सुचनाको हक

नागरिकले मागेका सूचना समयमै दिनु : जिसस प्रमुख थापा

जिल्ला स्तरीय कार्यालय प्रमुख, सूचना अधिकारी, जनप्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको कार्यक्रममा सूचना आयुक्तले सूचनाको हक कार्यन्वयनमा सबैको भूमिका रहने र सक्रियता पुर्वक लाग्नु पर्नु विचार राख्नु भएको थियो । गोर्खाको कार्यक्रमको स्वागत मन्तव्य आयोगका उपसचिव राम प्रसाद ढकाल र संचालन अधिकृत हरिहर कार्कीले गर्नुबहेको थियो जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन बहादुर थापा मगरले नागरिकहरुले सूचनाकाे हक प्रयाेग गरी माग गरेका सूचना समयमै दिन निर्देशन दिएका छन् । राष्ट्रिय सूचना आयाेगका आयुक्त रत्नप्रसाद मैनालीकाे अध्यक्षतामा… पुरा पढौ

पत्रकार महासंघ सिरहालाइ लिखित जवाफ पेश गर्न आयोगको आदेश

नेपाल पत्रकार महासंघ ,सिरहा शाखालाइ ७ दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले पत्राचार गरेको छ । जेठ ३२ गते बसेको आयोगको इजलासले , सूचना उपलब्ध नगराउनु पर्ने आधार ,प्रमाण र कारण सहित सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा १० को उपदफा २ बमोजिम ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । नेपाल पत्रकार महासघ, सिरहा शाखाका सदस्य समेत रहेका सिरहा गोलबजारका गोबिन्द बहादुर बिष्टले , नेपालको संबिधान ,२०७२ को धारा २७ र सूचनाको हक… पुरा पढौ

प्रधानमन्त्री कार्यालयमै सूचना लिन सकस

नेपालमा सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयन भएको डेढ दशक भइसक्दा पनि सूचनामा नागरिकको पहुँच सीमित छ भने सूचना प्रवाहमा सार्वजनिक संस्थाका अधिकारीहरुको मनस्थिति अझै संकुचित छ। यस आलेखमा सूचना दिन सकस मान्ने कर्मचारीको मनोविज्ञान र सूचना लिन चाहने सर्वसाधारण नागरिकका सम्भावित झन्झटलाई अनुभवजन्य विधि अनुरुप चर्चा गरिएको छ। विद्यावारिधि शोधको क्रममा सूचनाको वर्गीकरणसम्बन्धी दस्तावेज खोज्न सिंहदरबार नै पुग्नु पर्ने भयो। सुरक्षाका अनेक प्रोटोकल सामना गर्नुपर्ने भएकोले सिंहदरबार पस्न उती रुचिकर लाग्दैन। सिंहदरबारको प्रवेश द्वारमै पास चाहियो। त्यसभित्रको तपाईंको गन्तव्य संसद… पुरा पढौ

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २८ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २८ निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार कालोसूचीमा परेकाहरुमा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एन्ड न्यौपाने निर्माण सेवा नयाँ वानेश्वर काठमाडौँ, वाइपी कन्स्ट्रक्सन पुल्चोक ललितपुर, सप्तकोशी जलाधार कम्पनी प्रालि काठमाडौँ, ओम साई एन्ड कम्पनी प्रालि काठमाडौँ, आकृति एड्भर्टाइजिङ पोखरिया विराटनगर, थाक… पुरा पढौ

सूचनाको हक प्रयोगको दुरुपयोग

राष्ट्रिय सूचना आयोगमा हालै नेपाल राष्ट्र बैङ्कबाट एउटा लिखित गुनासो आयो, “सूचनाको हक प्रयोग गरेर हामीबाट लिएको सूचना मागकर्ताबाट दुरुपयोग भयो। सूचना दुरुपयोग गर्नेलाई कारबाही गरिपाऊँ।” बैङ्कको गुनासोपछि आयोगले सूचना मागकर्तालाई बोलाएर यसबारे जानकारी लिए पनि चित्तबुझ्दो जवाफ आएन। यस विषयमा आयोगले थप अध्ययन गरिरहेको छ। यसभन्दा भिन्न अर्को घटना पनि केही समयअघि भएको छ। सूचना माग्ने नाममा आफूहरूलाई दुःख दिएको र त्यस्तो कार्य रोक्न माग गर्दै नेपाल बैङ्कर्स सङ्घको टोली नै आएर आयोगमा गुनासो ग-यो। सूचना माग्ने नाममा आफूहरूलाई… पुरा पढौ