सबैभन्दा पूरानो बौद्ध मन्दिर फेला
संसारमा हजारौं बौद्ध मन्दिरहरु होलान् । तर हालै पाकिस्तानमा भेटिएको बौद्ध मन्दिर भने अहिलेसम्म भेटिएको सबैभन्दा पूरानो बौद्ध मन्दिर हो । उक्त बौद्ध मन्दिर उत्तरी पाकिस्तानको स्वात उपत्यकामा फेला परेको छ । उक्त इलाका प्राचीन गान्धार क्षेत्रको हिस्सा हो जुन क्षेत्रमा सिकन्दरले विजय प्राप्त गरेका थिए । पुरातत्वविद्हरुका अनुसार यो मन्दिर इशापूर्वको दोश्रो शताब्दीको मध्यतिरको हो । त्यसबेला गान्धारमा उत्तरी भारतको इण्डो युनानी साम्राज्यको शासन थियो । उक्त मन्दिरलाई पहिले नै बनेको बौद्ध मन्दिरको माथि बनाइएको थियो, जुन इशापूर्व तेश्रो…
पुरा पढौ
एकैजनाको १०७ जना छोराछोरी श्रीमती मात्र १५ जना
दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् । उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्। १५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको जीवनबाट निकै प्रभावित छन् । राजाकै सिको गर्दै उनले यतिधेरै महिलासँग बिहे गरे । यो परिवार मिलेर बसेको छ । ६१ वर्षका डेभिडले आफ्ना सबै…
पुरा पढौ
जुम्ल्याहा बच्चाका पिता फरक फरक देखायो डी एन ए टेस्ट ले
मानिसको शरीरका विषयमा चिकित्सा विज्ञानको क्षेत्रमा निकै धेरै खोज अनुसन्धान भएको छ र धेरै हदसम्म यसमा सफलता पनि मिलेको छ । तर यी सबैका बाबजुद कहिलेकाहीँ यस्ता परिघटना हुन्छन् जसका अगाडि चिकित्सा विज्ञान पनि फेल खान्छ । एउटा यस्तै घटना हालै सार्वजनिक भएको छ । जस अनुसार एकजना महिलाले जुम्ल्याहा बच्चा जन्माइन् तर ती जुम्ल्याहाका वास्तविक पिता दुई फरक फरक पुरुष रहेको कुरा पुष्टि भएको छ । यो घटना पोर्चुगलको हो । त्यहाँकी एक १९ वर्षीया युवतीले जुम्ल्याहा बच्चा जन्माएकी…
पुरा पढौ
क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय
चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला गरिएको छ। चिन्हुवालाई सन् २०१७ मा हङकङको एउटा होटलबाट पक्राउ गरिएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। कुनैबेला चिन्हुवाको व्यापारिक सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूसँग…
पुरा पढौ
भ्रष्टाचार विरुद्धको एक उदारणीय लडाई
भारतमा एक व्यक्तिले २२ वर्षपछि रेलको महँगो टिकटसम्बन्धी मुद्दा जितेका छन्। सन् १९९९ मा दुईवटा टिकट किन्दा तुङ्गनाथ चतुर्वेदीले २० भारतीय रुपैयाँ बढी तिर्नुपरेको थियो। पेसाले उनी वकिल हुन्। उनले उत्तर प्रदेशको मथुरा क्यान्ट रेल्वे स्टेशनबाट अन्यत्र जान टिकट किनेका थिए। गत साता एउटा उपभोक्ता अदालतले चतुर्वेदीको पक्षमा फैसला गरेको छ अनि रेलवे कम्पनीलाई ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको छ। “म यो मुद्दामा १०० वटाभन्दा बढी सुनुवाइमा सहभागी भएको छु,” ६६ वर्षीय चतुर्वेदीले भने। “यो मुद्दा लड्दा मैले लगानी…
