भारतीय नागरिक नेपालकी उपमेयर हाल पक्राउ, श्रीमान फरार
`सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव पक्राउ परेकी छन् । उनीमाथि फर्जी कागजातको आधारमा नेपाली नागरिकता बनाएको आरोप लागेको छ । उनी र उनका श्रीमानविरुद्ध किर्ते कागजातको आधारमा नेपाली नागरिकता लिएको उजुरी परेपछि पक्राउ परेकी हुन् । प्रहरी र जिल्ला प्रशासनले उनीविरुद्धको उजुरी नलिएपछि अभियन्ताले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेका थिए । जेठ ५ गते जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको नाममा परमादेशपछि उनी अप्ठेरोमा परेकी थिइन् । उच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी…
पुरा पढौ
वैदेशिक रोजगार विभागले निकाल्यो १०० जनाभन्दा बढी श्रमिक पठाउने मेनपावरको सूची
वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षमा १०० जनाभन्दा बढी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरूको सूची सार्वजनिक गरेको छ । असार मसान्त सकिन केही दिन मात्र बाकी रहेका बेला विभागले १०० जनाभन्दा बढी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवसायीहरूको सूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सूची अनुसार सबैभन्दा बढी द रिभर ओभरसिजले श्रमिक पठाएको देखिन्छ । सुर्यविनायकमा रहेको उक्त कम्पनीले सबैभन्दा बढी ५ हजार १२ जनालाई वैदेशिक रोजगारीमा पठाएको देखिन्छ । त्यस्तै इन्टरनेशनल मेनपावर रिक्युटमेन्टले ५ हजार २ जनालाई चालु आर्थिक…
पुरा पढौ
अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ
अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका–३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कि ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।…
पुरा पढौ
वैदेशिक राजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, कार्कीले उमेश…
पुरा पढौ
बीबीसीले भारतलाई बुझायो ६४ करोड आयकर
ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ। मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो । आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ । अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना समेत लगाइने छ। स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन्…
पुरा पढौ
पत्रकारको गोली हानि हत्या
फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् । आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका…
पुरा पढौ
गल्फमा दलालको मनपरी लिन्छन ३ देखि ६ लाख सम्म
१०/२० हजार मा गल्फ जान पाइन्छ भन्ने सुने पनि हाल मलेसिया को ३ लाख र दुबइको ६ लाख सम्म लिने गर्छन मेनपावर कम्पनि हरु सर्लाही गौडेता-३ का रामजतन महतो खेतीपाती गरेर परिवार चलाइरहेकै थिए । तर आमा बिरामी भएपछि उनको परिवार ऋणमा पर्यो । काठमाडौंको शिक्षण अस्पतालमा तीन महिना आमाको उपचार गरेर ऋणसहित सर्लाही फर्किएका उनलाई मेनपावर ऐजेण्टको काम गरिरहेका नरेन्द्र ठाकुरले मलेसियामा आकर्षक जागिर खुलेको भन्दै जान फकाए । ठाकुरले मलेसिया जान ३ लाख रुपैयाँ खर्च लाग्ने र पुगेपछि…
पुरा पढौ
नेपालीले बनाएको रकेट अमेरिकामा उडाइने
नेपाली युवा वैज्ञानिकले निर्माण गरेको रकेट अब अमेरिकाको द न्यू मेक्सिकोबाट उडाइने भएको छ । अमेरिकामा हुने ‘स्पेस स्पोर्टस् कप २०२३’ को लागि नेपालको प्रतिनिधित्व गर्दै एस्ट्रल स्पेस रिसर्च नेपालले नेपाली युवाले निर्माण गरेको रकेट उडाइने भएको हो । जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा उक्त कप हुनेछ । ब्लु ओरिजिन नामक संस्थाले प्रत्येक वर्ष आयोजना गर्ने उक्त कपमा १ सय ३५ देशमध्ये २४ स्थानमा नेपाल पनि पर्न सफल भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै…
पुरा पढौ
श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डल नेपालमा
श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोगका आयुक्तहरु र कर्मचारी संग आयोगमा सूचनाको हक कार्यन्वयन बारेमा छलफल गर्यो । साथै नेपालले प्रस्ताव गरेको दुई आयोगहरु बीचको समझदारीपत्र वारेमा श्रीलंका सकारात्मक रहेको र कुटनैतिक माध्यमबाट अगाडी बढाउने सहमति भएको छ । श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको कुरा सूचना अभियन्ता दीपक आचार्यले बताउनुभयो । टोलीले राष्ट्रिय…
पुरा पढौ
गाउँपालिका अध्यक्षका छोरा नै फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठग्दै
नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेका छोरा रमेशले फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको पाइएको छ । विद्यार्थी भिसामा बोलाएर पछि वर्किङ भिसामा काम दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको पाइएको हो । एनआरएन नेशनल कोअर्डिनेसन काउन्सिल फिनल्याण्डले सचेत रहन भन्दै उनको बारेमा सूचना नै जारी गरेको छ । पाण्डेका छोरा रमेश फिनल्याण्डमा बस्दै आएका छन् । त्यहीँ बसेर उनले नेपालबाट विद्यार्थीहरूलाई फिनल्याण्ड लैजाने गरेका छन् । जबकि विदेशमा पढ्नका लागि कन्सल्टेन्सीमार्फत मात्र जान पाइन्छ । गैर कानुनी…
पुरा पढौ