राजनीति

नेपालमा भ्रष्टाचारको परिदृश्य र सामनाका उपायहरू

विषय प्रवेशःसार्वजनिक पदाधिकारीले आफ्नो अख्तियारीलाई पदीय मर्यादा विपरीत व्यक्तिगत हित र फाइदाको लागि प्रयोग गर्ने सबै गैरकानुनी कार्यको समष्टि भ्रष्टाचार हो । सार्वजनिक क्षेत्रमा चाहे त्यो राजनीतिक वा प्रशासनिक क्षेत्र वा अन्य विविध क्षेत्रमा होस्, ऊनीहरूलाई गरिएको विश्वास वा सुम्पिएको कार्यको गलत र गैरन्यायिक प्रयोग नै भ्रष्टाचार हो। नेपालको सन्दर्भमा भ्रष्टाचार निवारण ऐन, २०५९ ले भ्रष्टाचार भन्नाले सो ऐनको दफा-२ अन्तर्गत सजाय हुने कसुर भनी भ्रष्टाचारका विविध सजायहरूको व्यवस्था दफा-३ देखि २४ सम्ममा गरेको छ । भ्रष्टाचार एउटा यस्तो सामाजिक… पुरा पढौ

निजामती कर्मचारी : शपथको गोपनीयता र सूचनाको हक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ । गोपनीयता अधिनियम अन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमुद कुरैसीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ । कुरैसीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा सजाय सुनाइएको हो । यद्यपि त्यहाँको राजनीतिक परिवेश फरक छ, सैन्य शक्तिको छायाँमा राज्य संयन्त्र चलिरहेको अवस्थामा सुनाइएको फैसलाप्रति मतैक्यता छैन । वासिंगटन र इस्लामावाद बीचको कूटनीतिक दस्तावेज सार्वजनिक गरेको आरोपमा उक्त सजाय सुनाइएको समाचारमा जनाइएको… पुरा पढौ

अदानचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला हुम्ला, अदानचुली गाउँपालिका वडा नं. ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालिन लेखापाल दिपक नेपालीसमेतले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा… पुरा पढौ

भ्रष्टाचार मुद्धामा दोषी ठहर भए कांग्रेस नेता सिंह

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचारी ठहर भएका छन । सिंहलाई सर्वाेच्च अदालतल् भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई दोषी ठहर गरेको हो । मंगलबार जारी गरिएको फैसलामा सिंहलाई दोषी ठहर गरिए पनि कैद र जरिवानाको सजाय भने खुल्न बाँकी रहेको छ । सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका प्रभावशाली नेता सिंहविरुद्ध मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले दोषी… पुरा पढौ

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याँकनमा खैरहनी नगरपालिका पहिलो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै खैरहनीले उच्चतम अङ्क प्राप्त गर्न सफल भएको नगरप्रमुख शशि खनियाले जानकारी दिए । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट… पुरा पढौ

राजनीतिले जिर्ण बनाउदै सरकारी बिद्यालय पढ्नकै लागि भारत जानुपर्ने विद्यार्थीको बाध्यता

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र… पुरा पढौ

मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडा अध्यक्ष द्वारा तालाबन्दि

एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै  देवदह नगरपालिकाका-७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । सोमबार नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् । नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति… पुरा पढौ

लोकतन्त्र र संविधान

लोकतन्त्र (Democracy)लोकतन्त्र देशको शासन ब्यवस्थामा जनता आफै वा आफ्नो प्रतिनिधि मार्फत सहभागी हुने र निर्णय गर्न पाउने अधिकार सहितको शासन ब्यवस्था हो । लोकतन्त्रमा जनतालेलेख्ने, बोल्ने, छाप्ने, सभा संगठन गर्न पाउने, पार्टी खोल्ने र त्यसमा सहभागी हुन पाउने,प्रतिनिधि चयन गर्न र सरकार बनाउन पाउने जस्ता नागरिक तथा राजनीतिक अधिकारहुन्छन् । जनतालाई यति धेरै अधिकार प्राप्त हुने भएकोले सबैले लोकतन्त्रलाई राम्रोशासन प्रणाली मान्दछन्। त्यसैले नेपालमा पनि नेपाली जनताले आफ्नो लोकतान्त्रिकअधिकारलाई सुनिश्चित गर्न आन्दोलन मार्फत आफ्नो अभिमत प्रकट गर्दै लोकतन्त्रकोसंस्थागत बिकास र… पुरा पढौ

सूचना पाएर के हुन्छ ? सूचनाले के गर्छ ?

सूचनाले मानिसलाई अरूका सामु प्रमाणसहित आफ्ना कुरा राख्न सक्नेबनाउँछ ।के कुरामा आफूले आवाज उठाउन लागेको हो या के काम गर्न लागेको हो,त्यसबारे जानकारीयुक्त बनाउँछ ।अधिकार सुनिश्चितताका लागि सूचना नागरिकको अधिकार हो।आफूसँग सम्बद्ध विषयबारे जानकारी प्राप्त गराउँछ ।सार्वजनिक निकायलाई उत्तरदायी र जिम्मेवार बनाउनका लागि सूचनाकोआवश्यकता पर्छ ।शासनका अङ्ग र सार्वजनिक निकायलाई पारदर्शी बनाउनका लागि सूचनालेमद्दत गर्छ । लोकतन्त्रलाई स्थानीय स्तरदेखि नै संस्थागत गर्न सूचनाको महत्व छ ।शासनका विविध निकायका कामकारबाहीमा आमनागरिकलाई प्रत्यक्षतःसहभागी गराउन सूचना आवश्यक छ ।भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न… पुरा पढौ

सूचनाको हक लत्याउदै पकाहामैनपुर गाउँपालिका

पर्साको पकाहामैनपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी र सूचना अधिकारीले निवेदकले माग गरे बमोजिमको सूचना विवरण उपलब्ध गराउन सक्नु भएको छैन । पकाहामैनपुर गाउँपालिकामा सूचना हक प्रयोग गर्दै दर्ता गरेको निवेदन १७ दिन बितिसक्दा पनि आर्थिक प्रशासन शाखाले प्रमाणित विवरण उपलब्ध गराउन नसकेको हो । सार्वजनिक सूचना २०६४ को दफा ६ र ७ बमोजिम निवेदकको हकमा सूचना पाउने अधिकारलाई कुण्ठित पार्दै पकाहामैनपुर गाउँपालिकाले कार्यालयबाट भएको अनियमितता बाहिर आउने भएपछि लेखा र जिन्सी शाखाले समयभित्र सूचना उपलब्ध गराएको छैन… पुरा पढौ