पुरा पढौ
दुबईमा अलपत्र परेकालाई युरोप पठाउने भनि ठगिएको खुलाशा
दाङ घोराहीका ३७ वर्षीय प्रेमबहादुर बोहरा एक वर्षदेखि दुबईमा छन् । युरोप पठाइदिने भनेर एक जना दलालले उनलाई भिजिट भिसामा दुबई बोलाएका थिए । त्यसका लागि उनले दलाललाई ११ लाख रुपैयाँ दिएका थिए । युरोप जान पाउने आशमा उनले ऋण निकालेर उक्त पैसा दलाललाई तिरेका थिए । उनले आफ्नो मात्र नभएर एक अर्को व्यक्तिको समेत ११ लाख रुपैयाँ तिरिदिएका थिए । दुवै जनाको गरेर उनले २२ लाख रुपैयाँ दलाललाई दिएका थिए । दुबई पुगेपछि उनी युरोप जान पाउनु त कता…
पुरा पढौ
आफ्नै संगठनविरुद्ध अमेरिकी शिख सैनिकहरु अदालतमा पुगे
अमेरिकी सेनामा रहेका शिख सैनिकहरू सेवामा रहँदा तिनको धार्मिक आस्था र पहिरनहरु अंगिकार गर्न संघर्ष गरिरहेका छन् । एक अधिकार सहित चार शिख अमेरिकीले युएस मरीन कोर्प (युएसएमसी) ले तिनलाई सेना र धार्मिक विश्वासमध्ये एक छनौट गर्न दबाब दिइरहेको भन्दै मुद्दा दायर गरेका छन् । एडभोकेसी ग्रुप, सिख गठबन्धन र तीन कानुनी फर्महरुले युएसएमसीका क्याप्टेन सुखवीर सिंह तूर, मरीन मिलाप सिंह चहल, आकाश सिंह र जसकिरतको तर्फबाट मुद्दा दायर गरेका थिए । २७ पूर्व जनरल र १०० भन्दा बढी सांसदहरूले…
पुरा पढौ
सुनको सिक्काद्वारा दैनिक कारोवार
गत सोमबारदेखि जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ । अब कुनै पनि व्यक्ति वा कम्पनीले जिम्बावेका बैंकहरू जस्ता आधिकारिक आउटलेटहरूबाट सिक्का किन्न सक्ने छन् । सिक्काहरू बैंकमा राख्न वा घर लैजान सकिनेछ । विदेशी नागरिकले विदेशी मुद्रामा मात्र सिक्का किन्न सक्ने केन्द्रीय बैंकले जनाएको…
पुरा पढौ
अम्बानीलाइ जिते अदानीले
अमेरिकी चर्चित म्यागेजिन फोर्ब्सले विश्वका धनीहरुको सूची सार्वजनिक गरेको छ । पछिल्लो सूचीमा टेस्लाका मालिक एलन मस्क सबैभन्दा अगाडि छन् । २३४ अर्ब डलरको सम्पत्तिसहित उनी पहिलो नम्बरमा पुगेका हुन् । दोस्रो नम्बरमा एलभीएमएच कम्पनीका मालिक बेनेर्ड अर्नल्ट देखिएका छन् । उनको कूल सम्पत्ति १५४ अर्ब डलर छ । अमेजनका जेफ बेजोस १४३ अर्ब डलरका साथ तेस्रो नम्बरमा आइपुगेका छन् । तर भारतका पूर्वाधार व्यवसायी गौतम अदानी ११५ अर्ब डलरसहित चौथो स्थानमा रहेको सूचीले बताउँछ । भारतीय डलर अर्बपति मुकेश…
पुरा पढौ
एनजीओका १ हजार १५५ वटा प्रोजेक्टलाई साढे २६ अर्ब बजेट स्वीकृत
समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त बजेट स्वीकृत गरेको हो । परिषद्का अनुसार दश महिनामा स्वीकृत भएको कूल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ रुपैयाँ रहेको छ । यो रकममध्ये एनजीओहरुले २६ खर्ब १२ करोड ३० लाख ४० हजार १८६ रुपैयाँ बाह्य दाताबाट प्राप्त गर्नेछन् । बाँकी ५४ करोड…
पुरा पढौ