ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग…
पुरा पढौ
लुटेरासंग चीनको सम्झौता आजिबन पेन्सन
तपाईंले डरलाग्दो समुद्री डाँकुको बारे कतै पढ्नुभएको हुनुपर्छ वा सायद त्यसमा आधारित फिल्म पनि हेर्नुभएको छ । यी चलचित्रहरूमा अधिकांश समुद्री डाँकुहरू पुरुष हुन्छन् । तर समुद्री डाकूहरू अर्थात् पाइरेट्सको इतिहासमा जो सबैभन्दा खतरनाक डाकूँ थिइन् ती एक महिला थिइन् । चिङ सी नामकी ती चिनियाँ महिला लुटेरालाई अझै पनि ‘समुद्रकी मल्लिका’ भनिन्छ । पोर्चुगलदेखि बेलायतसम्मका व्यापारी उनीसँग थर्थर काँप्थे । उनी यति शक्तिशाली थिइन् कि उनको गिरोहमा १२ सयभन्दा बढी जहाज र ७२ हजारभन्दा बढी लुटेर थिए । उनी…
पुरा पढौ
पुलिसमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी
कतार पुलिसमा जागिर लगाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-४ घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले टोखा बस्ने चन्द्रबहादुर खत्रीसमेत गरी १८ जनालाई कतारमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ७ लाखका दरले ६३…
पुरा पढौ
घुस खान सुब्बा हुन् नपर्ने ठग्न जाने ओउगने
पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि अन्य मुलुक जानेको संख्या हवात्तै बढेको छ । मुलुकमा एकातिर बेरोजगारी र अर्कातिर आर्थिक संकट निम्तिँदा वैदेशिक रोजगारीका लागि विदेशिनेको क्रम बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि विदेशिनु अहिलेका युवाहरुको रहर नभई बाध्यता हो । तर, सीमित व्यक्तिहरुले यसको फाइदा उठाएर आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाइदिने नाममा ठगी गर्दै आएका छन् । यसरी बाध्यतामा वैदेशिक रोजगारीका लागि विदेश जान बैंक तथा वित्तीय संस्था वा व्यक्तिहरुबाटै मिटरब्याजमा ऋण लिएकाहरु प्रलोभनमा…
पुरा पढौ
बैंक र कन्सल्टेन्सीले नेपाल सरकारलाई झुक्क्याए : नक्कली डकुमेण्टका कारण विद्यार्थीको चिल्लीबिल्ली
पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको स्रोत देखाउनुपर्छ । आफ्नो अभिभावकको मासिक कमाई, घरजग्गा, बैंक ब्यालेन्स देखाउनुपर्ने प्रावधान छ । उता, जान लाग्ने शुल्क पनि त्यतिकै चर्को छ । सामान्य घरपरिवारका सन्तान पनि अहिले धमाधम राम्रो देश दौडिरहेका छन्, कसरी ? यसका लागि धेरै सोच्नै पर्दैन् ।बैंक तथा वित्तिय संस्थाले आम्दानीको स्रोत देखाउनका लागि तीनदेखि पाँच लाख रुपैयाँ लिइरहेका छन्…
पुरा पढौ
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पवन राणा पक्राउ
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार…
पुरा पढौ
मुलुक भित्र खासै कर नतिर्ने बिनोद चौधरी लगाएत अमेरिकामा सात सय, चीनमा साढे पाँच सय अर्बपति
विश्वमा सबैभन्दा धेरै अर्बपति अमेरिकामा छन् । अर्बपतिहरुको विवरण सार्वजनिक गर्ने पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्बपतिहरुको सूचीमा पनि अमेरिका अगाडि देखिएको छ । जसअनुसार त्यहाँ सात सय ३५ जना अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति चार दशमलव पाँच ट्रिलियन डलर पुगेको छ । जसमा बिल गेट्स, एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज, सर्गेई ब्रिनलगायत अर्बपतिको सूचीमा अगाडि छन् । उता चीनमा पाँच सय ६२ जना अर्बपति रहेको बताइएको छ । धेरै अर्बपति भएको मुलुकमा चीन दोस्रो स्थानमा…
पुरा पढौ
बंगलादेशको ढाकामा भीषण आगलागी, चार हजार पसल खरानी
बंगलादेशको राजधानी ढाकास्थित एउटा बजारमा लागेको आगलागीमा चार हजारभन्दा बढी पसल खरानी भएको छ । त्यहाँको प्रमुख कपडा बजारको रुपमा चर्चित बंगबजारमा आज बिहान भीषण आगलागी भएको बताइएको छ । बीबीसीका अनुसार आगलागी नियन्त्रणमा ढाकाका ४३ वटा दमकल प्रयोग गरिएको छ । सेनाको टोली पनि आगो नियन्त्रणमा परिचालित भएको जनाइएको छ । आसपासका क्षेत्रको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । बंगबजार ढाकामा कपडाको थोक तथा खुद्राका व्यापारको लागि प्रसिद्ध बजार हो । एक महिनाअघि ढाकाको सिद्दिकी बजारमा विस्फोटपछि भएको आगलागीमा…
पुरा पढौ
एक अरब ठगीमा कांग्रेस नेतृ सुजाता कोइरालाका पिए केशव दुलाल पक्राउ
संयोग कस्तो भने प्रहरीमा नयाँ नेतृत्व चयनसँगै एउटा हाइप्रोफाइल अपराधको अनुसन्धान सुरु भएको छ । तर, यसमा निष्पक्षताका साथ प्रहरीले अनुसन्धान गरेर नाइकेहरुलाई कानुनी दायरामा ल्याउन सक्छ कि सक्दैन भन्ने परीक्षाको विषय बनेको छ । गैरशरणार्थीलाई शरणार्थी सूचीमा पारेर अमेरिका लैजाने भन्दै भएको ठगी घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ । गृह मन्त्रालयकै योजना बनेको यो अपराधको विषयमा एक वर्षअघि नै प्रहरीमा उजुरी परेको थियो । तर, दबाबका कारण अनुसन्धान प्रभावित बनेको थियो । प्रहरीले आइतबार सो…
पुरा पढौ
८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले दुई खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य…
पुरा पढौ