प्रवास

सर्वाधिक कामुक महिला : यदि कसैले मलाई नग्न तस्बिर र सन्देश पठाउँछ भने मेरो के दोष ?

बेलायती टेलिभिजन प्रस्तोता (टिभी स्टार) एमिली अटाकलाई हरेक दिन सयौं अश्लील तस्बिर र सन्देशहरू आउँछन् । यसो गर्ने पुरुषहरूलाई के कुराले उत्प्रेरित गर्छ र तिनीहरूलाई रोक्न के गर्न सकिन्छ भनेर उनी सोध्छिन् ? TV star Emily Atack is sent hundreds of explicit pictures and messages every day. She asks what motivates the men who do this and what can be done to stop them? हरेक बिहान जब उनी उठ्छिन्, एमिलीले नग्न मानिसको तस्बिर देख्नुपर्छ, जसलाई उनले पठाउन भनेकी थिइनन् ।… पुरा पढौ

पुरुषको नामबाट बिहे गर्छु भन्दै महिलालाइ लाखौं ठगी गर्ने ललितपुरकी अञ्जली बिसुन्के पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिले ठगीका नयाँ जुक्ति निकाल्न थालेका छन् । ललितपुर महानगरपालिका १ की अञ्जली बिसुन्के त्यस्तै जुक्ति निकालेर ठगी गर्दै हिँड्ने क्रममा पक्राउ परेकी छन् ।  उनले टिकटकमार्फत आफूलाई बेलायती नागरिक फ्रयाङ्कलीन पाउन (पुरुष) को नाममा परिचय गराउँदै विवाहको प्रलोभन देखाएपछि युवतीहरुबाट लाखौँ रकम ठगेको रहस्य खुलेको हो । ३६ वर्षीया अञ्जलीले विभिन्न व्यक्तिसँग आफ्नी श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाएकी थिइन् । उनले ‘इङ्ल्याण्डको नागरिक हुँ, मेरो श्रीमतीको मृत्यु भइसकेको… पुरा पढौ

मेघलाला तामांग क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी गरेको आरोपमा पक्राउ

वैदेशिक रोजगारीअन्तर्गत क्रोएसिया पठाइदिने भन्दै ठगी गरेका एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गर्दै आएका मेघलाल तामाङ्गलाई प्रहरीले पक्रेको हो । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो काठमाडौंको मीनभवनबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।  ललितपुरको गोदावरी बस्दै आएका उनले क्रोएसियाको प्रतिष्ठित फर्निसिङ र माछापालन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ठगेका थिए । क्रोएसिया जान सात लाख लाग्ने र मासिक एक लाखभन्दा धेरै तलब हुने भन्दै तीन जनाबाट पटक पटक गरी १५ लाख… पुरा पढौ

बेलायतका राजाले बोलाए ह्यारी-मेघनलाइ

बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोरा-बुहारीलाई  आफ्नो राज्याभिषेकमा बोलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मेमा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ। ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित हुने/नहुने टुंगो भइसकेको छैन। पछिल्लो समय बेलायती राजपरिवार र ह्यारी-मेघनको सम्बन्ध तिक्ततापूर्ण छ। केही दिनअघि पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको थियो। द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले… पुरा पढौ

विस्वका २५ बाहेकका देशले किन अँगालेनन संघियता

नेपालकाे संविधान २०७२ ले नेपाललाई संघीय लाेकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित गर्याे । यस अन्तर्गत संघ, प्रदेश र स्थानीय सरकार गरी सरकारलाई तीन तहमा विभाजन गरियाे । त्यसाे गर्नुका पछाडि सदियाैँदेखि नेपालकाे राज्यसत्ता, शक्ति र शासन प्रणालीमा भएकाे सीमित जातजाति र वर्गकाे बर्चस्वलाई सच्याउनु थियाे । त्यस्ताे केन्द्रिकृत शासन प्रणालीले मुलुककाे भाैगाेलिक र सांस्कृतिक विविधतालाई पनि प्रतिनिधित्व गर्न सकेकाे थिएन ।  स‌ंघीय शासन प्रणालीमा राज्यकाे शक्ति दुई वा दुईभन्दा बढी तहकाे सरकार मार्फत् अभ्यास गरिन्छ । सरकारहरुबीच अधिकारकाे बाँडफाँड गरी राज्यमा जनताकाे… पुरा पढौ

महोत्तरीमा १४ लाख बढी भारु बरामद, सीमामा पुगेर सटही गरेको आशंका

भारतसँग जोडिएको सीमा क्षेत्रमा पुगेर विदेशी मुद्रा साट्न थालिएको छ । आज बिहान महोत्तरीको सीमा क्षेत्रबाट त्यसरी भारु साट्न खोज्नेहरुलाई प्रहरीले पक्रेको छ । प्रहरीले ठूलो परिमाणको भारुसमेत नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुुसार जलेश्वर क्षेत्रबाट नौ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १४ लाख ३७ हजार भारतीय रुपिया बरामद भएको छ । साथै ७५ हजार नेपाली रुपैयाँ पनि प्रहरीले ती नौ जनाको साथबाट फेला परेको जनाएको छ । पक्राउ परेकामध्ये आठ जना नेपाली र… पुरा पढौ

एकातिर नारा र दिवस, अर्कोतिर महिला हिंसा

विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालमा रहेका महिलाको चरित्रहत्या गरेको आरोपमा गत फागुन ५ गते प्रहरीले एक युवकलाई पक्राउ गर्यो । महिलाको तस्बीर बिगारेर समाजिक सञ्जालमा हाल्ने र उनीहरुको चरित्र हत्या गरेको आरोपमा नेपाल फर्कने क्रममा रौतहटको देवाही गोनही नगरपालिका–५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव विमानस्थलबाटै समातिएका थिए ।  रोजगारीको सिलसिलामा मलेसिया पुगेका यादवले पीडित महिलासहित उनकी नाबालिका बहिनीसँगै भएको फोटो दुरुपयोग गरेका थिए । उनले पीडित परिवारलाई मानसिक तनाव, दुःख हैरानी दिने गरेको उजुरी परेपछि प्रहरीले यादवलाई नेपाल टेक्नेबितिक्कै समातेको… पुरा पढौ

किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ । पुरा पढौ

निगमको चार ट्यांकर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु

 भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ । निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ । ‘केन्द्रबाट आउनुभएको छानविन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको… पुरा पढौ

‘ब्रेक डान्स’ मा ८ वर्षीया चिनियाँ बालिकाको विश्व रेकर्ड

https://www.youtube.com/watch?v=GoVvVsuANN0&t=3s चीनमा एउटी ८ वर्षकी बालिकाले ब्रेक डान्समा विश्व रेकर्ड बनाएकी छन् । छि यु फान नामकी बालिकाले एउटा टेलिभिजन शोमा एक मीनेटमा १ सय २१ थरीको कौशल प्रस्तुत गरेर उक्त रेकर्ड कायम गरेकी हुन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यसअघि उनले सन् २०२१ मा पनि विश्व रेकर्ड कायम गरेकी थिइन् । त्यसबेला बालिकाले एक मीनेटमा ७७ थरीको कौशल प्रस्तुत गरेकी थिइन् । यस पटक छिले आफ्नै पुरानो रेकर्ड तोडेकी हुन् ।  हाङ्चै निवासी बालिका चीनका साथै एकाएक विश्वविख्यात… पुरा पढौ