महानगरप्रमुख सिंहले सार्वजनिक जग्गामा बनेका संरचनामाथि डोजर चलाउने प्रतिवद्धता
वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले महानगरको सार्वजनिक जग्गा हड्प्ने माथि डोजर चलाउने बताएका छन् । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानी बोल्दै महानगरप्रमुख सिंहले सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर चलाउने प्रतिवद्धता जनाएका हुन् । ‘महानगरपालिकाको सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर अवश्य चल्छ ढुक्क हुनुस्’ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दछ’ नगरप्रमुख सिंहले भने । वीरगञ्जको मुख्य बजार घण्टाघरदेखि बिर्तासम्म सडकखण्ड बिस्तार कार्य मुआब्जा विवादका कारण अदालतमा विचाराधीन अवस्थामा रहेकोले अदालतबाट टुंगो लागे लगत्तै…
पुरा पढौ
महोत्तरीका ७ जनप्रतिनिधि दोस्रो पटक निर्वाचित
गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका हुन् । लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भए । प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उनीहरू नेपाली कांग्रेसका उम्मेदवार हुन् । त्यसैगरी…
पुरा पढौ
कर्णालीमा कांग्रेसलाई लाभ,माओवादीलाई ठीकठाक,एमालेले गुमायो
स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशमा मतगणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनबाट प्रदेशका ७९ वटै पालिकाले नयाँ नेतृत्व पाएका छन् । अबको पाँच वर्ष उनीहरुले नै स्थानीय सरकारको नेतृत्व हाँक्नेछन् । निर्वाचनको नतिजा आएसँगै प्रदेशका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरूको ‘पोजिसन’ फेरिएको छ, दलहरुले अपेक्षा गरेभन्दा फरक परिणाम पाएका छन् । ०७४ को स्थानीय निर्वाचनमा पहिलो बनेको एमाले तेस्रोमा झरेको छ । तेस्रोमा रहेको नेपाली कांग्रेस पहिलोमा उक्लिएको छ भने माओवादी केन्द्र दोस्रोमै यथावत छ । २०७४…
पुरा पढौ
माओवादीलाई सहरले किन पत्याउँदैन ?
सशस्त्र विद्रोहमा रहँदा माओवादीहरू ८० प्रतिशत ग्रामीण क्षेत्र आफ्नो नियन्त्रणमा भएको बताउने गर्थे । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आयो । ‘बुलेट’ छोडेर ‘ब्यालेट’मा आएको माओवादीले चार/चारवटा चुनावको अनुभव लिइसकेको छ । नतिजाले २०६४ मा भएको पहिलो संविधानसभालाई छाड्ने हो भने सहरी क्षेत्रको ८० प्रतिशत निकै कमजोर भएको देखिन्छ । गाउँमा सापेक्षितरुपमा ठिकै परिणाम ल्याउँदा सहरमा लगातार जसो खस्किनुले यो क्षेत्रका मतदातालाई विश्वासमा लिनु चुनौतीपूर्ण रहेको माओवादी केन्द्रीय सदस्य हिमाल शर्मा बताउँछन् । ‘संगठन परिचालनमा राम्रो देखिने तर परिणाम आउँदा कमजोर…
पुरा पढौ
२०० बढी प्रमुख उपप्रमुख दोहोरिए, झण्डै ४०० अस्वीकृत
स्थानीय तहको प्रमुख/उपप्रमुखबाट राजीनामा दिएर करिव ६०० जना चुनावी प्रतिस्पर्धामा होमिएका थिए । उनीहरुमध्ये करिव एक तिहाई पुन: निर्वाचित भएका छन् भने करिव ४०० लाई मतदाताले अनुमोदन गरेनन् । निर्वाचन आयोगको आइतबार अपरान्हसम्मको तथ्यांक हेर्दा, २११ जना प्रमुख/उपप्रमुख पुन: निर्वाचित भएका छन् । नाम र थर लेख्ने क्रममा केही फरक परेकाले यो संख्या केही तलमाथि हुनसक्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । काभ्रेको पाँचखालमा महेश खरेल, मोरङको रंगेली नगरपनलिकामा दिलीप अग्रवाल लगायतका केही पुन: प्रमुख चुनिएका छन्, जुन तथ्यांक यसमा समावेश…
