पढौ
अख्तियारकी आयुक्तको घरमा महानगरले चलायो डोजर
मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो । डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातबाट देखिन्छ । घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ ।…
पुरा पढौ
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो । पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कामकाज नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो ।
पुरा पढौ
स्थानीय तहमा बेथिति : भ्रष्टाचार मुद्दामा २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८०/८१ को ११ महिनाको अवधिमा भ्रष्टाचार मुद्दा दायर भएपछि ४५ प्रमुख प्रशासकीय अधिकृत र ७६ अन्य तहका कर्मचारी निलम्बनमा परेका थिए । निलम्बित हुनेमा उपसचिव तहका प्रमुख प्रशासकीय १२ जना, शाखा अधिकृत तहका सातजना र निमित्त प्रमुख प्रशासकीय अधिकृत ११ जना थिए । त्यस्तै, तह नखुलेका प्रमुख प्रशासकीय अधिकृत १५ जना थिए । यसबीचमा १७ प्रमुख प्रशासकीय अधिकृतले भने अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा भएको छ । उपसचिव तहका ११ जना, शाखा अधिकृत तहका…
पुरा पढौ
किसानलाई ह्याण्डपम्प दिलाउने सूचनाको हक
हाल राष्ट्रपतिका प्रेस सल्लाहाकार तत्कालिन सूचना आयुक्त किरणकुमार पोखरेल ज्युले आयुक्त हुँदाको समयमा सूचनाको हक सम्बन्धि तालिममा दिएको एउटा उदाहरण सेतो पाटीले प्रकाशन गरेको थियो सो भिडियोको लिंक यस्तो छ https://www.facebook.com/watch/?v=428598291074268
पुरा पढौ
सूचनाको हक मौलिक हक हो यसलाई कार्यान्वय गरौै-प्रजिअ सुवेदी
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सूचनाको हक मौलिक हक भएका कारण सवै सेवा प्रवाह गर्ने निकायलय यसलाई कार्यान्वय गर्नुपर्ने बताए । हालै मात्र बागलुङमा सरुवा भै आएका सुवेदीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी र प्रत्रकार सँगको अन्तरक्रियामा सो कुरा बताएका हुन । उनले हरेक कार्यालयमा सुसासनको आवश्यक रहेको छ कार्यालयबाट सम्पादन भएका काम कारबाहीलाई कसैले पनि नलुकाइई आम सर्वसाधारणलाई जानकारी दिनु आवश्यक रहेको बताए । उनले सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता…
पुरा पढौ
उत्कृस्ट छबी बनाएका प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको हो । त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का…
पुरा पढौ
बजेटको पूर्ण पाठ
यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो । यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब…
पुरा पढौ
मेयर सहित वडा अध्यक्ष र वडा सदस्य लाइ १ महिना कैद सजाय
जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनु भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडा सदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो । वडा अध्यक्ष सुमन तामाङ उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८…
पुरा पढौ
संसदीय छानबिन समिति किन बन्न सकेन ? विश्वप्रकाशले देखेका ४ कारण
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार नभएका कारण गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन नसकेको बताएका छन् । आइतबार नेपाली कांग्रेसले सरकारविरुद्ध गरेको प्रदर्शनका क्रममा उनले ओलीका कारण संसदीय छानबिन समिति बन्न नसकेको बताएका हुन् । शर्माले संसदीय छानबिन गर्न ओली तयार नहुनुको ४ कारण दिएक छन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबिना वर्तमान सरकारसँग बहुमत नपुग्ने भएका कारण ओली छानबिनका लागि तयार नभएको उनको भनाइ छ । ‘सरकार टिकाउनका लागि । प्रदीप गिरीको…
पुरा पढौ