पुरा पढौ
पहिलो कार्यकालका पुरस्कृत जो दोस्रो कार्यकालका लागि भए अस्वीकृत
स्थानीय तहको निर्वाचन अन्तर्गत आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय उम्मेदवार ०७४ मा निर्वाचित जनप्रतिनिधिसमेत थिए । तर मतदाताले निवर्तमान जनप्रतिनिधिभन्दा नयाँ उम्मेदवारलाई बढी रुचाएको देखिन्छ । दोस्रो पटक टिकट लिएर उम्मेदवार भएका अधिकांशले पराजय भोग्नु परेको छ । विगतका पाँच वर्षमा उत्कृष्ट काम गरेको ठहरिएका जनप्रतिनिधिलाई पनि जनताले दोहो¥याउन नचाहेको पाइएको छ । उत्कृष्ट काम गरेको भन्दै देशभर चर्चा बटुल्न सफल स्याङ्जाको वालिङ नगरपालिकाका निवर्तमान मेयर दिलिप खाणको पराजय…
पुरा पढौ
पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य
पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्ष पद सबैमा पुरुष नै निर्वाचित भएका छन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि उनीहरु पराजित भए । विहादी-१ मा खड्का नेकपा एमालेका चित्रबहादुर गुरुङसँग पराजित भइन् । कुश्मा–११ मा दवाडी पनि एमालेकै बाबुराम पौडेलसँग पराजित भइन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट…
पुरा पढौ
वडाका जनप्रतिनिधि पुगे पालिकाको नेतृत्वमा
२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा तहमा निर्वाचित भएका केही जनप्रतिनिधि यस पटक पालिका प्रमुखमा निर्वाचित भएका छन् । ०७४ सालमा रोल्पा नगरपालिका-७ को वडा सदस्यमा निर्वाचित सुरेन्द्र थापा घर्तीमगर यस पटक मेयरमा निर्वाचित भए । नेकपा माओवादी केन्द्रका उम्मेदवार घर्ती सात हजार ६०३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन् । लुंग्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भरतकुमार थापा पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको वडा नं…
पुरा पढौ
गण्डकीका पालिका प्रमुखमा दोहोरिन खोज्ने अधिकांश उम्मेदवार असफल
कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएर कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर फेरि सोही पदमा दोहोरिन चाहे । नेपाली कांग्रेसबाट चुनाव जितेका उनी यसपटक पनि दोहोरिएर अघिल्लो पटकको विरासत जोगाउन चाहन्थे । नेकपा एमालेको राम्रो प्रभाव मानिएको कास्कीका एक महानगरपालिका र चार गाउँपालिकामध्ये २०७४ सालमा अन्नपूर्णमात्रै कांग्रेसले जितेको थियो । तर, यस पटक युवराजले सोचेजस्तो भएन । उनी नेकपा एमालेका पुरानै प्रतिस्पर्धी विष्णुबहादुर केसीसँग पराजित भए । केसीले ६ हजार ७२२ मत ल्याएर निर्वाचित हुदा कुँवरले जम्मा पाँच हजार ९५९ मतमात्र…
पुरा पढौ
बागमती प्रदेशमा काङ्ग्रेस ५६, एमाले २६, माओवादी २५ सिटले बिजय (सूची)
१३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तहमध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आएको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५६ पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा एमालेले २६ पालिकामा प्रमुख पद जित्दा नेकपा माओवादी केन्द्रले २५ पालिमा प्रमुख पद जितेको छ। यस्तै नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित ५ पालिकामा प्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टी र राप्रपाले समान १-१ पालिकामा प्रमुख पद जितेका छन्। अब बागमती प्रदेशमा…
पुरा पढौ